विवाहअघि नै विकराल समस्या गर्भ बोक्दै फाल्दै



पवित्रा आचार्य
सी ता चालिसे (नाम परिवर्तन) काठमाडौंको एक विद्यालयमा कक्षा १० मा पढ्दै छिन् । साधना हेल्थका लागि रिपोर्टिङका क्रममा १६ वर्षीया सीतालाई डल्लुको एउटा औषधि पसलमा भेट भयो । उनी सो पसलमा गर्भपतनका लागि औषधि लिन आएकी थिइन् । अविवाहित उनले आफ्नो प्रेमीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहन गएको बताउँदै ‘अनवान्टेड किट’ औषधि लिएर त्यहाँबाट निस्किइन् ।

सीता मात्र होइन, काठमाडौंका विभिन्न क्लिनिकमा दिनहुँजसो स्कुल÷कलेजका किशोरीहरु असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन् । सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन, सीताजस्ता अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएको छ । अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरु छन् ।

औषधि किनेर खानेमा प्रायः छात्रा
जनस्वास्थ्य कार्यालय, काठमाडौंको आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकअनुसार यस वर्ष १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए । जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या २४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा मात्रै झन्डै ४५ को हाराहारीमा कानुनी अधिकार प्राप्त गर्भपतन गराउने संस्था रहेका छन् । साथै देशभरका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन गराउने व्यवस्था पनि छ । तर अविवाहित युवतीहरु सामाजिक भयका कारण आफ्नो पहिचान लुकाउन त्यस्ता स्वास्थ्य संस्थामा नगई औषधि पसलमा सोझै गर्भपतन गराउने औषधि किन्न पुग्छन् ।
कम्पनीअनुसार कम्तीमा ३ सयदेखि बढीमा ५ सय ५० रुपियाँसम्मको गर्भपतन गराउने औषधिलाई १ हजारदेखि २५ सय रुपियाँसम्म तिरेर किन्ने गरेको पाइन्छ । औषधि किनेपछि प्रायः छात्राले आफूखुशी प्रयोग गर्ने गरेका छन् । त्यो पनि एकपटक होइन, स्कुल÷कलेज पढ्ने १४ वर्षदेखि १८ वर्षसम्म उमेरका छात्राहरुले बारम्बार यस्ता औषधिको प्रयोग गरी गर्भपतन गराउने गरेको पाइन्छ । तर यी कुरा बाहिर आउँदैनन् । यद्यपि परिवारले समेत थाहा पाउन सक्दैनन् । एकादुई मिल्ने साथीमा भने थाहा हुने सम्भावना रहन्छ ।

क्षणिक मज्जा लिँदा जटिल समस्या
सुरक्षित प्रसूति सेवा निःशुल्करुपमा देशको ७५ जिल्लामा विस्तार गरेको कुरा आ।व। २०७३÷२०७४ को बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ । देशभर खुलेका कानुनबमोजिम सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेका छन् । तर पनि अविवाहित किशोरीहरु गोपनीयताका लागि आफूखुशी अवैध किसिमले गर्भपतन गराइरहेका छन् ।

अपरिपक्व अवस्थाका कीशोरीहरु क्षणिक मज्जातिर लाग्नाले गर्भवती हुन पुग्छन् । जब उनीहरु गर्भवती हुन्छन् तब गर्भपतनबाहेक उनीहरुका लागि विकल्प नरहने काठमाडौं जनस्वास्थ्य कार्यलय, टेकुका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले पाठेघरको क्यान्सर बढ्दै गएको छ । बढ्दो असुरक्षित गर्भपतन त्यसको कारण हुनसक्ने अनुमान गर्न सकिन्छ । अधिकृत बिजुक्छेका अनुसार सन् २०१५ मा मातृमृत्युदर १८५ थियो । सन् २०१६ मा सो संख्या १३४ मा झार्ने सरकारको लक्ष्य थियो तर यनएसएचको सर्वेक्षणले सन् २०१६ मा मातृमृत्युको संख्या २३९ पुगेको देखाएको छ । यसबाट अहिले मातृ मृत्युको रेसियो एकदमै बढी भएको पुष्टि हुन्छ । यही अनुपातले बढ्दै गयो भने भोलि ठूलो समस्या आउन सक्ने उहाँको कथन छ । यस्तै हो भने सरकारले चाहेको मातृ मृत्युदर घटाउने लक्ष्य पूरा हुनसक्ने सम्भावना देखिँदैन ।

