जीवन्त ब्लड बैंक शरीरमै रगत भण्डारण



सुरेशमान बिजुक्छे 
पूर्व प्रयोगशाला प्रविधिक अधिकृत
कु नै बेला दुर्घटनामा परेको मान्छेले आफ्ना सबै अंग तन्दुरुस्त भए पनि रगत बगेकै कारण ज्यान गुमाउनुपथ्र्यो । पछि बिस्तारै अर्काको रगत दिएर त्यस्ता व्यक्तिलाई बचाउन सकिने प्रविधिको विकास भयो । तर यसका लागि रक्तदाताको रगत निकालेर त्यसको सबै परीक्षण गरी आधुनिक उपकरणयुक्त स्थानमा भण्डारण गरिएको हुनुपर्छ । रगतका पाकेट रक्तकोषिका नमर्ने गरी भनेको समयमा जहाँ पनि पु¥याउन उत्तिकै कठिन छ । तर अहिले जमाना कहाँको कहाँ पुग्यो । अब रगतका पाकेट बोकेर दौडनुपर्ने अवस्थाको अन्त्य हुने संकेतहरु देखिएका छन् । रक्तदाताको शरीरलाई नै ब्लड बैंकको रुपमा लिएर ‘जीवन्त ब्लड बैंक’को अवधारण अघि सारिएको छ ।

सन् १९३७ मा कुक काउन्टी अस्पतालमा ब्लड बैंक स्थापना भई अहिलेसम्म आइपुग्दा रक्तसञ्चार विज्ञानको विकासले धेरै फड्को मारिसकेको छ । अत्यन्त जटिल शारीरिक अवयवको रुपमा रहेको रगतबाट आज विभिन्न रोगहरुको प्रकृतिअनुसार विभिन्न रक्ततत्वहरु छुट्याएर बिरामीलाई सञ्चार गरी उपचार गर्न सम्भव भएको छ । तथापि आज पनि रक्तसञ्चारको विशाल अंशचाहिँ होल ब्लड  (whole Blood) अर्थात् रक्तदाताबाट जस्तो रक्त संकलन गरिएको हो त्यसमा कुनै थप–घट नगरी त्यही रगत बिरामीलाई सञ्चार गरिनु नै हो । तर अब जीवन्त ब्लड बैंकको अवधारणा आइसकेको छ । जीवन्त ब्लड बैंकको स्थापना गरेर विद्यमान ब्लड बैंकको भन्दा धेरै फाइदा लिन सकिन्छ ।
अन्य ब्लड बैंकमा जस्तो जीवन्त ब्लड बैंकमा मानिसबाट रगत निकालेर लामो समय प्याकेटमा राखिरहने होइन, चाहिएको बेलामा मानिस नै आएर रगत दिने हुँदा यसका धेरै फाइदा छन् । त्यसैले पनि यसलाई जीवन्त ब्लड बैंक भनिएको हो ।
के हो जीवन्त ब्लड बैंक ?
रगत भण्डारणका लागि कु
नै पाकेट आवश्यकता नपर्ने, जो दाता हो उसकै शरीरमा भण्डारण गरिने प्रक्रिया नै जीवन्त ब्लड बैंक हो । तर सक्तसमूह लगायत सम्पूर्ण परीक्षण पहिले नै भइसक्नुपर्छ र चाहिएको अवस्थामा स्वयं रक्तदाता उपस्थित भएर बिरामीलाई रगत दिनुपर्छ । जीवन्त रक्त बैंक सघन पूर्वाधारविना पनि स्थापना गर्न सकिन्छ ।

