हनिमुनको रमाइलोमा मूत्रथैलीको संक्रमण



डा. राजेन्द्र भद्रा

म अहिले २४ वर्षकी भएँ । मेरो विवाह भएको यस्तै एक महिना भयो । विवाहको लगत्तै शारीरिक सम्पर्क त राखियो तर कम मात्रै । विवाहको केही दिनपछि म र मेरा श्रीमान् पोखरामा घुम्न गयौं । घरायसी र अफिसको कामकाजको अलमलबाट मुक्त हामीले यौनसम्पर्कको आनन्द राम्ररी नै लियौं । तर केही दिनपछि रमाइलो नरमाइलोमा बदलियो । पिसाब एकदमै पोल्न लाग्यो । छिन्–छिन्मा पिसाब गर्न जान मन लाग्ने तर पिसाब नआउने समस्याले रातभरि नै सुत्न दिएन । श्रीमान्ले क्लिनिकबाट औषधि लिएर खान दिएपछि यस्तो समस्या कम भयो । त्यसपछि सो छुट्टीभरि हामीले शारीरिक सम्पर्क राखेनौं । अहिले पनि सम्पर्क राख्ने बेलामा त्यस्तै होला कि भन्ने डर लाग्छ । यस्तो हुन नदिन के गर्न सकिन्छ होला ? यसबारे बताइदिनुभए आभारी हुने थिएँ ।
–विद्या कार्की, बुटवल

त पाईंले आफ्नो सन्देशमा दिनुभएको सीमित जानकारीको आधारमा तपार्इंलाई यसै भएको भन्न सकिने स्थिति छैन । तर पनि संकेत मूत्रथैली वा मूत्रनलीको शोथ वा संक्रमणतिर गरेको छ । त्यसैले यसको बारेमा चर्चा गरौं ।

मूत्रथैली वा मूत्रनलीको शोथ वा संक्रमण हुँदा विशेष गरेर पिसाबसम्बन्धी लक्षण देखिने भएकाले बोलिचालीको भाषामा पिसाबको संक्रमण भन्ने गरेको पाइन्छ । मूत्रथैलीको संक्रमण हुँदा विशेष गरेर पिसाब छिन्–छिन्मा गरुँ–गरुँजस्तो हुने, पिसाब रोक्न गाह्रो हुने, पिसाब बेस्सरी च्यापे पनि राम्ररी नआउने अनि पिसाब फेर्दा दुख्ने वा पोल्ने हुन्छ ।

हनिमुन र मूत्रथैलीको संक्रमण
मधुमास अर्थात् हनिमुन आफैंको मूत्रथैलीको संक्रमणसँग प्रत्यक्ष सम्बन्ध भने छैन । तर हामीलाई भएकै कुरा के हो भने, हनिमुनमा दम्पतीले समय बिताउँदा दुवै जना नै पर्याप्तरुपमा शारीरिक सम्पर्कमा संलग्न हुने गर्दछन् । फेरि अर्कोतिर के पनि भनौं भने, शारीरिक सम्पर्क आफैंमा मूत्रथैलीको संक्रमणको कारण होइन । तर शारीरिक सम्पर्क र मूत्रथैलीको शोथ वा संक्रमणको सम्बन्ध भने छ । विशेष गरी केही समयमा नै धेरैपल्ट यौनसम्पर्क गर्दा मूत्रनली वा मूत्रथैलीको शोथ वा संक्रमणलाई सहज भने बनाउँछ । यस क्रममा भगक्षेत्रमा भएको अन्य जीवाणु जुन मूत्रद्वार हुँदै मूत्रथैलीसम्म पनि जान सक्छन् । शुक्रकीट नाशक किसिमका गर्भनिरोधको प्रयोग गर्दा पनि यस किसिमको संक्रमण हुने सम्भावना बढी देखिन्छ । कतिपय स्थितिमा यौनसाथी नयाँ हुँदा पनि यस्तो किसिमको संक्रमण भएको पाइन्छ ।

यो के भएको होला ?
तपाईंले सन्देशमा पठाउनुभएको जानकारीलाई आधार मान्दा तपाईंको विवाह भर्खरै भएको छ । तपाईंले थप नलेख्नुभएकोले तपाईंका यौनक्रियाकलाप के–कस्ता रहे र कत्तिको सक्रियरुपमा शारीरिक सम्पर्कमा संलग्न रहनुभयो भन्ने थाहा भएन । कतिपय विवाह हुनासाथ केही दिनभित्र नै एकै दिनमा कैयौंपटक यौनसम्पर्क राख्ने स्थितिमा पुग्छन् भने कतिपय दम्पतीको लागि सबै तालमेल मिल्न केही समय लाग्छ । तर तपाईंले यस्तो लक्षण देखिनुभन्दा पहिले निकै यौनसम्पर्क राख्नुभएको थियो वा थिएन ? तपाईंले लेख्नु नभएकाले थाहा पाउन सकिएन । यदि विवाहको केही समयपछि छोटो समयमा नै धेरैपटक यौनसम्पर्क राख्दा यसरी मूत्रथैलीको शोथ वा संक्रमण हुन जान्छ । विदेशमा विवाहपछि दुलहा–दुलही ‘हनीमुन’को लागि जाने चलन छ । यसै समयमा धेरै शारीरिक सम्पर्क हुने र यस्तो समस्या पनि देखिने भएकाले यसलाई ज्यलभथmययल ऋथकतष्तष्क भन्ने पनि गरिन्छ । सजिलोरुपमा भन्नुपर्दा यसलाई मधुमासको बेलामा हुने मूत्रथैलीको शोथ भन्न सकिन्छ ।