विवाहका लागि २० वर्ष भनेको २० वर्षको उमेरपूर्व शारीरिक सम्पर्क राख्न हुन्न भन्न खोजेको हो । तर समय धेरै अघि बढिसकेको छ । अहिले यौनसम्बन्धलाई सहजरुपमा लिने गरिएको छ । यसलाई मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन क्षमतामा ह्रास आउने खतरा बढेको अधिकृत बिजुक्छे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘किशोरीलाई यौनशिक्षाको ज्ञान नभएकाले स्कुलस्तरमै सुरक्षित मातृत्वसम्बन्धमा शिक्षा दिन अति आवश्यक छ ।’

राजधानीमा मात्रै नभएर विकट पहाडी क्षेत्रमा पनि असुरक्षित गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या उत्तिकै छ । बागलुङ हेल्थपोस्टमा मासिक २० देखि ३० जना गर्भपतन गराउन आउँछन् । तीमध्ये अधिकांश किशोरी हुने गरेको बागलुङ हेल्थपोस्टका इन्चार्ज लक्ष्मण ढकाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अझ अचम्म त अविवाहित किशोरीको संख्या आधाभन्दा धेरै हुने गरेको छ ।’ यसरी गर्भपतन गराउनेमा धेरैजसो किशोरीहरु हुनुमा प्रेम नै मुख्य भएको ढकालको भनाइ छ । ‘अहिले हावासरि फैलिएको प्रेम अनि अपरिपक्व निर्णयले किशोरीहरुमा भयावह स्थिति सृजना गरेको छ । यसबाट प्रत्यक्षरुपमा किशोरीहरु प्रभावित बनेका छन्’, ढकाल बताउनुहुन्छ ।

गर्भपतन महिलाको स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषय हो । यस विषयसँग व्यक्तिको आदर्श, सामाजिक दर्शन, धार्मिक मान्यता एवं नैतिक विषयहरु जोडिएका हुन्छन् । यसको प्रत्यक्ष सम्बन्ध नागरिकको वैयक्तिक अधिकार र राज्यको दायित्वसँंग पनि रहेको छ । अहिले कुनै पनि व्यक्तिको गोप्यताको स्वेच्छाचारी हस्तक्षेप नगरिने कुरा मानवअधिकारको रुपमा स्थापित भएको छ । कानुनका ठेलीहरुमा जे–जस्ता कुरा लेखिए पनि धनी–गरिब, शिक्षित–अशिक्षित सबै महिलाहरु सामाजिक लोकलाज एवं प्रतिष्ठामा आँच आउन नदिन तथा आफ्नो स्वास्थ्य रक्षाका लागि अनिच्छित गर्भको पतन गराउँछन् । अशिक्षाका कारण अझै पनि गाउँघरमा महिलाहरु धामी, झाँक्री, सुँढेनीको पछि लागेर कृत्रिम तरिकाले गर्भपतन गराइरहेका हुन्छन् ।

गर्भपतन सामान्य र स्वाभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्छ । गर्भपतनले किशोरीहरुको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पु¥याउने हुनाले यसलाई अस्थायी साधनको रुपमा लिनुहुँदैन । पटक–पटक गर्भपतन गराउँदा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने, पाठेघरको क्यान्सर हुने, पाठेघर काम नलाग्ने हुने, प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्ने हुन्छ । गर्भपतनका लागि खाइने औषधिले त महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पछि बच्चा नरहन सक्ने, पाठेघरमा घाउ हुने र सो घाउ बढेर क्यान्सर भई मृत्युसम्म हुनसक्ने ढकाल बताउनुहुन्छ । त्यसैले जोसुकैले पनि पहिलो गर्भपतन नगराउन उहाँ सुझाव दिनुहुन्छ ।

