आन्द्राको अल्छीपना पेट दुखाइ मात्र हैन, ज्यानकै खतरा



भगवती तिमल्सिना
क तै तपाईंलाई पेट दुखेर ग्यास्ट्राइटिस भएको छ रु विनापरीक्षण र चिकित्सकको सल्लाहविना नै मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने बेलैमा होस पु¥याउनुस् है । अस्पताल जाँदा धेरै समय लाग्ने, धेरै खर्च हुने, डाक्टरलाई भेटेर विभिन्न परीक्षण गराउन झन्झटिलो हुने ठानेर अथवा स्वास्थ्य संस्था टाढा भएका कारण औषधि पसलेकै शरणमा पर्दै हुनुहुन्छ भने यो गल्ती पनि हुन सक्छ । रोग पहिचानपछि मात्र औषधिको प्रयोग गर्नुपर्नेमा रोगको पहिचान नै नभई तपाईं–हामीले खाँदै गरेको औषधि कतै विष त बन्दै छैन ?
आमनेपालीको स्वास्थ्य उपचारमा पहुँच नभएकै कारण रोग लाग्नासाथ तत्काल पुग्ने आशाको केन्द्र भनेकै औषधि पसल बन्दै गएको अवस्था छ । तर औषधि पसल सञ्चालकहरु पनि आफैं चिकित्सक बन्नुभन्दा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि मात्र दिने गरेमा बिरामीलाई औषधि खाएर अर्को रोग लाग्ने थिएन कि रु एकादुईबाहेक अधिकांश औषधि पसलेले एन्टिबायोटिकजस्ता कडा र गम्भीर प्रकृतिका औषधिसमेत सीधै बिक्री वितरण गर्दै आएको पाइन्छ । औषधि बिक्री वितरणलाई व्यावहारिक र व्यवस्थित गर्न अनुगमन एवं मूल्यांकनमा कडाइ गरिनुपर्ने देखिएको छ । यस विषयमा सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।
पेट दुख्ने र ग्यास्ट्राइटिस नहुने नेपाली विरलै होलान् । पेट दुख्ने समस्यासँगै पेट फुलेर वायु नै रोकिएको बिरामीको समयमा उपचार हुन नसके ज्यान नै जान सक्ने खतरा हुन्छ । विशेष गरी आन्द्राको अल्छीपनाले यस्तो समस्या निम्तिने काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एवं शिक्षण अस्पताल धुलिखेलका प्रसूति विशेषज्ञ डा। सुमनराज ताम्राकार बताउनुहुन्छ । उहाँका अनुसार कतिपय अवस्थामा आन्द्राको अल्छीपना ९प्यारालाइटिक आइलिएस० हुने वा आन्द्राले बिल्कुलै काम नगर्ने हुन्छ । आन्द्राको अल्छीपना हुनुका दुई कारण छन् । पहिलो कारणमा आन्द्रामै ट्युमर पलाई आन्द्रा बन्द हुनाले र दोस्रो कारणमा शल्यक्रियापछि शरीरलाई आवश्यक पर्ने लवण पदार्थको कमी भएर हुन्छ ।
पेट दुख्ने र ग्यास्ट्राइटिस नहुने नेपाली विरलै होलान् । पेट दुख्ने समस्यासँगै पेट फुलेर वायु नै रोकिएको बिरामीको समयमा उपचार हुन नसके ज्यान नै जान सक्ने खतरा हुन्छ । विशेष गरी आन्द्राको अल्छीपनाले यस्तो समस्या निम्तिन्छ । – डा। ताम्राकार
डा। ताम्राकार भन्नुहुन्छ– ‘खाद्यनलीमा संक्रमण भएमा, एपेन्डिक्स र इन्सुलिन उत्पादन गर्ने ग्रन्थि सुन्निएमा, आन्द्रालाई रगत प्रवाह गर्ने धमनीमा अवरोध आएमा, लठ्याउने औषधि बढी खाएमा पनि आन्द्राको अल्छीपना हुने समस्या हुन्छ ।’ विश्वभर यस्तो समस्या गर्भवती महिलाको बच्चा निकाल्दा गरिने शल्यक्रिया ९सिजेरियन० पछि २ देखि २४ प्रतिशत बिरामीमा हुने गरेको डा। ताम्राकार बताउनुहुन्छ । धुलिखेल अस्पतालका सर्जन डा। गकुल भट्ट अझ जटिल खालको शल्यक्रिया गर्दा एक तिहाइमा यो समस्या देखा पर्ने गरेको अनुभव सुनाउनुहुन्छ ।’ यस्ता बिरामीमा रगतको संक्रमणसमेत देखा पर्न सक्ने भएकाले समयमै समस्या पहिचान गरी उपचार गराउनुपर्ने सल्लाह उहाँको छ ।
आन्द्राको अल्छीपनाका लक्षणहरु 
प्रसूति विशेषज्ञ डा. ताम्राकारका अनुसार आन्द्राको अल्छीपना भएमा पेट डम्म फुल्ने, पेट दुख्ने, दिसा गोटा पर्ने, वाकवाकी लाग्ने, श्वास गन्हाउनेजस्ता लक्षणहरु देखिन्छन् । अझ समस्या जटिल बन्दै जाँदा माथिल्लो पेटमा ग्यास जम्मा भई असह्य हुने, पेटभित्र सुम्लो हिँडेभैmँ हुने, चिटचिट पसिना आउने, सास फेर्न गाह्रो हुने, रिँगटा लाग्ने, सीधा भएर उठ्न नसक्ने, रक्तचाप कम हुने आदि समस्या देखिने उहाँ बताउनुहुन्छ ।

