नेपालमै हृदयरोगको बृहत् अनुसन्धान



वासिङ्टन विश्वविद्यालयसँगको सहयोगमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा सञ्चालित यो परियोजना नेपालमा मात्र नभई विश्वमै नमुना हुने विश्वास लिइएको छ । यो परियोजनाबाट अन्य विश्वविद्यालयहरुले पनि सिक्ने र सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन् ।

भगवती तिमल्सिना

नसर्ने रोगको प्रकोप दिनप्रतिदिन बढिरहेको छ । विश्वमा ६० प्रतिशतभन्दा बढी मानिसको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । यता अपाङ्गता भएका व्यक्तिमध्ये २५ प्रतिशतको हाराहारीमा हृदयरोग भएको विश्व स्वास्थ्य संगठनले औंल्याइसकेको छ । यसमा पनि कमजोर आयस्रोत भएका मुलुकमा मुटुरोगको प्रकोप अझ बढी रहेको औंल्याइएको छ ।

नेपालमा रक्तनली र मुटुरोगको उपचार खर्चिलो र जटिल छ । साथै यहाँ केही दक्ष जनशक्ति हुँदाहुँदै पनि व्यवस्थित हुन सकेको देखिँदैन । रक्तनली तथा मुुटुरोगका कारण के–कस्ता जटिलता निम्तिदै छन् भन्ने कुराको सिकाइमै कमी छ । यसैलाई दृष्टिगत गरी धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञसहितको टोलीले अमेरिका, चीन र भारतसमेतको सहकार्यमा नेपालमा हृदयरोगको अनुसन्धान शुरु गरेको छ ।

के–कस्ता अनुसन्धान हुनेछन् ?
नेपालमा हालसम्म सरकारी तथा गैरसरकारी निकायबाट मुटुरोगको पहिचान, उपचार तथा के–कस्ता कार्यक्रमहरु भएका छन् भन्ने बारेमा यस परियोजनाले अध्ययन–अनुसन्धान गर्नेछ । साथै नेपालमा मुटुरोग लाग्नै नदिन के गर्ने र लागेकाहरुको व्यवस्थापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा पनि अध्ययन–अनुसन्धान गर्नेछ । यसका लागि ४ बर्से कार्यक्रम लिएर अघि बढेको यस परियोजनाका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजँ बताउनुहुन्छ ।

डा. कोजँ भन्नुहुन्छ– ‘रोग लागेपछि उपचार गर्ने भन्दा पनि नेपालमा हालसम्म मुटुरोगको रोकथाम र यसका बिरामीका लागि के भैरहेको छ अनि भोलिका दिनमा रोगलाई कमी गर्दै सर्वसुलभ स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा यो परियोजना केन्द्रित हुनेछ । यसका लागि कुन–कुन निकायले के–के रणनीति अपनाउनु जरुरी छ भन्ने बारेमा समेत यो परियोजनाले खोज–अनुसन्धान गर्नेछ ।’

नेपालमा हालसम्म मुटुरोगको रोकथाम र यसका बिरामीका लागि के भैरहेको छ अनि भोलिका दिनमा रोगलाई कमी गर्दै सर्वसुलभ स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा यो परियोजना केन्द्रित हुनेछ । यसका लागि कुन–कुन निकायले के–के रणनीति अपनाउनु जरुरी छ भन्ने बारेमा समेत यो परियोजनाले खोज–अनुसन्धान गर्नेछ ।
– डा. कोजू

राष्ट्रिय जनसांख्यिक तथ्यांक २०११ मा उल्लेख भएअनुसार मानिसको खानपान र बसाइको स्तर वृद्धि भएको छ । बाथ, दम, मुटुरोग लाग्नेमा बढी मात्रामा गरिब देखिएका छन् । खानपान र उपचारमा सरदर खर्च गर्न सक्ने भनेका धनीवर्ग देखिएका छन् । रोग लाग्ने अवस्थाले गरिबी निम्त्याएकोमा शून्य दशमलव ६५ प्रतिशतमा मुटुको समस्या रहेको छ ।

