रिसको व्यवस्थापनका लागि योग



डा. क्षितिज बराकोटी
योग तथा प्राकृतिक चिकित्सक

घटना १ : कार चलाउँदै गरेका व्यक्ति अगाडिको गाडीले धेरैबेरसम्म साइड नदिएको भन्दै झोक्किँदै थिए । हर्न बजाए, झ्यालबाट कराए, गाडी रोक्किएपछि आफ्नो कार पनि रोकेर विवाद गर्न पुगे, फर्केर कारमा आउन नपुग्दै बाटैमा उनी ढले, बेहोस भए र स्वास्थ्य केन्द्र लैजाँदा बाटैमा उनको प्राण गैसकेको रहेछ ।

घटना २ : घरमा पारिवारिक झगडा थियो । दाजुभाइहरु एक–आपसमा सम्पत्तिको विषयलाई लिएर उग्र भैरहेका थिए । भाइचाहिँलाई चित्त बुझेन । रिस थाम्न नसकेर दाइको टाउकोमा मुक्का बर्साए, घटनास्थलमै दाइको मृत्यु भयो, हत्याराको रुपमा भाइ जेल परे ।

घटना ३ : एक उच्च तहका व्यक्ति आफ्नै प्राइभेट अफिसको अनुगमनमा थिए । कर्मचारीको ढिलासुस्ती र अनुपस्थितिले रिस उठ्यो, हकारे, निर्देशन दिएर आफ्नो कक्षमा प्रवेश गरेको केहीबेरमै उनी लडेर बेहोस भए, अस्पताल पुर्याउन केही ढिलो भए पनि धन्न उनी बाँचे । तर ब्रेन स्ट्रोकका कारण पक्षघातबाट लामो समयसम्म पीडित हुन पुगे ।

रिस नियन्त्रण गर्न नसकी आवेगमा आएर झगडा, मारपिट, आगजनी, हत्या गर्ने अथवा एसिड फाल्ने, बदलाको भावना लिने, वा अन्य दुर्घटना गराउने अनगिन्ती खबर हामी पत्रपत्रिकामा दिनहुँ देख्न सक्छौं । रिसाहा व्यक्तिले आफँलाई हानि गर्ने त छँदै छ, अरुलाई पनि त्यत्तिकै नोक्सान र जोखिममा पुर्याउन सक्छ । त्यसैले रिस उठ्ने व्यक्तिहरुले यसको समयमै व्यवस्थापन गर्नु जरुरी छ ।

रिस नियन्त्रणका लागि योगविधि

१) सकारात्मक मानसिकताका लागि भावयोग, विचारयोग :

यदि तपाईंलाई रिस उठ्ने समस्या छ भने तपाईंका विचारहरु, मनोभावहरु बिहानदेखि नसुतुन्जेल र सुतेर बिहान नहुन्जेल हरेक क्षण सकारात्मक बनाउने प्रयास गर्नुहोस् । उठेर जब शौच जानुहुन्छ, सोच्नुस् कि मेरो रिसाउने बानी दिसापिसाबसँगै मिसिएर बाहिर निस्किरहेको छ । स्नान गर्दा मयलसँगै पखालिएर निस्किएको छ । शौचालय र स्नानकक्षबाट फर्केर आएपछि ऐनाअगाडि गएर अनुहार हेर्दै आफँले आफैंलाई मुसार्दै हत्केलाको ऊर्जा निधार, अनुहार र मस्तिष्कमा लगाउँदै स्वघोषणा गर्नुस् कि म स्वस्थ, सुन्दर, सकारात्मक, बुद्धिमान छु । ममा कुनै कमजोरी छैन । म अरुप्रति कुभलो चिताउँदिन । मेरो रिसाउने बानी छैन, यदि कदाचित छ भने त्यो पनि क्रमशः कम हुँदै नभए बराबर भैसक्यो । मेरो मनमा कसैप्रति वैरभाव छैन । मैले गल्ती गरेकोमा म आफँलाई पनि प्रायश्चित गर्दै सुधार्नेछु । मेरो मनमा कुनै कपट, बदलाको भावना छैन ।

