अमेरिकी कलगर्लको जोखिमपूर्ण जीवन यात्रा



हिक्मत डंगोल

अमेरिकास्थित मेरिल्यान्डबाट टेक्सास जाने क्रममा म ड्राइभिङ गरिरहेको थिएँ । यसै क्रममा मेरो गाडीको इन्डिकेटरले पेट्रोल कम भएको संकेत दिइरहेको थियो । त्यसैले गाडीमा तेल भर्नका लागि म ग्यास स्टेसन छिरें । त्यहाँ अलमल गरिरहेकी एक सुन्दरी गोरी केटीले मलाई रोक्दै भनी, ‘मेरो गाडीमा एकथोपा तेल छैन, के तपाईं मेरो गाडीको ट्यांकी भरिदिन सक्नुहुन्छ ?’

मैले सहमतिमा टाउको हल्लाएँ । २५ डलर तिरेर विनासोच मैले उसको गाडीको ट्यांकी फुल गरिदिएँ । त्यसपछि शुरु भयो हाम्रो परिचय । यसै क्रममा उसले आफ्नो विगतबारे मलाई बताई । लागूऔषध र यौन मामिलामा फसेकी र नेपाली युवासँग पनि विवाह गर्न पुगेकी एक अमेरिकी कलगर्लको जोखिमपूर्ण, रोमान्टिक एवम् दुःखदायी जीवन यात्रा उसकै शब्दमा :

मेरो नाम अमान्डा एभिल हो, हाइस्कुलसम्म पढेकी छु । विगत ३ वर्षदेखि टेक्सासको एक्सटेन्डेड स्टे होटलमा रिसेप्सनिस्ट छु । रातिचाहिँ कलगर्लको रुपमा काम गर्छु । अपार्टमेन्टमा एक्लै बस्छु । म अरुलाई आकर्षित गर्न सफा तथा राम्रो लुगा लगाउँछु र सधैँ हँसिलो हुने प्रयास गर्छु ।

मेरो बाल्यकाल वेस्ट भर्जिनियाको सानो शहरमा बित्यो । बुबा खेती किसानी गर्नुहुन्थ्यो, आमा मिडिल स्कुलमा जागिरे । म १३ वर्षकी हुँदा आमाबुबाबीच पारपाचुके भयो । त्यसपछि म आमा र सौतेनी बुबासँग बस्न थालें । जवानी अवस्थामा प्रवेश गरेकीले मेरा समस्याहरु पनि बढ्दै गए । केही समयपछि सौतेनी बुबासँग मेरो मनमुटाव भयो ।

एकदिन आमा बाहिर गएको मौकामा सौतेनी बुबाले मलाई रक्सी खुवाएर घरमै बलात्कार गरे । त्यसपछि म बेचैन भएँ । बाहिरका केटाहरुसँग बरालिन थालेँ । यसै क्रममा जेसन भन्ने काले केटासँग मेरो प्रेम भयो । ऊसँगै लागूऔषध सेवन गर्न थालें । अमेरिका स्वतन्त्र भएको उत्सवको दिन दुवैले खूब रक्सी र लागूऔषध खायौं । राति जेसनले मलाई होटलमा लग्यो र रातभरि सुतायो । जेसनसँग यौनसम्पर्क गर्दा अत्यन्त आनन्द प्राप्त भएको थियो । त्यस बेला हाम्रो काम भन्नु नै दिनभरि घुम्नु र रात परेपछि गाँजाको नशामा झुम्मिएर यौनसम्पर्कमा तल्लीन हुनु थियो । एकदिन मात्र यौनसम्पर्क राख्न नपाएमा मलाई खल्लो महसुस हुन्थ्यो भने जेसन बहुलाहाजस्तै हुन्थ्यो ।

