जीवन्त ब्लड बैंकका फाइदा 



अन्य ब्लड बैंकमा जस्तो जीवन्त ब्लड बैंकमा मानिसबाट रगत निकालेर लामो समय प्याकेटमा राखिरहने होइन, चाहिएको बेलामा मानिस नै आएर रगत दिने हुँदा यसका धेरै फाइदा छन् । त्यसैले पनि यसलाई जीवन्त ब्लड बैंक भनिएको हो । सरलताका साथ स्थापना गर्न सकिने जीवन्त रक्त बंैकका मुख्य लाभहरु निम्नानुसार छन् ।
  • आकस्मिक र सामान्य रक्तसञ्चार सेवा प्रदान गर्दछ ।
  • मझौला खालका सुविधा उपलब्ध भएका क्षेत्रहरुमा पनि शल्यक्रिया सेवा शुरु गर्न सम्भव तुल्याउन सक्छ । 
  • यसबाट सञ्चार गरिने रगत स्वतः ताजा हुन्छ । 
  • तीन थरीकै रगत उपलब्ध गराउँछ । 
  • स्वास्थ्य संस्थाको आर्थिक स्थिति मजबुत बनाउन मद्दत गर्दछ । 
  • अन्य रक्त बैंकहरुले पनि जीवन्त रक्त बैंकका विधि उपयोग गरी रक्तसञ्चारको व्यवस्थापन र सेवा अझ बढी सुदृढ एवं प्रभावकारी बनाउन सक्छन् । 
  • ताजा र दुर्लभ रगत व्यवस्थापनमा यसले गहन योगदान गर्दछ । 
  • विकसित समाजका साना रक्त बैंकहरुलाई जीवन्त रक्त बैंकमा परिणत गरी सबै अनावश्यक लागतहरु बचाउन सकिन्छ । 
  • जीवन्त रक्त बैंकहरुबाट बेलाबखत रक्तदान कार्यक्रमहरु सञ्चालन गर्न सकिने हुँदा एकातिर यसले मुलुकमै रगतको अभाव हटाउन मद्दत गर्दछ भने अर्कोतिर समाजमा जागरुकता फैलाउन मद्दत गर्दछ । 
  • यस प्रकृतिको रक्त बैंक स्थापनापश्चात् केन्द्रीय रक्तदान उत्प्रेषण कार्यक्रमको खासै आवश्यकता रहँदैन । रक्त आपूर्तिको दायरा स्वतः विशाल बन्छ । यो पनि गहन लाभ हो । 
  • समाजमा सद्भाव फैलाउन मद्दत गर्दछ । 

कुनै बेला दुर्घटनामा परेको मान्छेले आफ्ना सबै अंग तन्दुरुस्त भए पनि रगत बगेकै कारण ज्यान गुमाउनुपथ्र्यो । पछि बिस्तारै अर्काको रगत दिएर त्यस्ता व्यक्तिलाई बचाउन सकिने प्रविधिको विकास भयो । तर यसका लागि रक्तदाताको रगत निकालेर त्यसको सबै परीक्षण गरी आधुनिक उपकरणयुक्त स्थानमा भण्डारण गरिएको हुनुपर्छ । रगतका पाकेट रक्तकोषिका नमर्ने गरी भनेको समयमा जहाँ पनि पु¥याउन उत्तिकै कठिन छ । तर अहिले जमाना कहाँको कहाँ पुग्यो । अब रगतका पाकेट बोकेर दौडनुपर्ने अवस्थाको अन्त्य हुने संकेतहरु देखिएका छन् । रक्तदाताको शरीरलाई नै ब्लड बैंकको रुपमा लिएर ‘जीवन्त ब्लड बैंक’को अवधारण अघि सारिएको छ ।

