मानसिक स्वास्थ्यमा योग



डा. क्षितिज बराकोटी
योग तथा प्रावृmतिक चिकित्सक
ने पालमा मानसिक स्वास्थ्यसम्बन्धी त्यति धेरै अनुसन्धान भएका छैनन् । सन् २०१२ मा गरिएको अध्ययनमा ३ लाख नेपाली गम्भीर मानसिक रोगबाट पीडित छन् तर ४० देखि ६० लाख नागरिक कुनै न कुनै सामान्य वा अस्थायी मनोरोगबाट ग्रस्त छन् । अहिले त यो क्रम झन् बढ्दो हुन सक्छ । मानसिक समस्याको यस उथलपुथल अवस्थाहरुलाई सही ढंगले व्यवस्थापन गर्न योगलाई पनि मनोचिकित्साका साथमा जोड्नु आवश्यक छ । योग कुनै धर्म, जाति, सम्प्रदाय आदिको लागि बनेको होइन, समग्र मानवजातिको लागि बनेको हो । समग्र स्वास्थ्यका लागि यसका अनेकौं सकारात्मक पक्षहरु छन् । मनका लागि त यो एक महाव्यवस्थापकीय विधि हो । लामो समयदेखि समाजमा व्यावहारिक बन्दै योगको परम्परा जीवित भएको छ । योगको वैज्ञानिक दृष्टिकोण भएकै कारणले यो कालान्तरसम्म टिकिराखेको हो र लोकप्रिय भैराखेको हो ।

मस्तिष्कका तरंगहरुमा योगको प्रभाव
मस्तिष्कमा ५ प्रकारका तरंगहरु उत्पन्न हुन्छन् । यी तरंगहरु मस्तिष्कमा रहेका न्यूरोनहरुको विद्युतीय संवेग वा संकेतहरु हुन् । योगाभ्यासले यी तरंगहरुमा विशेष परिवर्तन ल्याउन सक्छ, जुन योगको चित्तवृत्ति नियन्त्रणको प्रमाण हो । यी तरंगहरुलाई ई।ई।जी। बाट परीक्षण गर्न सकिन्छ । डेल्टा वेभ ९४ हर्जभन्दा कम० गहिरो सपनाविहीन निद्राको अवस्था हो, जसमा कुनै विचारहरु आउँदैनन् । योगाभ्यासमा ध्यानको सूक्ष्म एवं गहिरो अवस्था र विचार शून्यको अवस्थामा यस अवस्थामा पुग्न सकिन्छ । थिटा वेभ ९४ देखि ८ हर्जसम्म० सपनायुक्त निद्रा, कम चेतना, सामान्य निदाएको अवस्थामा देखिन्छ । अल्फा वेभ ९९ देखि १३ हर्जसम्म० मानसिक तथा शारीरिक आरामको अवस्था, जागृतावस्था हो । बिटा वेभले ९१४ देखि ३० हर्जसम्म० सामान्य, चेतनावस्था वा सजगावस्थालाई जनाउँछ । यसरी नै अर्को तरंग गामा वेभ ९३० भन्दा माथि १४० हर्जसम्म० रहेको छ, जुन मनको सक्रिय अवस्था, तीव्र सोचविचारहरु आएको वा दिमाग खियाएर काम गरेको अवस्थालाई जनाउँछ । योगले चित्तको मूढ, क्षिप्त, विक्षिप्त, एकाग्र र निरुद्ध अवस्थालाई विभाजित गरेको छ । जति–जति योगाभ्यासले मनलाई वशमा राख्दै जान्छ, मन स्वच्छ भई विचारहरु घट्दै जान्छन् तब ब्रेन वेभहरु पनि कम हुँदै जाने देखिएको छ । डेल्टा वेभलाई एकाग्र अवस्था मानिए सो भन्दा न्यून विन्दुमा पुगे समाधिको अवस्था पुग्न सकिएला । योगाभ्यासले मनलाई कम विचार बनाउनु र सकारात्मकतातिर लैजानु तथा परिआएका बखत सक्रियताका साथ सन्तुलित दिमागको प्रयोग गराउनु नै स्वस्थ मनको परिचायक हो । फ्रायडले मनलाई चेतन, अवचेतन र अचेतन मनको व्याख्या गरेका छन् । योगले मनलाई चेतनभन्दा पनि माथिल्लो महाचेतनको अवस्थामा लैजान सक्छ ।