कसैले मलाई नराम्रो भावले हेरे म त्यसप्रति कुनै चासो लिन्न, क्षमाशील बन्छु र आफैंमा रमाउन प्रयास गर्छु । म सात्विक विचार र व्यवहारबाट अगाडि बढ्दै छु । जीवन सुन्दर र महत्वपँर्ण छ । म यस जीवनको भरपँर आनन्द लिन चाहन्छु, अरु मानसिहरु पनि मजस्तै आनन्दित र शान्तिपँर्ण हुन सकँन् । यसरी ऐना हेरेर सकारात्मक भावहरु आवाज निकालेर वा ननिकालीकन अभ्यास गर्नुस् । केही आसन र प्राणायामको अभ्यासपछि ध्यान गर्ने समयमा पनि उपरोक्त भावहरुको मनन गर्नुस् ।

कहिलेकाहीँ विगतका आफ्ना खराब आचरणलाई सम्झेर ध्यानमा बसी रुनुहोस् । त्यसका बाँकी अवशेषहरुलाई म आँसुका साथमा बाहिर निकाल्छु भनी अभ्यास गर्नुस् । आफ्ना गल्तीहरुलाई बच्चाले गरेको गल्तीझैँ सम्झी ध्यानमै मुस्कुराउनुहोस् । अब आफँलाई गलत निर्णयमा कहिल्यै लान्न भन्ने प्रण गर्नुहोस् ।

२) धैर्यता र संयमका लागि नादयोग, मन्त्रयोग र भक्तियोग :

रिस मात्र हैन, अनेक मनका अवगुणहरुलाई हटाउन र विचारशुद्धिका लागि अपनाउने विधिहरुमा नाद, मन्त्र र भक्तियोगको पनि निकै ठँलो भँमिका हुन्छ । नित्यकर्म र भावयोगपश्चात १५–२० पटक ॐ उच्चरण गर्ने वा उद्गीथ प्राणायाम करिब ५ मिनेट जति अभ्यास गर्ने गर्नुहोस् र बेलुका सुत्नु अघि पनि गर्नुस् । योगाभ्यास शुरु गर्नुअघि र पछि ॐ ध्वनिको अभ्यासलगायत अन्य मन्त्रहरु लय मिलाई गाउनुहोस् ।

अभ्यास : कुनै ध्यानात्मक सजिलो आसनमा बसी ढाड सोझो राख्ने, दुबै आँखा बन्द गर्ने, हातलाई ज्ञानमुद्रामा राख्ने । नाकबाट गहिरो श्वास लिने र ॐ (अ–उ–म्) उच्चारण लामो किसिमले गर्ने । ॐ उच्चारणबाट शरीरको कहाँ–कहाँ कम्पन अनुभव हुन्छ, त्यसमा अनुभव गर्ने । यसरी नै शान्तिमन्त्र, गायत्री मन्त्र, महामृत्युञ्जय आदि मन्त्र भन्नुहोस् । यस्ता मन्त्रको संगीतमय वाचन, श्रवण र जप वा ध्यान गर्दा आफँभित्र सकारात्मकता बढ्छ र मनमा धैर्य, सुखशान्ति समेत वृद्धि हुन्छ, व्यवहार पनि सकारात्मक बन्छ । यसरी नै आध्यात्मिक क्रियाकलाप गर्ने, आध्यात्मिक क्षेत्रको भ्रमण, आध्यात्मिक पुस्तकहरुको अध्ययन, नवदा भक्तिविधिलाई आपनाउनाले मन र विचारमा अनेक सकारात्मक परिवर्तनहरु आउँछन् र कर्म पनि सोही अनुरुप बन्दछ ।

३) रिस र मनोवेग नियन्त्रणार्थ ज्ञानयोग एवं कर्मयोग :

ज्ञानयोगले बाह्य संसारको ज्ञानभन्दा पनि अन्तरज्ञानको मार्गमा मनलाई डोर्याउछ । कर्मयोगले निष्काम कर्ममा जोड दिएर
मानिसमा अरु र स्वयंप्रति पनि निष्ठावान् रहन कर्तव्यबोध गराउँछ ।

