च्याउ र पालुङ्गो हालेको जौको पुलाउ



जौ अन्न समूहमा पर्ने एक प्रकारको खाद्यान्न हो । यसको आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक तथा पौष्टिक महत्व छ । परापूर्वकालैदेखि नै जौको प्रयोग पूजा–अर्चनामा विशुद्ध पूजा सामग्रीको रुपमा गरिँदै आएको छ । नेपालीको महान् चाड दशैंमा जमरा राख्न यही जौको प्रयोग गरिन्छ । यसै गरी वैशाखमा पर्ने अक्षय तृतीयाको दिन जौको सातु बनाएर सर्बतसँग खाने÷खुवाउने चलन छ । यस्ता चलन त्यसै शुरु भएका होइनन् । हरेक दृष्टिकोणले जौको सेवनले विभिन्न रोगबाट बचाउने र स्वास्थ्यप्रद भएर नै यसको महत्व बढेको हो ।

पौष्टिक दृष्टिकोणले जौको विशेष महत्व रहेको छ। यसको सेवनबाट शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । अन्य अन्नजस्तै जौमा पाइने पौष्टिक तत्वहरु यसको विभिन्न भागमा छरिएर रहेको हुन्छ । जौको गेडामा होस् या टुसा निस्केको कलिलो पातबाट पौष्टिक तत्वहरु– कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । यो फाइबरको उत्तम स्रोतको रुपमा लिइन्छ । यसमा घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि अझ बढी महत्व रहेको छ । भर्खर टुसा पलाएको कलिलो पातबाट प्राप्त भिटामिन, खनिज पदार्थ तथा प्रोटिनको पाचन, शोषण र उपयोग शरीरमा सजिलैसँगै हुन्छ ।

पोटासियम, क्याल्सियम, म्याग्नेसियम, लौहतत्व, तामा, फोस्फोरस, जिंक, बिटा क्यारोटिन, भिटामिन बी १, बी २,  बी ६, सी, फोलिक एसिडजस्ता खजिन पदार्थ तथा भिटामिनको उत्तम स्रोत मानिन्छ जौ । पौष्टिक दृष्टिकोणले हेर्ने हो भने जौमा गाईको दूघमा भन्दा ३० गुणा बढी क्याल्सियम पाइन्छ । यसै गरी पालुंगोमा भन्दा ५ गुणा बढी लौहतत्व र पुरै गहुँको पीठोमा भन्दा चार गुणा बढी भिटामिन बी १ पाइन्छ ।

अन्य हरियो सागसब्जीमा जस्तै यसमा पनि प्रशस्त क्लोरोफिल पाइने हुनाले आन्द्रामा विषाक्त पदार्थ हटाउन मद्दत पु¥याउँछ । यसै गरी पशुजन्य स्रोतबाट मात्र प्राप्त हुने अति आवश्यक एमिनो एसिडमध्ये ८ प्रकारका एमिनो एसिड यही जौबाट प्राप्त गर्न सकिन्छ । विशेषतः जौको कलिलो पात स्तरीय गुणको हुने भएकाले शरीरमा अम्लीयपनलाई सन्तुलित राख्न मद्दत पु¥याउँछ ।

