
डा. जया प्रधान
जौ अन्न समूहमा पर्ने एक प्रकारको खाद्यान्न हो । यसको आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक तथा पौष्टिक महत्व छ । परापूर्वकालैदेखि नै जौको प्रयोग पूजा–अर्चनामा विशुद्ध पूजा सामग्रीको रुपमा गरिँदै आएको छ । नेपालीको महान् चाड दशैंमा जमरा राख्न यही जौको प्रयोग गरिन्छ । यसै गरी वैशाखमा पर्ने अक्षय तृतीयाको दिन जौको सातु बनाएर सर्बतसँग खाने÷खुवाउने चलन छ । यस्ता चलन त्यसै शुरु भएका होइनन् । हरेक दृष्टिकोणले जौको सेवनले विभिन्न रोगबाट बचाउने र स्वास्थ्यप्रद भएर नै यसको महत्व बढेको हो ।
पौष्टिक दृष्टिकोणले जौको विशेष महत्व रहेको छ। यसको सेवनबाट शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । अन्य अन्नजस्तै जौमा पाइने पौष्टिक तत्वहरु यसको विभिन्न भागमा छरिएर रहेको हुन्छ । जौको गेडामा होस् या टुसा निस्केको कलिलो पातबाट पौष्टिक तत्वहरु– कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । यो फाइबरको उत्तम स्रोतको रुपमा लिइन्छ । यसमा घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि अझ बढी महत्व रहेको छ । भर्खर टुसा पलाएको कलिलो पातबाट प्राप्त भिटामिन, खनिज पदार्थ तथा प्रोटिनको पाचन, शोषण र उपयोग शरीरमा सजिलैसँगै हुन्छ ।

पोटासियम, क्याल्सियम, म्याग्नेसियम, लौहतत्व, तामा, फोस्फोरस, जिंक, बिटा क्यारोटिन, भिटामिन बी १, बी २, बी ६, सी, फोलिक एसिडजस्ता खजिन पदार्थ तथा भिटामिनको उत्तम स्रोत मानिन्छ जौ । पौष्टिक दृष्टिकोणले हेर्ने हो भने जौमा गाईको दूघमा भन्दा ३० गुणा बढी क्याल्सियम पाइन्छ । यसै गरी पालुंगोमा भन्दा ५ गुणा बढी लौहतत्व र पुरै गहुँको पीठोमा भन्दा चार गुणा बढी भिटामिन बी १ पाइन्छ ।
अन्य हरियो सागसब्जीमा जस्तै यसमा पनि प्रशस्त क्लोरोफिल पाइने हुनाले आन्द्रामा विषाक्त पदार्थ हटाउन मद्दत पु¥याउँछ । यसै गरी पशुजन्य स्रोतबाट मात्र प्राप्त हुने अति आवश्यक एमिनो एसिडमध्ये ८ प्रकारका एमिनो एसिड यही जौबाट प्राप्त गर्न सकिन्छ । विशेषतः जौको कलिलो पात स्तरीय गुणको हुने भएकाले शरीरमा अम्लीयपनलाई सन्तुलित राख्न मद्दत पु¥याउँछ ।
यस प्रकारका पौष्टिकताको भण्डार रहेको जौको उपभागेले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुनाले भोजनमा यसको समावेशलाई प्राथमिकता दिनुपर्दछ । एकातिर चामल गहुँ, मकैजस्ता खाद्यान्नको अभावको परिपूर्ति जौबाट गर्न सकिन्छ भने अर्कोतिर पौष्टिक गुणका कारण, वर्तमान समयमा देखिएको कतिपय पोषणसम्बन्धी स्वास्थ्य समस्याहरु व्यवस्थापन गर्न मद्दत पु¥याउँछ । तर जौमा ग्लुटेन नामको तत्व हुने भएकाले यसको एलर्जी भएका व्यक्ति तथा ऋभतष्बअ बिरामीका लागि भने यो उपयुक्त हुँदैन ।
