टिनएजको सौन्दर्य



प्रिया अधिकारी (ब्युटिसियन)

के नारी, के पुरुष हरेक व्यक्ति आफ्नो सौन्दर्य बढाउन चाहन्छन् । त्यसमा पनि टिनएजरहरु आफ्नो सुन्दरतामा निकै ख्याल गर्छन् । अनुहारको मात्र नभएर कपालको स्टाइल, पहिरन र हावभावमा पनि टिनएजरहरु एक कदम अगाडि नै हुन्छन् । फेरि टिनएजर यस्तो उमेर हो जसलाई प्रकृतिले पनि सुन्दरता दिएको हुन्छ । उनीहरुको शरीर नै आकर्षक हुन्छ । यद्यपि यही टिनएजको सौन्दर्यमा अलिकति थप ध्यान दिने हो भने अझ बढी सुन्दर एवम् आकर्षक बन्न सकिन्छ । तर टिनएजरले मेकअप गर्दा सावधान हुनै पर्छ, नत्र प्रकृतिले दिएको अनुहारको सुन्दरतामा पनि आँच आउन सक्छ ।

फाउन्डेसनभन्दा कन्सिलरको प्रयोग उपयुक्त

प्रायः टिनएजरले आफ्नो अनुहारमा भएको पोतो, चाया छोप्न फाउन्डेसनको प्रयोग गर्ने गरेको पाइन्छ । तर टिनएजमा फाउन्डेसनको प्रयोग गर्नु राम्रो मानिदैन । फाउन्डेसनको प्रयोग त म्याचुअर्ड स्किन अर्थात् पाको छालाका लागि उपयुक्त हुन्छ । कलिलो छालामा फाउन्डेसनको प्रयोगले प्राकृतिक छाला छोपेर वास्तविक उमेरभन्दा बढी उमेर देखाइदिन्छ । बरु फाउन्डेसनको साट्टा अनुहारको दाग, पोतो, चाया छोप्न कन्सिलरको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसको प्रयोगले सौन्दर्यका साथै कोमल देखिन्छ ।

सौन्दर्यमा खानपान 

काँक्रो, गाजर, मँला, फलफँल, बन्दा, सागको सेवन बढाउँदा सुन्दरतामा वृद्धि हुन्छ । सकेसम्म पेयपदार्थ बढी मात्रामा सेवन गर्नु स्किनका लागि राम्रो मानिन्छ । त्यसैले समय–समयमा पानी पिउनु स्वास्थ्य र सुन्दरता दुवैका लागि हितकर हुन्छ । भुटेको खानेकुरामा सकेसम्म परहेज गर्नु नै उत्तम हुन्छ । यस्ता खानेकुराले पाचनसम्बन्धी समस्या आउन सक्छ र सौन्दर्यमा समेत नकारात्मक असर निम्त्याउन सक्छ ।

ओठको मेकअप

यदि तपाई कामकाजी किशोरी हुनुहुन्छ र काममा जान हतार भएमा आफ्नो ओठमा पिंक सेडको लिपग्लस प्रयोग गर्नु उचित हुन्छ । दिउँसो बाहिरफेर शहरबजारमा निस्कनुपरेमा भने शुरुमा डार्क मेरी पिंक सेड लगाउनु उचित हुन्छ, त्यसपछि हल्का पिंक अनि अन्त्यमा त्यसलाई हाइलाइट गर्नुपर्छ । बेलुकाको समयका लागि भने ओठको मेकअप अलि फरक गर्नुपर्छ । बेलुका कुनै पार्टी, उत्सवमा जानुपरे ओठमा खैरो लिपस्टिक लगाई पिच सेडले हाइलाइट गर्दा आकर्षक देखिन्छ । घर फर्किएपछि राति सुत्नुअघि लिपस्टिक रिमुभरको सहायताले लिपस्टिक पुछ्न बिर्सनुहुँदैन । रिमुभरले ओठको भित्री भागमा पसेको लिपस्टिक निकाल्न सहयोग पुग्छ र यसले ओठलाई नरम बनाउन पनि मद्दत पुर्याउछ ।