यति मात्र नभई गरिबीको संख्या दिनप्रतिदिन बढ्दै छ भने रोगका कारण गरिबी बढ्ने क्रम अझ तीव्र भैरहेको डा. आभा श्रेष्ठको कथन छ । नेपालको अवस्थालाई नियाल्दा उपचारका लागि हुने ५६ प्रतिशत खर्च व्यक्तिको खल्तीबाटै गैरहेको छ । जसमा ३२ दशमलव ८ प्रतिशत नसर्ने रोगका लागि हुने गर्दछ । यसलाई कसरी न्यँनीकरण गर्ने भन्ने यो परियोजनाको खोजको विषय बनेको छ ।

डा. विराजमान कर्माचार्य

परियोजनामा सहभागी निकाय
यस अनुसन्धानका लागि अमेरिकाको हार्डवर्ड विश्वविद्यालय, युनिभर्सिटी अफ वासिङ्टन, युनिभर्सिटी अफ वीसकन्सेन, पब्लिक हेल्थ फाउन्डेसन इन्डिया, चीनको सनयात्सेन युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहभागिता रहेको छ । नेपाल सरकारका निकायहरु नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बीपीकेआईएचएस, आमसञ्चारलगायतका सबै क्षेत्रलाई समेटेर सन् २०१८ को फेब्रुअरीदेखि अनुसन्धानको काम शुरु गरिएको परियोजनाका सह निर्देशक डा. विराजमान कर्माचार्य बताउनुहुन्छ ।

अनुसन्धानको लक्ष्य
नेपालमा हृदयरोगको अवस्थालाई कसरी पहिचान र समाधान गर्ने भन्ने खोज अभियानका एक हस्ती मानिने डा. अभिनभ वैद्य भन्नुहुन्छ– ‘मुटु तथा रक्तनलीको समस्याको समाधानका लागि सकारात्मक प्रभाव कसरी पार्ने भनेर यथार्थमा आधारित बाटो पहिल्याउने परियोजनाको लक्ष्य छ ।’

परियोजनाको परिकल्पनादेखि अनुसन्धानको हरेक पक्षलाई सहजीकरण गर्दै आउनुभएकी डा. आभा श्रेष्ठ यस विषयमा खोज तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने जनशक्तिको कमी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘नेपालमा नसर्ने रोगसँगै जटिल बन्दै गएको मुटु र रक्तनलीसँग सम्बन्धित समस्याले मानिसको मृत्यु मात्र नभई अपाङ्ग बनाउनसमेत ठँलो हिस्सा ओगटेको छ ।’ त्यसैले अनुसन्धानात्मक समँहको खाँचो पहिचान गरी यो परियोजनाको सोच बनाएको डा. आभाको कथन छ ।

त्यस्तै यो परियोजना व्यावहारिक एवं परिणाममुखी बनाउनका लागि बहुआयामिक दक्ष जनशक्ति तयार पार्न विभिन्न क्षेत्रका स्वास्थ्य जनशक्तिलाई समेटिएको डा. अभिनभ वैद्य बताउनुहुन्छ । डा. वैद्य भन्नुहुन्छ– ‘उनीहरुलाई बहुआयामिक तालिम प्रदान गरेर परिणाम प्राप्त गरी जनस्वास्थ्यमा सुधार ल्याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।’

अधिकांश जनसंख्याको लागि स्वास्थ्य सेवा खर्चिलो, स्वास्थ्य संस्था अपायक, भौगालिक विकटताका कारण पहुँचयोग्य छैनन् । बिरामीको रोग पहिचानका निम्ति ग्रामीण भेगमा स्थापित स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने उपकरण र दक्ष जनशक्तिसमेत पुग्न सकेको अवस्था छैन । यसका लागि सरकारी तहमै गुणस्तर मापनलगायतका जनशक्तिको मँल्यांकन गर्ने निकायको खाँचो टड्कारोरुपमा देखिएको छ । यिनै कारण रक्तनली तथा मुटुरोग पहिचान र उपचार ग्रामीण भेगमा प्राथमिकतामा पर्न सकेको छैन । त्यसैले पनि यो परियोजनाको मुख्य उद्देश्य रक्तनली तथा मुटुरोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने भन्ने हुनेछ ।

