फेसबुके उपचारमा कत्तिको विश्वास गर्ने ?

आजकल फेसबुकमा मधुमेहको अचुक औषधि, उच्च रक्तचाप घटाउने उपाय भनेर अनेक कुरा आउँछ । अझ यसबारे भिडियो नै बनाएर पोस्ट गरिएको हुन्छ । यस्ता फेसबुके उपचारलाई धेरैले अपनाउने गरेको पनि पाइन्छ । आखिर यस्ता विज्ञापनलाई कत्तिको विश्वास गर्ने ? यससम्बन्धी साधनाले खोजी गरी जानकारी गराओस् ।

– अनुज थापा, बनेपा, काभ्रे

धामीझाँक्री उपचार हाम्रो बाध्यता

साधनामा धामीझाँक्रीको उपचारबारे लेख पढ्ने अवसर पाएँ । यसमा शहरीया र शिक्षितहरु नै धामीझाँक्रीको उपचारमा लागेको कुरा रहेछ । हामी दुर्गमका बासिन्दाले धामीझाँक्रीको उपचारमा भर पर्नु हाम्रो बाध्यता हो । यहाँ हस्पिटल नै छैन भने हामी के गरौं ?

– सुमन तामाङ, डोल्पा । हाल : पोखरा

साधनाको प्रतीक्षा

म साधनाको नियमित पाठक हुँ तर मैले साधना पढ्न नपाएको केही महिना भयो । बुटवलको बजारमा नै साधना देखिएन । अलि धेरै प्रति साधना पठाउन आग्रह गर्दछु । अर्को कुरा, साधनाका लागि मैले एउटा लेख पठाएकी थिएँ । तपाईंका घरमा हाम्रा डाक्टर भन्ने स्तम्भका लागि प्रश्न पनि पठाएकी थिएँ । प्रश्नको उत्तर पाए पनि लेख प्रकाशन भएन । हामीले पठाएको लेख छापिँदैन कि कसो ?

– निरञ्जना शर्मा, तानसेन, पाल्पा ।

मेरो पुरानो साथी

विगत धेरै वर्षदेखि साधनाका हरेक अंक मेरो साथीजस्तै भएका थिए । बीचमा म साउदी अरब गएको थिएँ । त्यसपछि ७ वर्ष जति म विदेशमै बसें । फर्केर नेपाल आएपछि साधना पढ्न खोज्दा यसको रुप नै अर्कै भएछ । सानो पुस्तकजस्तो साधना ठूलो भएछ । फेरि स्वास्थ्यसँग सम्बन्धित विषयलाई मात्र समेटेको पाएँ । जे होस्, राम्रै भएछ भन्ने लाग्यो । अहिले पनि म नेपाल जाँदा साधना खोजी–खोजी पढ्ने गर्छु । मेरो पुरानो साथी साधनाले निरन्तरता पाओस् ।

– विवेक राई ‘गरिब’, हाल : कुवेत ।

विविधता खोइ ?

साधनाको म पुरानो ग्राहक हुँ । पुराना साधनामा जति विविध जानकारी दिइन्थ्यो पछि हेल्थ भएपछि त्यति जानकारी दिन सकेको देखिँदैन । शायद पेज कम भएर पनि हुन सक्छ । लामा–लामा लेखभन्दा पनि छोटा–छोटा जानकारी दिएमा अहिलेको व्यस्त जमानामा कम समयमै पढ्न सकिन्थ्यो । त्यसैले साधनामा छोटा–मीठा जानकारीहरु बढाउनुप¥यो ।

– अरुणकुमार बुढाथोकी, जोरपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्