यसको अर्को विशेषता यो हो कि यस्तो रक्त बैंकमा कुनै भौतिक संरचना आवश्यक पर्दैन । अर्थात् यो अभौतिक हुने हुनाले छुट्टै भवन वा स्थानको आवश्यकता पनि पर्दैन । यस रक्त बैंकबाट होल ब्लड लगायत तीन थरीका रक्ततत्वहरु पनि सञ्चार गर्न सकिने सुविधा उपलब्ध हुँदा यसको महत्वमा कमी आउँदैन । रगत निकालेर धेरै दिन पाकेटमा राखिरहनु नपर्ने भएकाले यसलाई जीवन्त
ब्लड बैंक भनिएको हो ।
जीवन्त ब्लड बैंकको सञ्चालन कसरी ?
जीवन्त ब्लड बैंकको विधि र यसको प्राविधिक पक्षमा विश्लेषण गरौं, जसले गर्दा बिजुली र सडकको सुविधासमेत नभएका स्थानमा पनि रक्तसञ्चार सेवा विस्तार गरी बिरामीको जीवन जोगाउन सकियोस् । जीवन्त ब्लड बैंकको अस्तित्व प्राविधिक पक्षमै निहित रहेको हुन्छ । यसमा कुनै त्रुुटि भएर नमिल्ने रगत सञ्चार हुन गएमा बिरामीको तत्कालै मृत्यु पनि हुन सक्छ । एकातिर यो पक्ष जति बढी संवेदनशील छ, अर्कोतिर यसको व्यवस्थापन गर्न सरल र साधारण छ । सघन संवेदनशीलताका बाबजुद अस्पताल वा स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला प्राविधिक वा चिकित्सक, नर्स अथवा यससँग सम्बन्धित जो–कोहीलाई यथास्थानमै छोटो तालिम दिई उद्देश्य पूरा गर्न सक्षम तुल्याउन सम्भव हुन्छ । यसो गर्दा सीमित स्रोत–साधनमा सञ्चालित केन्द्रहरु थप भारबाट पनि मुक्त रहन्छन् ।

यस प्रकृतिको ब्लड बैंक स्थापना गर्न सर्वप्रथम रक्तदान कार्यक्रम आयोजना गर्न आवश्यक हुन्छ । तर यो कुरा बुझ्नुपर्छ कि तत्काल त्यहीँ रक्तदान गर्ने होइन । त्यस कार्यक्रममा रक्तदाताको स्वास्थ्य जाँच, रक्तदान सहमतिपत्रमा हस्ताक्षरलगायत अन्य रक्तदान कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण औपचारिक कार्यहरुसहित रक्तदाताहरुको रक्तसमूह ९ब्लडग्रुप० परीक्षण पनि सम्पन्न गर्नुपर्ने हुन्छ । पछि आवश्यक परेको अवस्थामा सम्बन्धित स्वास्थ्य केन्द्रमा नै रक्तदाता बोलाएर रक्तदान गराउन सकिने यसको प्रमुख विशेषता हो । यो कुरा सहमतिपत्रमा उल्लेख गरी रक्तदातालाई हस्ताक्षर गराउनुपर्छ ।

यसरी रक्तसमूहसहितको क्रमानुसारको रक्तदाताको नामावली र रक्तदान सहमतिपत्रले नै जीवन्त ब्लड बंैकको स्वरुप धारण गर्दछ । अर्को शब्दमा भन्दा जुन व्यक्तिहरु रक्तदानका लागि योग्य हुन्छन्, ती सबै आफैंमा स्वतः एक जीवन्त रक्त बैंक पनि हुन् ।

रक्तदाताको रगतमा रगतबाट सर्ने रोगहरु भए÷नभएको बारे जाँच गर्न रक्तसमूह जाँचको लागि नमुना रगत संकलन गर्दाखेरि नै स्क्रिनिङ परीक्षणको लागि पनि नमुना संकलन गर्नुपर्छ । यसरी नमुना संकलन गरेपछि सुविधायुक्त प्रयोगशालामा परीक्षण गर्न पठाई रिपोर्टको श्रेस्ता दुरुस्त राख्नुपर्ने हुन्छ । अथवा सम्बन्धित स्वास्थ्य केन्द्रमै रक्तदानको समयमा स्पट विधिबाट वा दोहो¥याएर पनि गर्न सकिन्छ । स्पट विधि अति नै सरल विधि हो, जुनबाट रोगका कीटाणु रक्तदाताको रगतमा नभएको एकिन गर्न सकिन्छ । तर यस्ता कीटाणु रहेको संकेत देखिएमा भने सही वा गलत भन्ने एकिन गर्न सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । कथंकदाचित त्यस्तो संकेट देखिएमा अर्को दाता झिकाएर रक्तसंचार सम्पादन गर्न सकिन्छ । तर रक्तदाताको रगतमा कीटाणु देखिने अनुपात ज्यादै न्यून हुने हुँदा यस विषयमा धेरै उल्लेख गरिरहनुपरेन । साथै एक तथ्य यो पनि छ कि विश्वस्तरीय सम्पूर्ण सुविधा सम्पन्न प्रयोगशालाबाट नै पनि निरपेक्ष सुरक्षा सम्भव हुन्छ भन्न सकिँदैन, तसर्थ अत्यन्त न्यून असुरक्षाले उपचार र जीवन रक्षाजस्ता उपलब्धिहरुका सामु केही अर्थ राख्दैन । सारमा परिवेशमुताबिक स्क्रिनिङ परीक्षणको उपयुक्त विकल्पको छनोटसम्बन्धी ब्लड बैंक आफैंले निर्धारण गर्नुपर्ने हुन्छ ।