डा. अभिनभ वैद्य

यो परियोजनालाई अझ नजिकैबाट सबैले बुझ्न, सिक्न र सिकाउन सकँन भन्ने उद्देश्यले डाक्टर, पब्लिक हेल्थ, फार्मेसी, नर्सिङ, हेल्थ फाइनान्स, आमसञ्चारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहकार्यबाट नै परियोजनाको शुरुवात गरिएको डा. आभा बताउनुहुन्छ । यति मात्र नभई यो समँहको अनुभव, सीप र व्यावहारिकताले रक्तनली तथा मुटुको रोग गरिबीकै कारण बढेको हो वा रोगका कारण गरिबी बढेको भन्ने विषयमा समेत खोतलेर हेर्न मद्दत पुगोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटिएको उहाँको भनाइ छ । ‘यो समँहको लगनशीलता र मेहनतले मुटुरोगको समस्या समाधानका लागि उदाहरणीय कार्य हुनेछ भन्ने विश्वास लिएका छौं’, डा. आभाको भनाइ छ ।

अनुसन्धानमै कोसेढुंगा साबित हुने
द नेपाल एनसीडीआई पोभर्टी कमिसनले सन् २०१८ मा सार्वजनिक गरेकोे राष्ट्रिय रिपोर्टलाई केलाउँदा १९९० देखि २०१५ सम्ममा सर्नेभन्दा नसर्ने रोगको समस्या बढ्दो क्रममा रहेको पाइयो । नसर्ने रोगमा पनि मुटुरोगसँग सम्बन्धित समस्याका कारण मृत्यु हुने र विकलांग हुनेको संख्या ठँलो (१७ प्रतिशत) रहेको छ । के कारणले यो रोग लाग्यो भन्ने यकिन कारणको पहिचान नै नभएको अवस्था ६२ प्रतिशत रहेको छ । पहिचान भएकामा १९ प्रतिशत खानपान, मोटोपन रहेको छ भने ११ प्रतिशत वातावरणीय प्रतिकँल असर रहेको छ । मुटुरोग कुन कारणले भयो भन्ने विषयमा थप अनुसन्धान गर्नुपर्ने अवस्था यो रिपोर्टले पनि औंल्याएको डा. आभा श्रेष्ठ बताउनुहुन्छ ।

यिनै कारणको पनि खोजका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । दक्ष जनशक्ति र सोचको कमी भइरहेको अवस्थामा थालनी भएको यो अनुसन्धानात्मक परियोजना नेपालका लागि मात्र नभई विश्वमै अनुसन्धानको क्षेत्रमा कोसेढुंगा साबित हुनसक्ने डा. आभाको धारणा छ ।

 

मेरो सीप र अनुभव प्रयोगमा आउने भयो

डा. दुर्गा विष्ट
फार्मेसी विभाग (काठमाडौं विश्वविद्यालय)

मुटुरोगकै विषयमा पीएचडी गर्दा कसरी मुटुरोगको पहिचान गर्ने र रोकथामको उपाय अपनाउने भनी सोचिरहेकै बेला यो परियोजनाको थालनी भएको छ । मेरा लागि यो अत्यन्तै महत्व र इच्छाको विषय थियो । यो परियोजनाले मेरो सीप र अनुभव पँर्णरुपमा प्रयोगमा आउनेछ । त्यसैले परियोजना सफल बनाउन हृदयदेखि नै मद्दत गर्नेछु । मैले अध्ययनका क्रममा बुझेका र नेपालको बिरामीको अवस्थाका बारेमा धेरै भिन्न चुनौती छन् ।

नेपालमा बिरामीको पहिचान, रोगको प्रकारअनुसारको दर्ता, अवसर, अवस्था धेरै फरक छ । अनुसन्धानमा नेपालको तथ्यांक धेरै पछि परेको अवस्था छ । विषयगत विधा छुट्याएर गरिने खोज–अनुसन्धान कम हुने भएकै कारण तथ्यांक पहिचान गर्न अर्को जटिलता रहेको अवस्थामा यो परियोजनाले नेपालमा हृदयरोगको अवस्था कस्तो छ भन्ने थाहा पाउन ठँलो मद्दत पुग्नेछ ।

 