ज्ञानयोग अभ्यास : यसका लागि गुरुसँग ध्यानको विधि र अन्तरज्ञानको अभ्यास विधि सिक्नुहोस् । प्राप्त ज्ञानको आधारमा ध्यानात्मक आसनमा बस्नुहोस् । आँखा चिम्लनुहोस् र मनलाई एकाग्र राख्न प्रयास गर्नुहोस् । नियमित अभ्यास गर्नुहोस् । ध्यानको अभ्यासबाट अन्तरज्ञानको अनुभव हुन थाल्छ र लामो अभ्यास र साधनाबाट अन्तरचेतनाको ढोका खुल्न थाल्छ । संसारिक वस्तुहरुमा रहेको लोभ, मोह, घमण्ड, इष्र्या र क्रोधहरु निर्मँल हुन पुग्छन्, वाणी र कर्ममा माधुर्यता आउन थाल्छ ।

कुर्सी योग

रिसका नकारात्मक असरहरु

रिसले शरीरको ऊर्जा घटाउँछ । रिस उठ्दा शरीरको मेटाबोलिक क्रिया ह्वात्तै बढ्छ । जस्तै– मुटु, फोक्सो, मस्तिष्क, मांसपेशी, नशा आदिमा उत्तेजना बढ्ने र छिटोछिटो चल्ने हुन्छ । त्यसैले रिस उठ्दा मुख सुक्ने, जीउमा कम्पन आउने आदि हुन्छ । नकारात्मक न्यँरोकेमिकल तथा हर्मोनहरुको वृद्धि र सकारात्मक हर्मोन तथा न्यँरोकेमिकलको स्राव घट्ने हुन्छ । यसले गर्दा तनाव वृद्धि, शरीर थाक्ने–गल्ने हुन्छ । रक्तचाप बढ्ने, मुटु तथा मस्तिष्कका धमनीहरुमा पर्ने तीव्र दबाबका कारण रक्तनलीहरु फुट्ने वा रक्तस्राव भएर रगत जम्ने, बेहोस हुनेजस्ता समस्या आइपर्ने हुन्छ । मानसिक आवेगलाई नियन्त्रण गर्न नसक्दा रिस पोख्ने क्रममा व्यक्ति स्वयंलाई वा अरुलाई पनि हानि पुग्ने क्रियाकलाप गर्ने र जानी–नजानी आपराधिक क्रियाकलापमा लाग्ने पनि सम्भावना हुन्छ ।

कर्मयोग अभ्यास :

१) आफँभन्दा निर्धो, कमजोर र दुःखीलाई उसको शरीर र आत्मा पनि मेरोजस्तै हो भन्ने सम्झेर उसको पीडा घटाउन सहयोगी बन्नुस् । कुनै लाभ पाउने अभिलाषा नराखी मन, वचन र कर्मले सेवा गर्नुस् । सके हरक्षण वा हरदिन वा नसके हप्तामा एक–दुई दिन भए पनि समाजसेवामा समय दिनुस् ।

२) यस्तो सकारात्मक काम गर्नुस्, जसले तपाईं आफँलाई मनदेखि आनन्द आओस् र सेवा प्राप्त गर्ने व्यक्ति पनि बढी प्रसन्न होओस् ।

३) ईश्वरलाई साक्षी राखी कुनै फलको इच्छा नराखी आत्मीय र प्रेमभावले कार्य गर्नुस्, जुन अनुकरणीय छ ।

४) यम र नियमको साधना :

यम : क्रोधको परिचायक लक्षण हिंसा हो । क्षणिक उग्रता र अधैर्यताबाट मनमा हिंसाको भाव आउँछ, जसबाट शत्रुवृद्धि हुन्छ र त्रासको वातावरणमा बाँच्नुपर्ने हुन्छ । यसबाट मनको शान्ति हट््छ, बेचैनी बढ्छ । त्यसैले मन, वचन र कर्मले अरुप्रति भलो गर्नुपर्छ । यसरी नै मन वचन र कर्मबाट अरुलाई ढाँटछल गर्ने गरेमा यसबाट पनि मनको सुखशान्ति हराउँछ र अरुप्रति अविश्वास र मित्रता टुटाउँछ । रिसराग लोभलालच बढाउँछ । सत्कर्म र सद्व्यवहारबाट अरुको मन जित्न सकिन्छ र वैरभाव कम गर्न सकिन्छ । यसबाट दुबै पक्षमा सुखवृद्धि र आत्मीयता बढ्छ । त्यसैले सत्य बोल्नुस, साँचो सोच्नुस् र सत्कर्ममा लाग्नुस् । नठग्नुस्, नचोर्नुस्, अरुबाट अनावश्यक लाभ नलिनुस् ।