टिनएजरले धेरै मेकअप नगर्नु नै राम्रो

यो उमेरमा धेरै मेकअप गर्नु राम्रो हुँदैन । धेरै मेकअपले किशोरीहरु आफ्नो उमेरभन्दा बढी उमेरको देखिन सक्छन्, अर्थात् पाको उमेरको देखिन सक्छन् । त्यसैले उनीहरुले दिनहुँजसो आइस्याडो, लिपलाइनर, लाइनर मस्करा, फाउन्डेसन पाउडर ब्लसको प्रयोग गर्नु राम्रो मानिदैन । बरु यो उमेरमा अर्थात् टिनएजमा नियमित मेकअपमा मस्करा कन्सिलर र ग्लसको प्रयोग गर्नु उपयुक्त मानिन्छ । टिनएजरमा स्किन त्यसै पनि आकर्षित हुन्छ, यसमा धेरै मेकअप नै गर्नुपर्दैन ।

आँखाको मेकअप

आँखाको मेकअप गर्दा धेरै सावधानी अपनाउनुपर्छ । किनकि सामान्य गल्तीले पनि आँखामा समस्या आउन सक्छ । सबैभन्दा पहिला आँखाको मेकअप गर्दा लाइट सेट लगाई परेलामाथिको भागमा स्मुथ मिडियम सेडो लगाउनुपर्छ । अन्त्यमा डार्क सेडो लगाउनु राम्रो मानिन्छ । बिहानको लागि मेकअप गर्दा आइस्याडो हल्का पिंक राम्रो मानिन्छ । आइलाइनरचाहिँ कालोभन्दा हल्का ब्राउन रंगको लगाउँदा लुक्स राम्रो देखिन्छ ।

यसै गरी दिउँसोका लागि हो भने पिंक आइस्याडो लगाउँदा राम्रो देखिन्छ । त्यसपछि डार्क मजेन्ट र पिंक सेड लगाउनुपर्छ । आइस्याडो लगाइसकेपछि दिउँसोका लागि खैरो आइलाइनर लगाउनु राम्रो हुन्छ । साँझपखका लागि हो भने आँखामा पिच, ब्राउन आइस्याडो लगाएर हाइलाइट गर्दा बढी सुन्दर देखिन्छ । परेलामाथिको भागमा कालो आइलाइनर र तल्लो भागमा ब्राउन आइलाइनर लगाउँदा साँझमा निकै आकर्षक देखिन्छ । यदि परेला सानो छ भने मस्करा लगाएर बाक्लो र ठँलो देखाउन पनि सकिन्छ । वाटरप्रुफ मस्करा पुछ्न आई मेकअप रिमुभरको प्रयोग गर्नु उचित हुन्छ । परेला ठँलो देखाउन नक्कली आइलेसेज पनि बजारमा पाइन्छ । यसको प्रयोग
गर्न पनि सकिन्छ ।

स्किनमा सनस्क्रिनको प्रयोग

काँक्रो, गाजर, मँला, फलफँल, बन्दा, सागको सेवन बढाउँदा सुन्दरतामा वृद्धि हुन्छ । सकेसम्म पेयपदार्थ बढी मात्रामा सेवन गर्नु स्किनका लागि राम्रो मानिन्छ । त्यसैले समय–समयमा पानी पिउनु स्वास्थ्य र सुन्दरता दुवैका लागि हितकर हुन्छ । भुटेको खानेकुरामा सकेसम्म परहेज गर्नु नै उत्तम हुन्छ । यस्ता खानेकुराले पाचनसम्बन्धी समस्या आउन सक्छ र सौन्दर्यमा समेत नकारात्मक असर निम्त्याउन सक्छ ।

अनुहार सुख्खा भए के गर्ने ?

यदि अनुहारको स्किन सुक्खा छ भने स्क्रब आवश्यक हुन्छ । तर बुझ्नुपर्ने कुरा के छ भने अनुहारमा स्क्रब गरिसकेपछि म्वाइस्चराइजर लगाउन बिर्सनुहुँदैन । यसले स्किन मुलायम राख्छ । मेकअप गरेको अनुहार बेलुका साबुन–पानीले धुनुभन्दा क्लिन्जिङ गर्नु उपयुक्त मानिन्छ । क्लिन्जिङ गरिसकेपछि अनुहारमा चिसो पानी छ्याप्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्