जन – अदालत



डा. खनालको उत्तर पाउँदा खुशी
मैले साधनामार्फत डा. हरिहर खनाललाई पठाएको प्रश्नको उत्तर साधनामा पढ्न पाउँदा धेरै खुशी लाग्यो । मैले महिनावारीसम्बन्धी समस्याबारे प्रश्न सोधेको थिएँ । डा. साबले भनेबमोजिम एकपटक काठमाडौं आएर स्त्रीरोग विशेषज्ञलाई देखाउनेछु ।
– मीना, नुवाकोट

वेबसाइटमा साधनाको “स” पनि भेटिएन
साधनाको म नियमित पाठक हुँ । गत फागुनमा प्रकाशित साधना किनेर पढें । पवित्रा आचार्यले लेखेको ‘विवाहअघि नै गर्भ बोक्दै फाल्दै’ भन्ने लेख पढ्दा डर लागेर आयो । उहाँको यो लेखले अभिभावकलाई अवश्य सचेत गराउनेछ । यसमा प्रकाशित अन्य लेख–रचना पनि कम छैनन् । तर साधनामा उल्लेख भएको वेबसाइट खोलेर हेर्दा साधनाको स पनि भेटिएन, लेख–रचनाको त कुरै छोडौं । यदि वेबसाइटमा साधनाका लेख–रचनाहरु नराख्ने हो भने साधनामा वेबसाइट एड्रेस धधध।लभधकयालभउब।िअयm राख्नुको औचित्य नै के रह्यो र ?

– पवी श्रेष्ठ, बालकुमारी, ललितपुर
(साधनाको वेबसाइट डिजाइन भइरहेको छ । डिजाइन तयारी भएपछि साधनामा प्रकाशित लेख–रचनाहरु वेबसाइटमा राखिनेछ । –व्यवस्थापक )
जौको परिकार सेवन गर्न सल्लाह
साधनामा प्रकाशित हरेक विषयवस्तु मलाई निकै सान्दर्भिक लाग्छ । डा. जया प्रधानद्वारा लिखित जौको सेवनसम्बन्धी आर्टिकल हामी सबैका लागि उपयोगी छ । केही मात्रामा भए पनि दैनिक जौको परिकार सेवन गर्न सबैलाई अनुरोध गर्दछु । जीवन्त ब्लड बैंकसम्बन्धी लेख उत्तिकै महत्वपूर्ण छ । पिसाब चुहिने समस्या र उपचारबारे लेखिदिनुभएकोमा डा. अरुणा उप्रेतीलाई धेरै धन्यवाद ।
– अञ्जना सिलवाल, बागबजार, काठमाडौं

स्वास्थ्यसम्बन्धी रोचक कुरा थपियोस्
पहिले–पहिलेका साधनामा रोचक कुराहरु धेरै पढ्न पाइन्थ्यो । अहिले यस्ता कुरालाई कम स्थान दिने गरेको पाइएको छ । गत फागुनमा प्रकाशित ‘महात्माले दिएको भष्मले प्यारालाइसिस चट्टै’ भन्ने शीर्षकको रोचक इतिहास निकै रोचक लाग्यो । अघिल्लो दिनसम्म मुढोझैँ ओछ्यानमा भएका रुद्रशमशेर भोलिपल्ट एक्कासी उठेर सिंहदरबार पुग्दा कसलाई अचम्म लाग्दैन र ? महात्माले दिएको भष्मले कसरी ठीक भयो ? अचम्मै छ । साधनाका आगामी अंकहरुमा यस्तै रोचक प्रस्तुतिहरु थप गरियोस् ।
– विजयकुमार गुरुङ, न्युरोड, पोखरा

प्रतिक्रिया दिनुहोस्