विश्वमै नमुना हुने विश्वास
यो कार्य सम्पन्न गर्न चुनौती पनि छ । यसका लागि एउटा छुट्टै केन्द्रको विस्तार गरी अघि बढ्ने परियोजनाको लक्ष्य रहेको सह निर्देशक डा. अर्चना श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार परियोजनाले अनुसन्धानमा कार्यक्रम एकीकृत गरेर अघि बढ्ने अवसरका लागि विश्वविद्यालयहरुलाई राम्रो अवसर प्रदान गर्दछ ।

दोस्रो, यस परियोजनाले सरकारी, गैरसरकारी संस्था र शैक्षिक संस्थाबीच साझेदारीको एक नयाँ मोडेल सिर्जना गर्नेछ । यो मोडेल भविष्यमा अन्य स्वास्थ्य कार्यक्रमहरूको लागि उदाहरणीय हुन सक्छ । तेस्रो, यो प्रस्तावले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको साथ र सहयोगी सम्बन्ध सिर्जना गर्दछ, जुन नसर्ने रोगको रोकथाम र व्यवस्थापनको क्षेत्रमा ठँलो अनुभव हुनेछ । यस परियोजनाले असम्भव मानिएका काम सम्पन्न गर्ने दिशामा ताजा जानकारी प्रदान गर्नेछ । परियोजनाको अन्त्यमा तालिमप्राप्त जनशक्ति नेपालका लागि महत्वपँर्ण जनशक्ति हुनेछन् ।

काठमाडौं विश्वविद्यालय प्रशिक्षण र अनुसन्धानमा नेपालको प्रमुख संस्थाहरुमध्ये एक हो । अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा हृदयरोग अनुसन्धानलाई प्रमुख प्राथमिकतामा राखेर यसले देशकै लागि ठँलो योगदान गरेको छ । वासिङ्टन विश्वविद्यालयसँगको सहयोगमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा सञ्चालित यो परियोजना नेपालमा मात्र नभई विश्वमै नमुना हुने विश्वास लिइएको छ । यो परियोजनाबाट अन्य विश्वविद्यालयहरुले पनि सिक्ने र सहकार्य गर्ने अवसर प्राप्त गर्ने

चार वर्षमा खोजी भइसक्नेछ

डा. आभा श्रेष्ठ
अनुसन्धान सहजकर्ता

नेपालमा सरकारले मुटुरोगको उपचारमा सहज बनाउन धेरै काम गरेको छ । बच्चामा लाग्ने मुटुको बाथरोगको उपचार सरकारले निःशुल्क गरेको छ । मुटु, श्वासप्रश्वास, मृगौला, अल्जाइमर, पार्किन्सनजस्ता स्वास्थ्य समस्याको उपचार तथा न्यँनीकरणका लागि अभियान नै अघि सारेको छ । यसमा धेरै काम पनि भएका छन् ।

सरकारले गर्दै आएका यिनै कामलाई अझ मजबुत बनाउँदै जान सहज होस् भन्ने उद्देश्यले नेपालमा हृदयरोगको अवस्था र न्यँनीकरणको बाटो के हुन सक्छ भनी यो परियोजनाले दक्ष जनशक्ति उत्पादनका लागि ४ वर्षसम्म तालिमका साथै अनुसन्धान र प्रयोगात्मक विधि अपनाएको छ । अबको ४ वर्षपछि उत्पादित दक्ष जनशक्तिले अनुसन्धान र समस्या समाधानको खोजी गरिसक्नेछ । त्यति बेलासम्म बाथ मुटुरोगको पहिचान मात्र नभई दर्ता नै गर्ने परम्पराको थालनी गरिसक्नेछौं ।

त्यस बेला कुन रोग कसरी लाग्छ र समाधानका लागि के गर्न सकिन्छ भन्ने बारेमा एउटा निचोड निस्किसकेको हुनेछ । हृदयरोगको अवस्था कस्तो छ, किन लाग्छ, कसरी रोकथाम गर्ने भन्ने विषयमा खोजीका लागि दक्ष जनशक्ति उत्पादन गरी खोजतलास गर्नकै लागि नै यो परियोजना अघि सारिएको हो । यो अवधिमा देशको समग्र अवस्थालाई नजिकैबाट पहिचान गरी सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा समाधानको खोजीको लागि अघि बढ्छौं ।

प्रतिक्रिया दिनुहोस्