यस प्रकारका पौष्टिकताको भण्डार रहेको जौको उपभागेले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुनाले भोजनमा यसको समावेशलाई प्राथमिकता दिनुपर्दछ । एकातिर चामल गहुँ, मकैजस्ता खाद्यान्नको अभावको परिपूर्ति जौबाट  गर्न सकिन्छ भने अर्कोतिर पौष्टिक गुणका कारण, वर्तमान समयमा देखिएको कतिपय पोषणसम्बन्धी स्वास्थ्य समस्याहरु व्यवस्थापन गर्न मद्दत पु¥याउँछ । तर जौमा ग्लुटेन नामको तत्व हुने भएकाले यसको एलर्जी भएका व्यक्ति तथा ऋभतष्बअ बिरामीका लागि भने यो उपयुक्त हुँदैन ।
जौको सेवनबाट हुने स्वास्थ्यलाभ 
  • विशेष गरी जौको कलिलो जमरामा प्रशस्त फाइबर हुने भएकाले ठूलो आन्द्रामा रहेको स्वस्थकर जीवाणुको कार्यमा सहयोग पु¥याई शरीरलाई विषाक्त हुनबाट बचाउँछ । जसले गर्दा दिसा खलास पारी आन्द्राको क्यान्सर हुनबाट बचाउन सकिन्छ । ल हाड खिइने समस्या अस्टियोपोरोसिस हुनबाट पनि बचाउँछ । जौको कलिलो पात÷घाँसबाट तयार गरिएको जूस क्याल्सियम, फोस्फोरस, तामाको राम्रो स्रोत भएको हुनाले हाड स्वस्थ राख्नमा मद्दत पु¥याउँछ ।
  • यसमा घुलनशील फाइबरको साथै अघुलनशील फाइबर पनि प्रशस्त हुने भएकाले कोलेस्टेरोलको परिमाण घटाउन मद्दत पु¥याउँछ । यसै गरी फाइबरमा रहेको बिटा ग्लुक्यान घुलनशील फाइबरले रगतमा ग्लुकोज शोषण कम गर्दछ, जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पु¥याउँछ ।
  • जौबाट प्राप्त हुने पौष्टिक तत्वले रोग–प्रतिरोधात्मक शक्ति बढाउनुको साथै यसमा भएको सेलेनियम तत्वले चाँडो  बुढ्यौली हुनबाट पनि बचाउँछ अर्थात् छालाको लचकता ठीक राख्न मद्दत पु¥याउँछ । 
  • यसमा भएको अघुलनशील फाइबरका कारणले गर्दा पित्तासयबाट पित्त निस्कनमा नियन्त्रण गर्दछ, जसले गर्दा पित्तासयको पत्थरी तथा ट्राइग्लिसिराइडको परिमाण घटाउँछ ।
  • एकातिर यसमा प्रशस्त फाइबर पाइन्छ भने अर्कोतिर पोटासियम, फोलेट, भिटामिन बी ६ को कारणले गर्दा कालेस्टेरोले बढ्न पाउँदैन । यसले गर्दा मुटुसम्बन्धी समस्यालाई पनि कम गर्न मद्दत पु¥याउँछ । 
  • यो फाइबरको राम्रो स्रोत भएकाले यसको सेवनले एकातिर क्यालोरी नियन्त्रण गर्न मद्दत पु¥याउँछ भने अर्कोतिर बढी फाइबर भएको खानाले पेटभरिजस्तो हुने र खानाको रुचिमा नियन्त्रण गर्ने हुँदा शरीरको तौल ठीक राख्न पनि टेवा पुग्छ ।
विधि:
  • सर्वप्रथम एउटा भाँडोमा सफा गरी पखालेको जौ हाली करिब साढे २ कप पानी हाल्नुपर्छ । त्यसपछि बिर्को लगाएर मधुरो आँतमा पकाउनुपर्छ । यसको पानी सुकेपछि आगोबाट हटाउनुपर्छ ।
  • अर्को प्यानमा तेल तातो पारी जीरा, ल्वाङ, इलायची हालेर फुराउनुपर्छ ।
  • उक्त फुराएको मसलामा मसिनो गरी काटेको प्याज, अदुवा, लसुनको पेस्ट हालेर हुलका फ्राइ गर्नुपर्छ ।
  • त्यसपछि यसमा काटेको च्याउ, पालुंगो हालेर ३ मिनेट जति मधुरो आँतमा फ्राइ गर्नुपर्छ । फ्राइ गरेको प्याजमा अगाडि पकाएको जौ, स्वादअनुसार नून हालेर हल्का चलाउनुपर्छ । त्यसपछि मनतातो पानी हालेर बिर्को लगाई पकाउनुपर्छ । जौको दाना नरम भएपछि आगोबाट हटाउनुपर्छ । चामलभन्दा जौ पकाउन बढी समय र पानी आवश्यक पर्छ ।
सामग्री
सफा गरेको जौको दाना                               १०० ग्राम
च्याउ (पातलो काटेको)                             १०० ग्राम
पालुंगो (ठिक्क टुक्रामा काटेको)                  १ कप
अदुवा (मसिनो गरी काटेको)                     १ टेबल चम्चा
लसुनको पेस्ट                                         १ चिया चम्चा
प्याज (मसिनो गरी काटेको)                     ५० ग्राम
जीरा                                                    १ चिया चम्चा
ल्वाङ                                                       ३ वटा
हरियो इलायची                                       ३ वटा
रिफाइन्ड तेल                                       डेढ टेबल चम्चा
नून                                                        स्वादअनुसार
प्रतिक्रिया दिनुहोस्