नियम : यसअन्तर्गत शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधानजस्ता विधिहरु मनोशारीरिक सुखशान्ति र आनन्दका लागि उपयोगी विधिहरु पर्दछन् । शौचादि अभ्यासहरु जस्तै– बिहान उठ्नासाथ १ लिटर पानी पिएर लघुशंख प्रक्षालनका आसनहरु अभ्यास गर्ने र शौच जाने, स्नान गर्ने, तेल–नँन–बेसार मिसाएर दाँत सफा गर्ने, नेत्रप्रक्षालनपछि आँखाको सँक्ष्मव्यायाम गर्ने, मनतातो नँन–पानीले जलनेति, पानी पिएर वमन वा कुञ्जलक्रिया गर्ने, आवश्यकताअनुसार मनतातो नीममिश्रित पानीले एनिमा वा वस्ति गर्ने गर्नुपर्छ । सँर्यस्नान, कहिलेकाहीँ उपवासजस्ता विधिहरुबाट शरीरको आन्तरिक तथा बाह्य शोधन तथा सशक्तीकरण गर्नुपर्छ । शरीर ठीक भएपछि मन पनि शान्त र आनन्दित हुन्छ । यसरी नै सक्दो परिश्रमा गरेपछि प्राप्त हुने फलप्रति सन्तुष्ट रहने बानी बसाल्नुपर्छ । अध्ययनशील र स्वचिन्तन गरी ज्ञान प्राप्त गर्नुपर्छ । आध्यात्मिक चिन्तनमा दैनिक समर्पण भावका साथ भक्तियोगको माध्यमबाट ईश्वरप्रणिधानको अभ्यास गर्दा आफँभित्रको अहंपना घट्छ, प्रेम बढ्छ, समताको भाव जागृत हुन्छ र सात्विक गुणहरुको समेत अभिवृद्धि हुन्छ । रिस त कोसौं टाढा जान्छ ।

सिंहासन

 

रिस नियन्त्रण गर्न नसकी आवेगमा आएर झगडा, मारपिट, आगजनी, हत्या गर्ने अथवा एसिड फाल्ने, बदलाको भावना लिने, वा अन्य दुर्घटना गराउने अनगिन्ती खबर हामी पत्रपत्रिकामा दिनहुँ देख्न सक्छौं । रिसाहा व्यक्तिले आफँलाई हानि गर्ने त छँदैछ, अरुलाई पनि त्यत्तिकै नोक्सान र जोखिममा पुर्याउन सक्छ । त्यसैले रिस उठ्ने व्यक्तिहरुले यसको समयमै व्यवस्थापन गर्नु जरुरी छ ।

५) हठयोगको अभ्यासबाट रिस नियन्त्रण :

क) स्थँल एवम् सँक्ष्म व्यायाम, आसनहरु : सँक्ष्म व्यायाम र आसनहरुको अभ्यासबाट शरीरमा लचकता, स्फँर्ति मात्र होइन, मनलाई शान्त, आनन्दित, जाँगरिलो र उत्साहित बनाउँछ । यसबाट व्यक्तिमा सोच्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता बढ्छ । विशेषतः शिर तथा ग्रीवाशक्ति बुद्धि तथा धृति शक्ति, वक्षस्थल तथा मेरुदण्ड शक्ति विकासक क्रियाहरुको अभ्यासले आनन्दको अनुभव हुन्छ । यसरी नै आसनहरुको अभ्यासबाट शरीरको क्षमता जस्तै– स्नायुविक क्षमता, रक्तसञ्चार क्रिया, पाचन तथा निष्कासन क्षमता आदि बढ्ने हुन्छ । खास आसनहरुमा खास विशेषताहरु रहेका हुन्छन् । कुनै आसनले मस्तिष्कलाई सकारात्मक प्रभाव पार्छन् भने कुनैले मुटु, कलेजो, फोक्सोलगायत अन्तःस्रावी ग्रन्थिहरुको कार्यक्षमता बढाउने हुन्छ । त्यसैले मनमा खुशी, आनन्द र शरीरमा हल्कापन ल्याउनको लागि विभिन्न थरीका आसनको अभ्यास गर्नु जरुरी छ । यस्ता अभ्यासहरुले मनमा धैर्यता बढाउँछ र रिसराग, दुर्भावनाहरुमा कमी हुन्छ ।