म गर्भवती हुन पुगें । जेसनले गाँजाको मातमा दिनको ३/४ पटकसम्म यौनसम्पर्क गथ्र्यो । पेटमा तीन महिनाको गर्भ हुर्किंदै थियो, गर्भको झिल्ली फुटेर कहिलेकाहीँ योनिबाट रगत पनि बग्ने गथ्र्यो । त्यतिखेर मलाई असह्य पीडा हुन्थ्यो । ऊ मेरो शरीरलाई जसरी चाह्यो त्यसरी खेलिरहरेको थियो । मैले उसलाई सबै किसिमको छुट दिएकी थिएँ ।

मैले गाँजाको सेवन बढाउँदै लगेको थिएँ । लागूऔषधले मेरो शरीरलाई बिस्तारै गलाउँदै गइरहेको थियो । एकदिन म बेहोस अवस्थामा पुगें र क्लिनिकमा भर्ना भएँ । डाक्टरको भनाइअनुसार गाँजाको सेवनले मेरो मुटुको धड्कन अनियमित भएको थियो । उपचारकै क्रममा डाक्टरले मेरो गर्भ तुहियो भन्दा म क्वाँ–क्वाँ रोएकी थिएँ । गर्भ तुहिएको केही दिनपछि ममा कडा खालको फ्लुको लक्षण देखियो । बान्ता आउने र पखाला चल्नेसमेत भयो । मलाई ठूलो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो । एक महिनापछि डिस्चार्ज भयो ।

अस्पतालबाट फर्किएर वेस्ट भर्जिनियास्थित आफ्नै घरमा बस्न थालें । गाँजा खान नपाएपछि म पागलजस्तै हुन्थेँ । मध्यरात भएपछि ममा अनेकौं हर्कत हुने गथ्र्यो । आमालाई गाँजा ल्याइदिनका लागि अनुनय विनय गर्थें । म भ्रममा बाँच्न थालेकी थिएँ । एकरात म उड्न सक्छु भन्ने ठानेर घरको छतबाट उफ्रन खोजेको थिएँ । त्यसरी नै एकचोटि म ग्यास स्टेसन गएर पेट्रोल सुँघ्ने र पिउने गरेकी थिएँ । यो घटना आमाले थाहा पाएर मलाई हस्पिटलमा भर्ना गराउनुभयो ।

म त्यत्रो बिरामी भएर दुःखी हुनुपर्दा जेसनको अत्तोपत्तो थिएन । ऊ मलाई उपचार गर्नुपर्ला भनेर भागी–भागी हिँडेको थियो । मैले पनि अब काले केटाहरूसँग सम्बन्ध राख्दिनँ भनेर अठोट गरेँ । एक हप्तापछि मैले आफूलाई केही सन्चो भएको महसुस गरें । आमाले मलाई केही गुलियो तरल पदार्थ खुवाउनुभयो । त्यसले मलाई आनन्दको महसुस भयो ।

त्यसै बेला मैले आफूलाई कसरी सधैँभरि आकर्षक बनाउने भनेर सोच्न थालेँ । म आफ्नो मनस्थितिलाई छिन्भरमै परिवर्तन गर्न सक्थें । अत्यन्तै खुशीबाट अति दुःखी देखाउन सक्थेँ । पहिलो प्रेममा धोका पाएपछि मेरो जीवनमा शून्यता छायो । एक्लोपनले मलाई लखेट्न थाल्यो । म यो विश्वासघातको पीडाबाट पूरै निस्किन पाएकै थिइनँ । यसै क्रममा एउटी साथीको घरमा एक विवाहिता पुरुष डेबिडसँग मेरो भेट भयो । ऊ अमेरिकी नौसेनामा जागिरे थियो । उसको आम्दानी राम्रो थियो । म डेबिडसँग आकर्षित हुन थालें । ऊ पनि मलाई चाहन्थ्यो । मेरो हरेक कुरामा डेबिडले चासो र चिन्ता लिन्थ्यो । ममाथि खुलेर पैसा खर्च गर्दथ्यो । मेरो लागि महँगा खेलौना र कपडा किनेर धेरै खर्च गथ्र्यो । म असाध्यै खुशी थिएँ ।