स्नायुविक रसायनको स्रावमा योगको प्रभाव
न्यूरोट्रान्समिटरहरुमा प्रभाव: योगको नियमित अभ्यासले विभिन्न मस्तिष्कभित्रको स्नायुविक रसायनहरु ९(रोट्रान्समिटर) हरुको स्तरमा सकारात्मक परिवर्तन हुने देखिएको छ । यस्ता नशा–रसायन हाम्रो शरीरका विभिन्न क्रियाकलाप तथा मनोव्यवहारहरुसँग पनि सम्बन्धित हुन्छन् र तिनका कारणले विभिन्न मानसिक समस्या हुन्छन् । न्युरोट्रान्समिटरहरु अनेक छन् । तिनको कमी–कमजोरी र वृद्धि वा असन्तुलित अवस्थाले विभिन्न शारीरिक एवं मानसिक रोगहरु लाग्छन् । कुनैले मन शान्त र आनन्दित बनाउने गर्छ भने कुनैले मनमा अशान्ति, छटपटी, अनिद्रा, चिन्ता आदि बढाउने हुन्छ । कुनै हर्मोनले दोहोरो भूमिका निभाउँछ । योगको अभ्यासले मनमा खुशी, आनन्द र तनाव बढाउने, दुखाइ कम गर्ने आदि न्यूरोकेमिकलहरु जस्तै– सेरोटोनिन, इन्डोर्फिन, गामा अमिनोब्युटिरिक एसिड, डोपामाइन लगायतलाई बढाएर मानसिक स्वास्थ्यलाभ प्रदान गर्छ । यसरी नै केही नकारात्मक न्यूरोट्रान्समिटरहरु जस्तै– नरइपिनेफ्रिन, इपिनेफ्रिन, ग्लुटामेट आदिको उत्पादनले मानसिक समस्या झन् बढाउँछ तर योगाभ्यासले ती रसायनहरुलाई पनि सन्तुलित स्राव कायम गराउन मद्दत गरेको देखिन्छ । केजाएर र अन्य ९२००२० को पेट स्क्यानिङ विधि प्रयोग गरी अध्ययन भयो, जसअनुसार योगविधि योगनिद्राको अभ्यासले डोपामाइनको स्रावमा ६५ प्रतिशत वृद्धि देखायो । त्यस्तै स्ट्रीटर र अन्य ९२००७० को अनुसन्धानअनुसार गरिएको एकघन्टे योगाभ्यासले मस्तिष्कको न्यून न्ब्द्यब् का कारणले डिप्रेसन र चिन्तालाई बढाएको थियो । त्यसको स्तरवृद्धि गर्दा समस्या घटाएको पाइयो ।

योगको अन्तस्रावी प्रणाली, हर्मोनको स्रावमा पार्ने प्रभाव र मनोस्वास्थ्य
मानसिक स्वास्थ्यको लागि अन्तस्रावी ग्रन्थिहरुबाट निस्कने हर्मोनहरुको पनि ठूलो भूमिका हुन्छ । एड्रिनल ग्रन्थिबाट स्राव हुने कर्टिसोल धेरै लाभदायक भए पनि असन्तुलितरुपमा निस्केमा यस हर्मोनलाई तनावकारक हर्मोनका रुपमा लिइन्छ । थिर्थाल्ली र अन्य ९२०१३० को अध्ययनअनुसार योगले कर्टिसोलको स्तर घटाई हाइपोथेलामसको तहमा काम गरेर तनावरोधी भूमिका निर्वाह गर्दछ । यसरी नै कातुरी र अन्य ९२०१६० को शोधले नियमित योगाभ्यासबाट कर्टिसोलको स्तर कम गर्ने र स्वास्थ्यलाभ गर्न सकिने देखाएको छ । यसरी नै थाइराइड ग्रन्थि र यसबाट स्राव हुने हर्मोनको कमी वा बढी भएमा त्यसबाट पनि मानसिक समस्या हुने हुन्छ । जस्तै– कम भएमा डिप्रेसन, जाँगर हराउने, निरुत्साहित हुने तथा बढी भएमा त्यसबाट चिन्ता, चिडचिडाहड, पसिना, थकान आदि मनोशारीरिक लक्षणहरु हुन्छन् । यसै सन्दर्भमा भवनानी, सञ्जय र मदनमोहन ९२०१२० को शोधअनुसार हाइपोथाइरायडिज्मका लागि योग प्रभावकारी माध्यम देखिन्छ ।