सन् १९३७ मा कुक काउन्टी अस्पतालमा ब्लड बैंक स्थापना भई अहिलेसम्म आइपुग्दा रक्तसञ्चार विज्ञानको विकासले धेरै फड्को मारिसकेको छ । अत्यन्त जटिल शारीरिक अवयवको रुपमा रहेको रगतबाट आज विभिन्न रोगहरुको प्रकृतिअनुसार विभिन्न रक्ततत्वहरु छुट्याएर बिरामीलाई सञ्चार गरी उपचार गर्न सम्भव भएको छ । तथापि आज पनि रक्तसञ्चारको विशाल अंशचाहिँ होल ब्लड  (Whole Blood) अर्थात् रक्तदाताबाट जस्तो रक्त संकलन गरिएको हो त्यसमा कुनै थप–घट नगरी त्यही रगत बिरामीलाई सञ्चार गरिनु नै हो । तर अब जीवन्त ब्लड बैंकको अवधारणा आइसकेको छ । जीवन्त ब्लड बैंकको स्थापना गरेर विद्यमान ब्लड बैंकको भन्दा धेरै फाइदा लिन सकिन्छ ।
के हो जीवन्त ब्लड बैंक ? 
रगत भण्डारणका लागि कुनै पाकेट आवश्यकता नपर्ने, जो दाता हो उसकै शरीरमा भण्डारण गरिने प्रक्रिया नै जीवन्त ब्लड बैंक हो । तर सक्तसमूह लगायत सम्पूर्ण परीक्षण पहिले नै भइसक्नुपर्छ र चाहिएको अवस्थामा स्वयं रक्तदाता उपस्थित भएर बिरामीलाई रगत दिनुपर्छ । जीवन्त रक्त बैंक सघन पूर्वाधारविना पनि स्थापना गर्न सकिन्छ ।
यसको अर्को विशेषता यो हो कि यस्तो रक्त बैंकमा कुनै भौतिक संरचना आवश्यक पर्दैन । अर्थात् यो अभौतिक हुने हुनाले छुट्टै भवन वा स्थानको आवश्यकता पनि पर्दैन । यस रक्त बैंकबाट होल ब्लड लगायत तीन थरीका रक्ततत्वहरु पनि सञ्चार गर्न सकिने सुविधा उपलब्ध हुँदा यसको महत्वमा कमी आउँदैन । रगत निकालेर धेरै दिन पाकेटमा राखिरहनु नपर्ने भएकाले यसलाई जीवन्त
ब्लड बैंक भनिएको हो ।
जीवन्त ब्लड बैंकको सञ्चालन कसरी ?

जीवन्त ब्लड बैंकको विधि र यसको प्राविधिक पक्षमा विश्लेषण गरौं, जसले गर्दा बिजुली र सडकको सुविधासमेत नभएका स्थानमा पनि रक्तसञ्चार सेवा विस्तार गरी बिरामीको जीवन जोगाउन सकियोस् । जीवन्त ब्लड बैंकको अस्तित्व प्राविधिक पक्षमै निहित रहेको हुन्छ । यसमा कुनै त्रुुटि भएर नमिल्ने रगत सञ्चार हुन गएमा बिरामीको तत्कालै मृत्यु पनि हुन सक्छ । एकातिर यो पक्ष जति बढी संवेदनशील छ, अर्कोतिर यसको व्यवस्थापन गर्न सरल र साधारण छ । सघन संवेदनशीलताका बाबजुद अस्पताल वा स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला प्राविधिक वा चिकित्सक, नर्स अथवा यससँग सम्बन्धित जो–कोहीलाई यथास्थानमै छोटो तालिम दिई उद्देश्य पूरा गर्न सक्षम तुल्याउन सम्भव हुन्छ । यसो गर्दा सीमित स्रोत–साधनमा सञ्चालित केन्द्रहरु थप भारबाट पनि मुक्त रहन्छन् ।

यस प्रकृतिको ब्लड बैंक स्थापना गर्न सर्वप्रथम रक्तदान कार्यक्रम आयोजना गर्न आवश्यक हुन्छ । तर यो कुरा बुझ्नुपर्छ कि तत्काल त्यहीँ रक्तदान गर्ने होइन । त्यस कार्यक्रममा रक्तदाताको स्वास्थ्य जाँच, रक्तदान सहमतिपत्रमा हस्ताक्षरलगायत अन्य रक्तदान कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण औपचारिक कार्यहरुसहित रक्तदाताहरुको रक्तसमूह ९ब्लडग्रुप० परीक्षण पनि सम्पन्न गर्नुपर्ने हुन्छ । पछि आवश्यक परेको अवस्थामा सम्बन्धित स्वास्थ्य केन्द्रमा नै रक्तदाता बोलाएर रक्तदान गराउन सकिने यसको प्रमुख विशेषता हो । यो कुरा सहमतिपत्रमा उल्लेख गरी रक्तदातालाई हस्ताक्षर गराउनुपर्छ ।