यदाकदा देखिने रक्तसञ्चार प्रतिक्रियाको व्यवस्थापनको लागि आवश्यक औषधिको भने पहिल्यै व्यवस्था गरिनुपर्छ । सडक र बिजुलीको पनि सुविधा उपलब्ध नभएका स्थानका लागि सह–जीवन्त रक्त बैंकको रुपमा रक्त बैंक पदयात्रा ९ब्लड बैंक एक्स्पिडिसन० नाम दिएर पनि यसको स्थापना गर्न सकिन्छ । जहाँ मनतातो पानीमा ९३७० सेन्टिग्रेड० बरोबर तातो पानी थपेर आधा घन्टासम्म उही तापक्रम स्थिर राखिराख्नको लागि तातो पानीको व्यवस्था गर्नुपर्ने एउटा थप सामान्य बन्दोबस्त गर्नुपर्ने हुन्छ । यस पदयात्री रक्त बैंकलाई स्थायी रुप दिन स्थानीय उत्साहित र जिम्मेवार व्यक्तिहरु ९स्टेक होल्डर०
सक्रिय हुने नै छन् ।

यी प्रकृतिको रक्त बैंकले आकस्मिक जीवनरक्षा र सामान्य रक्तसञ्चार प्रविधिलाई व्यावहारिकरुपमा कुन तहसम्म पुगेर व्यवस्थापन गरी सेवा प्रदान गर्न सकिन्छ भन्ने प्रस्ट संकेत गर्दछ । जसको सम्पादन संलग्न प्राविधिक सेवाकर्मीहरुको विवेक, पेसाप्रतिको समर्पण र व्यावसायिकतामा निर्भर गर्दछ ।
ब्लड बैंकको शुरुवात 
सन् १९०१ मा भियना, अस्ट्रियाका कार्ल लैन्ड स्टिनरले रक्तसमूह पत्ता लगाए । यसका लागि उनलाई सन् १९३० मा नोबेल पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सन् १९१४ मा रगत भण्डारण गर्न सकिने तथ्य पत्ता लाग्यो । सन् १९२१ मा सर्वप्रथम समूहमा स्वयंसेवक रक्तदान कार्यक्रम आयोजना गरियो ।

त्यसपछि एकमुष्ट रगत संकलन गर्न थालिएको हो । सन् १९३७ मा ब्लड बैंक नाम दिएर व्यवस्थापकीय अवधारणाको विकास गर्नेचाहिँ हंगेरियन अमेरिकी बर्नाड फ्यान्टस हुन् । सर्वप्रथम अमेरिकास्थित सिकागोको कुक काउन्टी अस्पतालमा ब्लड बैंक स्थापना भई ब्लड बैंक प्रणालीको प्रसार भएको हो ।
सावधानी 
जीवन्त रक्त बैंक स्थापना गर्नुपूर्व केही सावधानी अपनाउनुपर्ने हुन्छ । सानो आकारको समाजमा बिरामी र रक्तदाताको एक–आपसमा पहिचान हुने सम्भावना प्रबल रहने सन्दर्भमा त्यसले सधैँभरि सकारात्मक नतिजा मात्र नदिन पनि सक्छ । अतः यस परिवेशमा ती दुवैलाई छुट्टाछुट्टै रक्तदानको आदर्शका बारेमा बताएर सम्भाव्य नकारात्मकताबाट बच्ने उपाय गर्न सकिन्छ । रक्तदाता छनोट गर्दा पारिवारिक सदस्य छनोट गर्ने, सो नभएमा सकभर बिरामीसित भौतिक, सामाजिक र मनोवैज्ञानिकरुपले बढी नजिक भएका दाता छनोट गर्नेलगायत सामाजिक परिवेश र रीतिथिति आदिबारे पनि व्यावहारिकरुपमा सम्बोधन गर्न सकियो भने यसले नकारात्मक पक्ष न्यून पार्न सघाउने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्