रिस कम गर्ने आसनहरुमा शवासन, झुलासन, बालासन, मकरासन, भुजंगासन, धनुरासन, सुखासन, वज्रासन, सिंहासन, शशांकासन, मर्कटासन, सेतुबन्धासन, ताडासन, नटराजासन, वृक्षासन, सर्वांगासन, मत्स्यासन, शीर्षासन, सँर्य नमस्कार आदिको अभ्यास गर्न सकिन्छ ।

ख) प्राणायामहरुको अभ्यास : विभिन्न श्वासक्रिया वा प्राणायामको प्रयोगले विचारको प्रवाहलाई रोक्ने, सकारात्मकता बढाउने र चित्तशुद्धि गर्ने गर्छ । मनको चञ्चलतालाई सुधार गरी मनलाई शान्त, धैर्य र स्थिर राख्न प्राणायाम निकै उपयोगी छ । रिस उठ्नासाथ प्राणायामको अभ्यास गर्नाले रिसलाई काबुमा राख्न सकिन्छ भने नियमित प्राणायामको अभ्यासले रिस आउनै दिँदैन । रिसको व्यवस्थापनका लागि अनुलोमविलोम, उद्गीथ, भ्रामरी, नाडिशोधनका विविध अभ्यासहरु, शीतली, शीत्कारी, उज्जायी प्राणायामहरु अभ्यास गर्नु फाइदाजनक हुन्छ । बन्ध र कुम्भकका साथमा हस्तमुद्राहरुसमेत मिसाएर अभ्यास गर्दा बढी लाभदायक हुन्छ ।

६) राजयोगको अभ्यासबाट रिसमा काबु :

राजयोगअन्तर्गत धारणा, ध्यान र समाधिको साधना पर्दछ । नियमित धारणा र ध्यानको अभ्यास गर्दा रिस उठ्नेमा स्वतः कम हुन्छ । यदि रिस उठिरहेको अवस्था छ भने पनि एकैछिन् आँखा बन्द गरेर वा खोलेरै भए पनि मनलाई श्वास वा अन्य विषयमा एकाग्र राख्न थाले तुरुन्तै उग्रता कम हुन्छ र रिस काबुमा आउँछ । राजयोगको अभ्यासले विचारको तीव्रता रोक्छ र मनलाई तुरुन्तै सकारात्मकतातिर लैजान्छ । तनाव, चिन्ता आदि मनोसमस्याहरुमा पनि राजयोग प्रभावकारी छ ।

अभ्यास : शुरुमा एकाग्रता वा धारणाको अभ्यासका लागि आँखा खोलेर नासिकाग्र (नाकको टुप्पो) तथा साम्भवी दृष्टि (आँखीभुईँ माथि) हेर्ने अभ्यास गर्नुपर्छ । यसरी नै श्वासप्रश्वास, मन्त्र, जप आदिको अभ्यास, स्थँल वा सँक्ष्म ध्यान, कुण्डलिनी शक्तिको जागरण अभ्यास आदि क्रमिकरुपले गर्नुपर्छ । यसको लागि शुरुमा गुरुको प्रत्यक्ष निगरानी जरुरी छ । अभ्यासका क्रममा विभिन्न खालका धारणाहरुको अभ्यास, कुनै एक विन्दुमा एकाग्रताको निरन्तरता, ध्यानमग्नता गर्दै ध्यानका विभिन्न खुड्किलाहरु पार गर्दै ध्यानस्थ हुँदै जाँदा रिसराग, इष्र्या, घमण्ड, अरुप्रतिको वैरभाव कम हुन्छ र धैर्यता, संयम बढ्दै समताको भाव जागृत हुन्छ ।