यसरी रक्तसमूहसहितको क्रमानुसारको रक्तदाताको नामावली र रक्तदान सहमतिपत्रले नै जीवन्त ब्लड बंैकको स्वरुप धारण गर्दछ । अर्को शब्दमा भन्दा जुन व्यक्तिहरु रक्तदानका लागि योग्य हुन्छन्, ती सबै आफैंमा स्वतः एक जीवन्त रक्त बैंक पनि हुन् ।

रक्तदाताको रगतमा रगतबाट सर्ने रोगहरु भए/नभएको बारे जाँच गर्न रक्तसमूह जाँचको लागि नमुना रगत संकलन गर्दाखेरि नै स्क्रिनिङ परीक्षणको लागि पनि नमुना संकलन गर्नुपर्छ । यसरी नमुना संकलन गरेपछि सुविधायुक्त प्रयोगशालामा परीक्षण गर्न पठाई रिपोर्टको श्रेस्ता दुरुस्त राख्नुपर्ने हुन्छ । अथवा सम्बन्धित स्वास्थ्य केन्द्रमै रक्तदानको समयमा स्पट विधिबाट वा दोहो¥याएर पनि गर्न सकिन्छ । स्पट विधि अति नै सरल विधि हो, जुनबाट रोगका कीटाणु रक्तदाताको रगतमा नभएको एकिन गर्न सकिन्छ । तर यस्ता कीटाणु रहेको संकेत देखिएमा भने सही वा गलत भन्ने एकिन गर्न सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । कथंकदाचित त्यस्तो संकेट देखिएमा अर्को दाता झिकाएर रक्तसंचार सम्पादन गर्न सकिन्छ । तर रक्तदाताको रगतमा कीटाणु देखिने अनुपात ज्यादै न्यून हुने हुँदा यस विषयमा धेरै उल्लेख गरिरहनुपरेन । साथै एक तथ्य यो पनि छ कि विश्वस्तरीय सम्पूर्ण सुविधा सम्पन्न प्रयोगशालाबाट नै पनि निरपेक्ष सुरक्षा सम्भव हुन्छ भन्न सकिँदैन, तसर्थ अत्यन्त न्यून असुरक्षाले उपचार र जीवन रक्षाजस्ता उपलब्धिहरुका सामु केही अर्थ राख्दैन । सारमा परिवेशमुताबिक स्क्रिनिङ परीक्षणको उपयुक्त विकल्पको छनोटसम्बन्धी ब्लड बैंक आफैंले निर्धारण गर्नुपर्ने हुन्छ ।
यदाकदा देखिने रक्तसञ्चार प्रतिक्रियाको व्यवस्थापनको लागि आवश्यक औषधिको भने पहिल्यै व्यवस्था गरिनुपर्छ । सडक र बिजुलीको पनि सुविधा उपलब्ध नभएका स्थानका लागि सह–जीवन्त रक्त बैंकको रुपमा रक्त बैंक पदयात्रा (ब्लड बैंक एक्स्पिडिसन) नाम दिएर पनि यसको स्थापना गर्न सकिन्छ । जहाँ मनतातो पानीमा ९३७० सेन्टिग्रेड० बरोबर तातो पानी थपेर आधा घन्टासम्म उही तापक्रम स्थिर राखिराख्नको लागि तातो पानीको व्यवस्था गर्नुपर्ने एउटा थप सामान्य बन्दोबस्त गर्नुपर्ने हुन्छ । यस पदयात्री रक्त बैंकलाई स्थायी रुप दिन स्थानीय उत्साहित र जिम्मेवार व्यक्तिहरु ९स्टेक होल्डर०

सक्रिय हुने नै छन् ।

यी प्रकृतिको रक्त बैंकले आकस्मिक जीवनरक्षा र सामान्य रक्तसञ्चार प्रविधिलाई व्यावहारिकरुपमा कुन तहसम्म पुगेर व्यवस्थापन गरी सेवा प्रदान गर्न सकिन्छ भन्ने प्रस्ट संकेत गर्दछ । जसको सम्पादन संलग्न प्राविधिक सेवाकर्मीहरुको विवेक, पेसाप्रतिको समर्पण र व्यावसायिकतामा निर्भर गर्दछ ।
प्रतिक्रिया दिनुहोस्