जौको सेवनबाट हुने स्वास्थ्यलाभ
- विशेष गरी जौको कलिलो जमरामा प्रशस्त फाइबर हुने भएकाले ठूलो आन्द्रामा रहेको स्वस्थकर जीवाणुको कार्यमा सहयोग पु¥याई शरीरलाई विषाक्त हुनबाट बचाउँछ । जसले गर्दा दिसा खलास पारी आन्द्राको क्यान्सर हुनबाट बचाउन सकिन्छ ।
- हाड खिइने समस्या अस्टियोपोरोसिस हुनबाट पनि बचाउँछ । जौको कलिलो पात÷घाँसबाट तयार गरिएको जूस क्याल्सियम, फोस्फोरस, तामाको राम्रो स्रोत भएको हुनाले हाड स्वस्थ राख्नमा मद्दत पु¥याउँछ ।
- यसमा घुलनशील फाइबरको साथै अघुलनशील फाइबर पनि प्रशस्त हुने भएकाले कोलेस्टेरोलको परिमाण घटाउन मद्दत पु¥याउँछ । यसै गरी फाइबरमा रहेको बिटा ग्लुक्यान घुलनशील फाइबरले रगतमा ग्लुकोज शोषण कम गर्दछ, जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पु¥याउँछ ।
- जौबाट प्राप्त हुने पौष्टिक तत्वले रोग–प्रतिरोधात्मक शक्ति बढाउनुको साथै यसमा भएको सेलेनियम तत्वले चाँडो बुढ्यौली हुनबाट पनि बचाउँछ अर्थात् छालाको लचकता ठीक राख्न मद्दत पु¥याउँछ ।
- यसमा भएको अघुलनशील फाइबरका कारणले गर्दा पित्तासयबाट पित्त निस्कनमा नियन्त्रण गर्दछ, जसले गर्दा पित्तासयको पत्थरी तथा ट्राइग्लिसिराइडको परिमाण घटाउँछ ।
- एकातिर यसमा प्रशस्त फाइबर पाइन्छ भने अर्कोतिर पोटासियम, फोलेट, भिटामिन बी ६ को कारणले गर्दा कालेस्टेरोले बढ्न पाउँदैन । यसले गर्दा मुटुसम्बन्धी समस्यालाई पनि कम गर्न मद्दत पु¥याउँछ ।
- यो फाइबरको राम्रो स्रोत भएकाले यसको सेवनले एकातिर क्यालोरी नियन्त्रण गर्न मद्दत पु¥याउँछ भने अर्कोतिर बढी फाइबर भएको खानाले पेटभरिजस्तो हुने र खानाको रुचिमा नियन्त्रण गर्ने हुँदा शरीरको तौल ठीक राख्न पनि टेवा पुग्छ ।
आवश्यक एमिनो एसिडको परिमाण
एमिनो एसिड परिमाण (ग्राम)
अर्जिनाइन ०.३
हिस्टिडिन ०.१८
लाइसिन ०.२३
ट्रिप्टोफान ०.१०
फेनिल ऐलेनिन ०.३१
टाइरोसिन ०.१८
मेथियोनिन ०.१०
सिस्टिन ०.१०
थ्रियोनिन ०.२०
ल्युसिन ०.४२
आइसोल्युसिन ०.२४
वैलिन ०.३१
जौमा पाइने पौष्टिक तत्व
पौष्टिक तत्व (१०० ग्राम) परिमाण
प्रोटिन ११.५ ग्राम
चिल्लो पदार्थ १.३ ग्राम
खनिज तत्व १.२ ग्राम
फाइबर ३.९ ग्राम
कार्बोहाइड्रेट ६९.६ ग्राम
क्यालोरी ३३६ कि.क्या.
क्याल्सियम २६ मि. ग्राम
फोस्फोरस २१५ मि. ग्राम
फलाम ३ मि. ग्राम
क्यारोटिन १० माइक्रो ग्राम
नायसिन ५.४ मि ग्राम