हरेक शुक्रबार हामी बाहिर घुम्न जान्थ्यौं र यौनसम्पर्कमा लिप्त हुन्थ्यौं । एक–अर्कालाई चुम्थ्यौं । मेरो लागि यो ज्यादै आनन्दको क्षण हुन्थ्यो । करिब २ वर्ष जति म ऊसँग डेटिङ गरी रमाइरहेँ । ऊसँग बिताएका दिनहरू सुख र सन्तुष्टिका थिए । ऊ सभ्य थियो । मलाई आदर र प्रेम गथ्र्यो । उसले मलाई शान्ति, मनोरञ्जन, यौनसुख, घुमफिरको अवसर सबै दियो । अनि एउटा अमेरिकन ब्रान्डको कालो कार पनि उपहार दियो ।

ऊसँग मेरा अनेकौं रमाइला यात्रा भए । एकचोटि क्यारेबियनमा हनिमुन मनाउन जाँदा डेबिडसँग होटलमा एक अपरिचित व्यक्तिले गर्लफ्रेन्ड साट्ने प्रस्ताव गर्यो । डेबिडले टाउको हल्लाएर स्वीकृति दिएपछि भने म असाध्यै रिसाएँ । तैपनि म त्यस अन्जान युवकसँग नाङ्गो भएर रातभरि यौनसम्पर्कमा समर्पित हुन बाध्य भएँ । त्यसै क्रममा उसको वीर्यबाट म गर्भवती भएँ । मैले डेबिडलाई आफू फेरि गर्भवती भएको बताउँदा उसले गर्भ तुहाउने औषधि खान दियो । त्यसपछि मैले आफूलाई हाँसोको पात्रजस्तो महसुस गरेँ । हाम्रो सम्बन्ध बिग्रन शुरू भयो । उसको व्यवहार रुखो हुन थाल्यो । मेरो जोड नचलेपछि डेबिडसँग छुट्टिने कदम चालेँ ।

मेरो पेटमा २ महिनाको गर्भ हुर्किंदै थियो । म आफूलाई हेल्थपोस्टमा गएर परीक्षण गराउन चाहन्थें तर व्यक्तिगतरुपमा परीक्षण गरेर गर्भ तुहाउनु निकै महँगो पथ्र्यो । मसँग त्यत्रो पैसा थिएन । त्यसैले मैले आफूखुशी चक्कीहरु खाएर गर्भ तुहाएँ । योेनिबाट रगत बग्न थाल्यो, शरीर दिन–प्रतिदिन कमजोर बन्दै गयो ।

क्रिसमस आउन लागेको थियो । मेरो पारिवारिक वातावरण सन्तोषजनक हुन सकेको थिएन । आमासँग पनि मनमुटाव बढ्न थाल्यो । अत्यधिक बिरामी भएपछि मात्र आमालाई हस्पिटलमा आकस्मिक कक्षमा लगिदिन फोन गरेकी थिएँ । अस्पताल पुग्दा मैले धेरै बान्ता गरें । सास फेर्न नसकेर लामो–लामो सास तानिरहेकी थिएँ । हृदयको धड्कन अनियमित रुपमा बढेको थियो । शायद म मर्छु होला भन्ने ठानेकी थिएँ । करिब दुई हप्तापछि अस्पतालबाट डिस्चार्ज भएँ ।

घरमा बसेर केही समय आराम गरें । मैले सोचें– सुख–दुःख बाँड्ने सच्चा जीवनसाथीविना जीवन अधुरो हुन्छ । कहिलेकाहीँ एक्लोपनले मलाई निकै सताउँथ्यो । त्यस बेला म आफ्नो ध्यान मोड्न खोज्थें । यसै सिलसिलामा मेरो स्कुल सहयात्री क्रिस्टिनासँग भेट भयो । उसले किनमेलका लागि मेरिल्यान्ड लिएर गई । सपिङ मलमा गइरहेको बखत मेरो साथीको साथी नेपाली केटो विजय ढकालसँग भेट भयो । विजयले आफू काठमाडौंबाट आएको बताएपछि सन् २०११ को शुरूआतबाटै ऊसँग लिभिङ टुगेदरमा बस्न थालें ।

