बच्चाहरुले प्रतिमिनेटमा १–२ चोटि आँखा झिम्क्याउँछन् भने वयष्कले १० चोटि झिम्क्याउँछन् ।

अन्तरिक्ष यात्रीको उचाइ सामान्य मानिसभन्दा दुई इन्चले बढ्न सक्छ ।

पेटमा हुने एसिडले धातु पगाल्न सक्ने क्षमता हुन्छ ।

मानिसको शरीरमा बायाँ मृगौला दायाँ मृगौलाभन्दा माथि हुन्छ ।

कर्निया शरीरको एउटा मात्र भाग हो, जसमा रगत प्रवाह हुँदैन । यसले प्रत्यक्षरुपमा हावाबाट अक्सिजन प्रवाह गर्छ ।

केही प्रकारको ट्युमरले आफैं दाँत र कपाल पैदा गर्न सक्छ । यसलाई टेराटोमास भनिन्छ ।

मानव शरीरमा सातवटा साबुन बनाउन पुग्ने बोसो हुन्छ ।

मानिसको दिमाग अक्सिजनबिना ५ देखि १० मिनेटसम्म बाँच्न सक्छ ।

जोडी अंगमध्ये एक अंग नभए पनि मानिस बाँच्न सक्छ ।


मानिसको शरीर चम्किरहेको हुन्छ (बाइलुमिनिसेन्ट) जुन मानव आँखाले देख्न सकिँदैन ।

                                                                                                प्रस्तुति : रोमन मानन्धर
                                                                                                    स्रोत : इन्टरनेट

प्रतिक्रिया दिनुहोस्