यस्तो समस्यालाई परम्परागत भाषामा गानोगोला चलेको भनिन्छ । वायुको मुस्लो छातीमा पुगेर असह्य दुखाइ हुँदा बिरामीलाई निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा बिरामीलाई ढिला नगरी तत्काल आवश्यकताअनुसारको उपचार शुरु गर्नुपर्ने डा। ताम्राकारको सुझाव छ ।

उपचार कसरी ?
लक्षणलाई मात्र आधार मानेर हुँदैन, आन्द्राको अल्छीपन भएकै हो भन्ने एकिन गर्न अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे गरेर हेर्नुपर्छ । साथै एक्सरे, विभिन्न ल्याब परीक्षण पनि गर्नुपर्ने हुन्छ । समस्याको जटिलताअनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने वा नपर्ने कुरा पनि एकिन गर्नुपर्छ ।

डा। ताम्राकारका अनुसार यसरी पेट दुख्दा माथिल्लो पेट ९आमाशय०मा अम्ल उत्पादन हुन्छ । यस्ता बिरामीलाई नाकको प्वालबाट पेटसम्म एक किसिमको पाइप ९नेजो ग्यास्ट्रिक पाइप० राख्नुपर्ने हुन्छ । मुखबाट केही पनि खान दिनुहुँदैन । यस्तो अवस्थामा सलाइनका माध्यमबाट मानवशरीरका लागि आवश्यक तत्वहरु पूर्ति गर्नुपर्छ । उल्टी आए÷नआएको पनि विशेष निगरानी गर्नुपर्छ । उपचारको क्रममा पेटको आन्द्रालाई सक्रिय बनाई दिसा लगाउने औषधि दिनुपर्छ ।
समय–समयमा आन्द्राको चाल छ वा छैन भन्ने सुन्नुपर्छ । स्टेथेस्कोपको माध्यमबाट यस्तो चाल थाहा पाउन सकिन्छ । पेटमा भएको वायु तथा तरल पदार्थ निख्रिरहेको छ कि छैन, थाहा पाउन पेटको घेरा नापेर सुधार आए÷नआएको थाहा पाउनुपर्छ । जब पेटबाट वायु र दिसा बाहिरिन्छ, बिस्तारै बिरामीमा सुधार आउने डा। ताम्राकार बताउनुहुन्छ । जब बिरामीको पेटमा सुधार आउँछ, तब कालो चिया, झोलिलो खानेकुरा, दाल हुँदै जाउलोजस्तो नरम खानेकुरा अनि सामान्य खाना खुवाउने गरिन्छ ।
एकपटक एपेन्डिक्स, आमाशय, मलद्वार, जटिल खालको हर्नियाको समस्याको उपचार गराएका व्यक्तिमा यस्ता समस्या पटक–पटक दोहोरिन सक्ने विशेषज्ञहरुको भनाइ छ । डा। ताम्राकार भन्नुहुन्छ ‘ग्यास्ट्राइटिस बिग्रिएर र अल्सर भएर आमाशयमा प्वाल परेका अनि टाइफाइड बिग्रेर आन्द्रामा प्वाल परी पेटमा पीप जम्ने समस्या भएका बिरामीमा पनि यस्तो समस्या हुनसक्छ ।’