मनोगुणहरु, मानसिक भलाइ, जीवनको गुणात्मकता आदिमा योगले पार्ने प्रभाव
योगले मानिसमा तमो÷जोगुणहरुलाई न्यून गरी सद्गुण र सकारात्मकताको विकास गर्छ अनि मानिसको जीवनलाई गुणात्मकतातिर लैजान्छ । यसबाट मानसिक स्वास्थ्यमा पनि विकास हुन्छ । वंशल, गुप्ता, अग्रवाल र शर्मा ९२०१३० ले छोटो अवधिको योगलाई एम।बी।बी।एस।का विद्यार्थीमाथि प्रयोग गरिएको शोधमा मानसिक भलाइमा वृद्धि भएको निष्कर्ष निकालिएको थियो । यसरी नै क्रामर र अन्य ९२०१७० मा गरेको अध्ययनमा स्वास्थ्यसम्बन्धी जीवनको गुणात्मकता बढाउने र मानसिक स्वास्थ्यका समस्याहरु अनिद्रा, थकान, चिन्ता, डिप्रेसन आदि घटाउन योगले सहयोग गर्न सक्ने निष्कर्ष निकालिएको छ ।

योग एक मनोव्यवस्थापन विधि
समग्र स्वास्थ्यका चार पक्षहरु छन्– शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य । यी समग्र पक्षहरुका लागि योग मात्र एक यस्तो विधि हो जसलाई सबैमा उच्च किसिमले उपयोग गर्न सकिन्छ । यी सबै प्रकारका स्वास्थ्यहरु एक–आपसमा परनिर्भर रहेका हुँदा सबैलाई उत्तिकै प्राथमिकता दिनु जरुरी छ । हामी मानसिक स्वास्थ्यको क्षेत्रमा योगको उपयोगिताबारे मात्र चर्चा गर्छौं ।

मनोप्रतिरक्षात्मक योग ः योगले मनलाई बलियो, एकाग्र, सजग र सन्तुलनमा राख्ने हुँदा उसमा धैर्यता, क्षमाशील आदि गुणहरुको विकास हुन्छ । उसले व्यवहारहरुलाई परिस्थिति र समयानुकूल बनाउन सक्छ । यसबाट उसको मनस्थिति ठीक हुन्छ र मन बलवान् हुन्छ । उसलाई योगले सहज मानसिकता र सकारात्मकतातिर लैजाने हुँदा मनोरोगहरु लाग्नै पाउँदैनन् ।

मनोचिकित्सात्मक योग ः मानसिक रोगहरु असंख्य छन् । योग एक साइकोथेरापी हो । विश्व मनोवैज्ञानिक सम्मेलनबाट यसलाई पूर्वीय मनोचिकित्साको रुपमा सहस्र स्वीकार गरिएको छ । यसबाट अनेक मानसिक समस्याको उपचार हुन्छ र सयौं योगविधिहरुबाट मानसिक बिरामीमा अनेक सकारात्मक परिवर्तनहरु गराउन सकिन्छ ।

मनोप्रवद्र्धनात्मक योग ः कमजोर मन भएका व्यक्तिहरुको मनोबल जगाउने, उत्साहित गराउने, जीवनमा उसलाई सकारात्मक हुन सिकाउने, परिस्थितिप्रति सजग हुन र जीवनका मूल्य मान्यताहरुलाई सार्थक बनाउने, व्यक्तित्व विकास गराउनेजस्ता अनेक मनोक्षमता बढाउने कार्य योगले गर्दछ ।

मनोपुनस्र्थापनात्मक योग ः कतिपय मनोरोगहरु ठीक नहुने खालका हुन्छन् । त्यस्ता समस्याबाट पीडितहरुलाई समाजमा बाँच्न सजिलो बनाउन र जीवनमा आशावादी हुन सिकाउनको लागि योग उपयोगी छ ।