विजयले मलाई प्रेम गर्न थालेको बताउँदै एउटा औंठी देखायो । उसले क्रिसमसको उपलक्ष्यमा सो औठी दिने बतायो । साँच्चै नै उसले सानो बट्टाबाट एक औंठी निकालेर दियो । त्यसको तीन महिनापछि चर्चमा गएर मैले विजयसँग विवाह गरें । विवाहको शुभ अवसरमा युनिटी क्यान्डल बाल्न हामी असमर्थ भयौं । किनकि विजयसँग पैसा थिएन । मलाई त त्यहाँ आफ्नो विवाह नभएर कसैको अन्त्येष्टिमा सहभागी भएको जस्तो लाग्यो । मलाई त्यसै बेला हाम्रो जोडी टिक्छ जस्तो लागेन ।

विवाहको पहिलो रातमै विजयले गाँजा खाएर आधा घन्टाजति मसँग यौनसम्पर्क गर्यो । यौनसम्पर्क गर्दा म कराएँछु । मेरो आवाजले एकजना नेपाली दिदी रोशनी ठकुरीलाई असर परेछ । बिहानीपख मलाई भेटेर यौनसम्पर्क गर्दा नकराउन चेतावनी दिइन् । मैले अबदेखि नकराउने बाचा गरें । विजयको आफ्नै अपार्टमेन्ट थिएन । रोशनीले लिएको सिंगो घरको भाडामा एउटा कोठामा बस्दै आएका थियौं । खर्च बढिरहेको थियो । यसै बीच मैले नजिकको मलमा जागिर पाएँ । विजयको संगत काले केटाहरूसँग थियो । विजयले उनीहरूबाट गाँजा किनेर खान्थ्यो र मलाई पनि खान उक्साइरहन्थ्यो ।

मेरो पेटमा २ महिनाको गर्भ हुर्किंदै थियो । म आफूलाई हेल्थपोस्टमा गएर परीक्षण गराउन चाहन्थें तर व्यक्तिगतरुपमा परीक्षण गरेर गर्भ तुहाउनु निकै महँगो पथ्र्यो । मसँग त्यत्रो पैसा थिएन । त्यसैले मैले आफूखुशी चक्कीहरु खाएर गर्भ तुहाएँ । योेनिबाट रगत बग्न थाल्यो, शरीर दिन–प्रतिदिन कमजोर बन्दै गयो ।

विगत सम्झेर अब गाँजा खान्न भन्दाभन्दै म फेरि खान पुगें । एकदिन म टाउको दुख्यो भनेर बीचमै काम छोडी आफ्नो कोठामा आउँदै गर्दा मेरो श्रीमान् विजय र उसको साथी दिनेशले रोशनीसँग ग्रुप सेक्स गर्दै गरेको रंगेहात फेला पारें । रोशनीले सहन नसकी पिसाब गरेर बेड भिजेको थियो । म रिसले चुर हुँदै विजयलाई छोडेर जाने निर्णयमा पुगें । तर यो संसारमा ऊबाहेक अरू कोही नभएकाले सबै पीडा सहेर बसिरहें ।

रोशनीले नेपाली केटाहरू जम्मा गर्ने र सेक्स गराएर पैसा कमाउने कुकर्म गर्दै आइरहेको गोप्य कुरा मैले थाहा पाएँ । पछि रोशनीको चंगुलबाट बचाउनका लागि मैले टेक्सासमा गएर बस्ने निधो गरें । गरिब १ वर्ष जति रोशनीसँग बसेपछि हामी दुवै आफ्नै गाडीमा बसेर टेक्सास गयौं । टेक्सासमा बसाइँ सर्दा पनि जीवन विवादास्पद भएर बाँच्नु पर्यो । विजय एउटा ग्यास स्टेसनमा काम गथ्र्यो भने मैले चाँडै नै एक्स्टेन्डेड स्टे होटलमा टेलिफोन अपरेटरको जागिर पाएँ । दिनहु काम गर्नुपरे पनि हामी बिहान दैनिक नै यौनसम्पर्क गथ्र्यौं । यसबीच ६ महिनापछि विजयबाट म गर्भवती हुन पुगें । म आमा बन्न पाएकोमा निकै खुशी थिएँ ।