यस्ता बिरामीलाई गम्भीर खालका जटिलता आउन सक्छ, त्यसैले समयमै सम्बन्धित चिकित्सकसँग परामर्श लिई उपचार थालनी गरिहाल्नुपर्ने डा। ताम्राकारको सुझाव छ । उहाँ भन्नुहुन्छ– ‘यस्ता बिरामीलाई पेट डम्म फुल्ने र तारन्तार बान्ता भयो भने अप्रेसन गर्नुपर्ने हुन्छ । कलेजोभन्दा माथि, फोक्सोको ठीक मुनि रहने बाक्लो खालको मांसपेशी ९डायफ्राम० भन्दा मुनि ग्यास रहेको प्रमाण भेटिएमा तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुन्छ ।’

बारम्बार बान्ता हुने, सबै खानेकुरा मुखबाट बाहिर निस्कने, बिस्तारै पित्त बान्ता हुने, बान्तामा दिसासमेत आउने भयो भने समस्या जटिल अवस्थामा पुगेको सम्झनुपर्छ । यस्ता बिरामीलाई धामीझाँक्रीको भर परेर झारफुक गराउँदै राख्ने र अन्तिम अवस्थामा केही नलागेपछि मात्र स्वास्थ्य केन्द्रमा लैजाने देखिएको छ । यस्ता बिरामीलाई तुरुन्तै अस्पतालमा नलगेमा शरीरमा निकै जटिलता थपिन सक्छ । अन्तिम अवस्थामा अस्पताल पु¥याउँदा उपचार गर्दागर्दै बिरामीको स्वास्थ्य स्थितिमा नकारात्मक असर परी ज्यान जोगाउन नसकिने पनि हुनसक्छ । त्यसैले समयमै अस्पताल पु¥याउनुपर्छ ।
आफूखुशी औषधि खाँदा ज्यान खतरामा
– डा. सुमनराज ताम्राकार
प्रसूति एवं स्त्रीरोग विशेषज्ञ
पेट फुल्यो भनेर चिकित्सकको सल्लाहबेगर मेडिकलबाट औषधि खरिद गरी खाएमा कहिलेकाहीँ ज्यान नै जान सक्छ । त्यस्तै पेट नदुख्ने ट्रामाडोल वा ओपियड मिसिएको औषधि अधिक खाएमा पनि बिरामीको ज्यान खतरामा पर्न सक्छ । त्यसैले कसैले पनि सीधै मेडिकल गएर आफूखुशी औषधि खानुहुँदैन ।

त्यस्तै पेट दुखाइको समस्यामा फ्लेक्सन, ब्रुसेट, ब्रुफिनजस्ता दुखाइ कम गर्ने औषधिहरु खाँदा आन्द्रामा प्वाल पर्न सक्छ । यसले जटिलता निम्तिन सक्छ । औषधि सेवन गर्नुअगाडि राम्रोसँग स्वास्थ्य परीक्षण गरेर चिकित्सकको सल्लाह लिनुपर्छ । अनि मात्र उपचार राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्