गर्भ रहेपछिको व्यावहारिक समस्या
हिजाआज असुरक्षित यौनसम्पर्क र गर्भपतनलाई किशोर–किशोरीले सामान्यरुपमा लिने गर्छन् । यसको दीर्घकालीन असरबारे सोच्दैनन् अनि पछि पछुताउनुको विकल्प नरहने कानुनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक० की अधिवक्ता अञ्जना न्यौपाने बताउनुहुन्छ । उहाँ आफूले हेरिरहेको एउटा केस सुनाउँदै भन्नुहुन्छ– ‘भूकम्प आउँदा टहरामा बसेकी १६ वर्षकी केटीको एउटा १९ वर्षको प्रहरीसँग प्रेम भएछ । प्रहरी राति सधैँ त्यो टहरामा आएको देखेर उसलाई अन्यत्र सरुवा गरियो । पछि थाहा भयो कि ती युवती गर्भवती भइसकेकी रहिछन् । प्रहरीसम्म पुग्दा उसले म पाल्न सक्दिनँ भन्यो । अनि समस्या परेन त रु तर हामीले यस्ता समस्या लिएर आउनेहरुलाई व्यावहारिक एवं कानुनी सहयोग गरिरहेका छौं ।’

उनका अनुसार त्यस्तै अर्को १४ वर्षको केटाले १४ वर्षकै केटीसँग बिहे गरी दुवैजना भागेछन् । पछि केटीकी आमाले बिहे गरिहाल्यौ अब घरमै आएर बस भनेपछि दुवै जना आएर सँगै बसे । अहिले उनीहरुको विवाह भएको २ वर्ष भयो भने दुवैको उमेर बल्ल १६ वर्ष भयो । उनीहरुको एउटा बच्चा पनि छ । केटाले मदिरापान गरी श्रीमती र सासूलाई समेत कुट्ने गरेको छ । त्यसैले श्रीमतीले अहिले सम्बन्ध विच्छेद गर्न खोजेकी छिन् । तर उमेर नै नपुगी विवाह भएकाले सम्बन्ध विच्छेदका लागि अदालतले निवेदन नै लिनसम्म मानेको छैन । यस्ता समस्या धेरै हुने गरेको र समाधानको बाटो पहिल्याइदिने गरेको न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘सहयोगका लागि अन्तिम थलो हौं हामी, कनुनी जटिलताहरु पनि हुन्छन् तर पनि अरु कुनै अप्सन नरहे बल्ल कानुनी बाटो रोज्ने हो ।’

अभिभावकले निगरानी गर्नै पर्छ
अभिभावकको निगरानीबाट टाढा रहनु नै असुरक्षित गर्भपतन गराउनुपर्नाको प्रमुख कारण हो । रश्मी शर्मा ९नाम परिवर्तन० हाल १७ वर्षकी भइन् । उनको घर झापा भए पनि पढ्नका लागि उनी काठमाडौं आइन् । उनी हाल काठमाडौंको एक कलेजमा बी।ए। पहिलो वर्षमा अध्ययनरत छिन् । शर्मा आफू बस्ने घरका ५८ वर्षीय घरबेटीसँग पे्रममा परिन् । उनी आफैं साथीसँग भन्ने गर्छिन्– ‘मैले धेरै पटक धेरैसँग शारीरिक सम्पर्क राखिसकें ।’ उनले हालको प्रेमी घरबेटीलाई चिनाउँदै भनिन्– ‘सुड्डोले नमानेर एकपटक गर्भपतन गर्न औषधि ल्याइदिएको थियो, त्यो खाएर गर्भपतन पनि गरें ।’

रश्मी एउटा उदाहरण हुन् । काठमाडौं पढ्न भनी बाहिरबाट आउने धेरै किशोर–किशोरीको बसाइ लिभिङ टुगेदर हुने गरेको छ । उनीहरु चोखा छन् भन्ने के आधार रु यस विषयमा सरकारको ध्यान जानु अति नै आवश्यक भइसकेको छ । नत्र भोलिका दिनमा यसले सामाजिक विकृतिको रुप लिनुका साथै प्रजनन दरमा ह्रास आउनेछ । साथै मातृमृत्यु दर बढ्नेछ । पाठेघरको क्यान्सर हुनेहरुको संख्या पनि बढ्नेछ । त्यतिखेर पछुताउनुभन्दा अहिलेदेखि नै विवाहपूर्वको गर्भपतनलाई नियन्त्रण गर्नु जरुरी छ । अभिभावकले पनि आफ्ना छोराछोरीको निगरानी बढाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्