हामी दुवै गाँजा खाई यौनसम्पर्कमा लिप्त हुन्थ्यौँ । एकरात गाँजाको मातमा विजयले बेडमा सुतिरहेको अवस्थामा एक लात हानेर मलाई तल खसालिदियो । पेटमा ४ महिनाको बच्चा हुर्कंदै थियो । मलाई असाध्यै पीडा हुन थाल्यो ।

घरमा श्रीमती हुँदाहुँदै पनि यसरी बाहिर केटीहरूसँग सम्पर्क गर्दै हिँड्नेले के घरबार चलाउन सक्छ र ? आखिर म विजयलाई छोड्न बाध्य भएँ ।

विजयको हेलचेक्र्याइँले गर्दा मेरो गर्भको बच्चा तुहियो । मेरो पहिलो बच्चा पनि यही कारण बर्बाद भएको थियो । आमासँग पनि वर्षौंदेखि मेरो बोलचाल थिएन । फेरि विजय एक नेपाली केटीसँग यौनसम्पर्कमा लिप्त हुन थाल्यो । यसले मलाई थप तनाव भयो । यति मात्र होइन, उसले बाहिरका थुप्रै केटीसँग यौनसम्पर्क गरी मलाई भिरङ्गी रोग सारिदियो । यसले गर्दा यौनाङ्ग चिलाउने, सेतो पानी बग्नेजस्ता समस्या निम्तियो । मैले सोचें, ‘घरमा श्रीमती हुँदाहुँदै पनि यसरी बाहिर केटीहरूसँग सम्पर्क गर्दै हिँड्नेले के घरबार चलाउन सक्छ र ?’

आखिर म विजयलाई छोड्न बाध्य भएँ । म बेग्लै कोठा लिएर सुत्न थालें । तर लागूऔषधको सेवनले गर्दा म बिरामी परें । उपचारका लागि नजिकको उपचार केन्द्रमा भर्ना भएँ । उपचार शुरु गरेको दुई महिनापछि लागूऔषधको लत छुटाउन सफल भएँ ।

जागिरले मात्र मेरो खर्च पुगेन । मेरी सहपाठी डानाको सहयोगले राति कलगर्लको काम गर्न थालें । मेरो ग्राहक विशेषतः विदेशीहरु हुने गर्छन् । यौनसम्पर्क गर्दा म आफ्ना ग्राहकलाई कन्डम प्रयोग गर्न दिन्छु । कोही–कोही त कन्डम प्रयोग गर्न मान्दैनन् । कन्डम प्रयोग गर्दा मज्जा आउँदैन भन्छन् । तसर्थ ग्राहकको सन्तुष्टिका लागि म विनाकन्डम सम्भोग गर्न पनि सहमत हुने गर्छु । उनीहरू मलाई हरप्रकारले सुख भोग्छन् । तर एचआईभीको डरले गर्दा म हरेक हप्ता ब्लड टेस्ट गर्न जानुपर्छ । अहिलेसम्म राम्रो नतिजा आइरहेको छ । केही विदेशी र अफिसको कामको सिलसिलामा भेट हुने वरिष्ठ व्यक्तिहरूलाई मैले आफ्नो ग्राहक बनाई समय दिने गरेकी छु । यसले मेरो खर्च राम्रोसँग धानेको छ ।

म कल्पना गर्छु– फेरि एकपटक विवाह गरौं । तर विगत सम्झेर मलाई डर लाग्छ । मेरो हुनेवाला श्रीमान् सानो चित्तको, विश्वासघाती र लोभी नहोस् । यदि यो दुर्भाग्य दोहोरियो भने मैले पुनः नर्क भोग्नुपर्छ, जसले गर्दा म मरेको लास हुनेछु ।

प्रतिक्रिया दिनुहोस्