मानसिक रोगहरुमा योगाभ्यासको प्रयोग
योगले अनेक मानसिक समस्यालाई ठीक पार्छ र सही ढंगले व्यवस्थापन गर्छ भन्ने कुरा योगका प्राचीन वाङ्मयहरुमा उल्लेख छ र यसलाई आधुनिक विज्ञानले पनि स्वीकारेको छ । विभिन्न अनुसन्धानले यी कुरालाई पुष्टि गर्दछन् । यसै क्रममा छावरा र भट ९२००४० ले योगक्रियाहरु र डिप्रेसन, गुप्ता तथा अन्य ९२००६० ले यौगिक जीवनशैली र चिन्ता, अर्पिता ९२००७० ले हठयोगको शारीरिक तथा मनोवैज्ञानिक प्रभावजस्ता कुराहरुमा शोध गरे, जसबाट योगको पक्षमा सकारात्मक नतिजा आयो । यसरी नै शर्मा, गुप्ता र बिजलानी ९२००८० ले यौगिक जीवनशैलीको प्रभावका बारेमा अध्ययन गरेर निष्कर्ष निकाले कि योगको प्रयोग गरी मानसिक तथा मनोशारीरिक रोगहरुको उपचार गर्दा लाभ प्राप्त भई मानसिक स्वास्थ्य समुन्नत हुनुका साथै जीवन राम्रो हुन्छ । एलिसन र थोमस ९२०१०० ले योग र व्यायामको तुलनात्मक अध्ययन गरेका थिए, जसमा उनी तुलनात्मकरुपमा योग बढी प्रभावकारी छ र मुटुरोग, रक्तशर्करा, लिपिड प्रोफाइलको असामान्यपन, कर्टिसोलको स्तर आदिमा सन्तुलन ल्याउने र स्वस्थ–अस्वस्थ व्यक्तिहरुमा थकान, दुखाइ, अनिद्रा आदि कम गर्न सहयोग गर्छ भन्ने निष्कर्षमा पुगे । यसै क्रममा तेजवानी, मेत्री, अग्रवाल र नागेन्द्रले गरेको अध्ययन ९२०१६० मा चिन्ता, डिप्रेसन र आत्मसम्मानका बारेमा २ हप्ते योगको प्रयोग गरिएको शोधमा चिन्ता डिप्रेसन धेरै नै घटेको र आत्मसम्मानमा राम्ररी वृद्धि भएको पाइयो । यसै गरी म आफैंले नेपालमा सशस्त्र प्रहरीहरुमाथि गरिएको अनुसन्धान ९बराकोटी, २०१७० ले पनि निकै छोटो अवधिको ३ र ७ दिने योगबाट समेत डिप्रेसन, चिन्ता र तनावमा धेरै नै कम गर्ने देखिएको मैले पाएँ ।

योग र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा अनगिन्ती अनुसन्धानहरु भएका छन् । यसबाट प्रमाणित हुन्छ कि योग सकारात्मक मानसिक स्वास्थ्यको विकासमा उपयोगी हुनुको साथै अनेक मनोरोगहरुको उपचारमा निकै सहयोगी बन्न सक्छ ।

चुनौती र समाधान
विश्वले, खासगरी विकसित र पाश्चात्य मुलुकहरुले आत्मिक, शारीरिक र मनोस्वास्थ्यको दृष्टिकोणबाट एक महत्वपूर्ण माध्यमको रुपमा योगलाई ग्रहण गर्दै आइरहेको छ । तर हामी यसप्रति जागरुक हुन सकेका छैनौं । यसो हुनुका पछाडि योग हाम्रा सरकारी एजेन्डामा पर्न नसक्नु हो । मानसिक स्वास्थ्य केवल औषधि र मनोवैज्ञानिक परामर्शले मात्र सबल हुने होइन । हाम्रा मूल्यमान्यता, सदाचार, सदगुणहरुको विकासलाई पहिलो प्राथमिकता दिनु जरुरी छ । योगलाई हरेक चिकित्सा पद्धतिका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा मानसिक स्वास्थ्यका उपचारहरुमा एकसाथ प्रयोग गराइनुपर्दछ । मानसिक स्वास्थ्यको पहिलो उपचारमा योग, योगले मात्र सम्भव नभएमा औषधोपचारका साथमा योगलाई एकीकृतरुपमा लैजान सक्नुपर्छ । हरेक सरकारी तथा गैरसरकारी ठूला संस्थाहरुमा र हरेक वडाहरुमा तनाव तथा अन्य मनोसमस्या व्यवस्थापनका लागि योग हल, योग प्रशिक्षक वा मनोपचारमा दक्ष योगविज्ञको व्यवस्था गर्नु जरुरी छ । योगको दक्षता, जागरुकता, प्राथमिकता र योगलाई जुन देशले जन्मायो त्यहाँबाट झन् माथि उठाउनुपर्छ, उपेक्षित हुनुहुँदैन ।

योगलाई आमनेपालीको मनोशारीरिक फिट्नेस तथा सामाजिक तथा आत्मिक स्वास्थ्यको माध्यम बनाउन सके स्वास्थ्य क्षेत्र निकै माथि उठ्ने निश्चित छ । यसको विकास र व्यवस्थाका लागि सबैले गम्भीर चिन्तन गर्नु जरुरी छ । यो समयको माग हो ।

९राष्ट्रिय योग दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रको सम्पादित अंश०

प्रतिक्रिया दिनुहोस्