७) शोधनयोग :

योगका हरेक विधिहरु कुनै न कुनै रुपमा शारीरिक तथा मानसिक शोधनसँग सम्बन्धित छन् । तर विशेषरुपमा षटकर्मका विधिहरु खास शोधनयोग हो । जलनेति, सँत्रनेति, घृतनेति, तेलनेतिहरुले दिमाग शान्त राख्छ र मनको उत्तेजना तथा रिस तुरुन्तै नियन्त्रण हुन्छ । रिसका कारण हुने थप टाउको दुखाइ कम हुन्छ । नियमित अभ्यास गरिराख्दा रिसाउने बानी हट्दै जान्छ । उपवास, फलाहार, मिताहार, सात्विक आहारका साथमा कहिलेकाहीँ वस्ति (एनिमा) को प्रयोग गरी पेट सफा गरेमा त्यसबाट मनमा आनन्द आउँछ, तनाव र रिस उठ्नेमा कमी हुन्छ । कपालभाँति पनि शोधनयोगको विधि हो । यसले मनमस्तिष्कलाई शोधन गरी विचारको तीव्रतालाई नियन्त्रण गर्छ र मनमा शान्ति एवम् धैर्यता उत्पन्न गर्छ ।

८) विश्रामयोग तथा हास्ययोग :

ध्यानात्मक तथा विश्रामात्मक आसन र यौगिक शिथिलीकरणबाट मनमा नकारात्मक मनोदशालाई साम्य पार्न सकिन्छ र रिस पनि तुरुन्तै कम गर्न सकिन्छ ।

क) योगनिद्रा : शवासनमा सुतेर योगनिद्राको अभ्यास गरिन्छ । सर्वप्रथम शवासनमा श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । केही मिनेटपछि मनलाई आफ्नै शरीरका अंगहरुमा भ्रमण गराएर एकाग्रताको अभ्यास गरिन्छ ।

ख) शिथिलीकरण : शवासन सुतेर शरीरका विभिन्न भागलाई अलग–अलग वा सम्पँर्ण शरीरका अंगहरुलाई एकसाथ खुम्च्याउने, कडा पार्ने र श्वास लिएर रोक्दै भएभरको बलले जमिनमा दबाब दिने, तत्कालै मुखले श्वास निकाल्दै शिथिल हुनेजस्ता अभ्यासहरु गर्दा तनाव, रिसराग, मनको अस्थिरता र नशा एवम् मांसपेशीलगायतका भागमा परेको असर एकछिन्मै कम हुन्छ ।

हाँसोयुक्त व्यवहार अपनाउने गरेमा रिस र तनाव व्यवस्थापनमा सघाउ पुग्नेछ ।

ग) हास्ययोग : एक्लै वा समँहमा बसेर विभिन्न आवाजहरु निकाली वा आवाज ननिकालीकन मुस्कानबाट बसेर उठेर, हिँड्दै, नाच्दै वा उफ्रँदै हाँस्ने विधि हास्ययोग हो । मनमा भएका पीडा दुःख, विकार, नकारात्मकता आदिलाई त्याग्दै प्रेम र सद्भावको सृजना गर्न हास्ययोग निकै उपयोगी छ । मनदेखि खुलेर हास्यासनहरु गर्ने, हाँसोयुक्त व्यवहारहरु अपनाउने आदिबाट मनमा आनन्द खुशी र रमाइलोपन महसुस हुन थाल्छ । यसले जीवनमा आइपर्ने रिस र तनावहरुको समेत व्यवस्थापनमा सघाउँछ ।

(यहाँ उल्लिखित कतिपय अभ्यासहरुका बारेमा साधनाका पँर्वअंकहरुमा वर्णन गरिएकाले यहाँ संक्षेपमा दिइएको छ । साथै यी अभ्यासहरु गर्दा शुरुमा योगगुरुको निगरानी अपरिहार्य हुन्छ ।)

प्रतिक्रिया दिनुहोस्