नवविवाहित महिलामा यस्तो किन हुन्छ ?
यो पक्कै हो कि विवाहका शुरुका दिनमा कतिपय महिलाले मूत्रथैली वा भनौं पिसाबको संक्रमण भएको गुनासो गर्ने गर्दछन् । माथि नै भनिसकियो कि भर्खरै विवाह भएको स्थितिमा चाँडो–चाँडो र धेरैपटक शारीरिक सम्पर्क राख्ने गरिन्छ । यस्तो स्थितिमा मूत्रनलीमा समेत घर्षणको कारणले केही चोट लागेको हुनसक्छ । यस्तो स्थितिमा यस्तो संक्रमण हुने जोखिम बढ्छ ।
केही स्थितिमा यौनाङ्गको सरसफाइ राम्ररी नहुनुले पनि समस्यालाई बढाउने गरेको पाइन्छ । कारणवश मलद्वारतिरका जीवाणु योनिद्वारतिर पुगेको स्थितिले मूत्रनली वा मूत्रथैलीको संक्रमण गराउन सक्छ । महिलाहरूको हकमा योनिद्वारदेखि मूत्रथैलीसम्मको मूत्रनलीको लम्बाइ छोटो हुन्छ तर पुरुषको हकमा यो निकै लामो हुन्छ । त्यसैले मूत्रनलीको शोथ गराउने जीवाणु तुलनात्मकरुपमा सजिलोसँग मूत्रथैलीसम्म पुग्न सक्छन् । यो समस्या महिलामा बढी देखिने कारण यही हो ।

के यो नवविवाहितालाई मात्रै हुन्छ ?
यो जुनसुकै उमेरका महिलालाई पनि हुनसक्छ । यसको लागि नवविवाहिता नै हुनुपर्छ भन्ने छैन । अहिले हामीलाई थाहै भएको कुरा हो, विवाह भएपछि मात्र शारीरिक सम्पर्क राख्ने चलन कम हुँदै गएर विवाहभन्दा पहिले नै पर्याप्त सम्पर्क राख्ने चलन आइसकेको छ । यसो हुनाले विवाहपछि मधुमासको बेलामा मात्र यस्तो समस्या झेल्नुपर्ने नभई विवाहभन्दा पहिले नै मूत्रथैलीमा समस्या आउन सक्ने हुन्छ । अर्कोतिर पाको उमेरका महिलामा पनि अत्यधिक शारीरिक सम्पर्कमा संलग्न भएको स्थितिमा यस्तो समस्याले सताउन सक्छ ।

नेपालीको खानामा प्रोटिनको कमी
चितवन । नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एसोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा हालै आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको जनाएका छन् ।

रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा। सुवीर सिंहले अनुसन्धानको तथ्यांकअनुसार नेपालमा ६ दशमलव ४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४ दशमलव ९ लाख मेट्रिक टन रहेकाले ७०–८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएको बताउनुभयो ।

कार्यशालामा नेपाल चिकित्सक संघका जिल्ला सचिव एवं वरिष्ठ फिजिसियन डा। भोजराज अधिकारी र प्रमुख बालरोग विशेषज्ञ डा। रविन बानियाँले शरीरलाई चाहिने प्रोटिनको मात्रा तथा त्यसको कमीले लाग्ने रोगबारे चर्चा गर्नुभएको थियो । अमेरिकी सोया एक्सपर्ट काउन्सिलका विशेषज्ञ डा। पवन कुमारले मानिसको औसत आयु, उचाइ तथा स्वस्थ रहनसमेत प्रोटिनको विशेष भूमिका रहने जानकारी दिनुभयो ।

न्यानो कपडा र पौष्टिक आहार वितरण
काठमाडौं । द्वन्द्वपीडित तथा अपांग समाज, साँखुमा आश्रय लिइरहेका ४० जनाभन्दा बढी बहुअपांगता भएकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित कपडा र पौष्टिक आहार वितरण गरिएको छ । गत महिना युनाइटेड नेसनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा। चन्दन रमनको नेतृत्वमा ५ जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिस्टसहितले निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । सोसाइटीसँग आबद्ध चिकित्सकहरुले स्वास्थ्य उपचारसँगै न्यानो कपडा र पौष्टिक आहार वितरण गरेका अध्यक्ष डा। चन्दन रमनले जानकारी गराउनुभएको छ ।

सडकमा अलपत्र परेका, अनाथ, असाहय तथा बहुअपांगता भएका व्यक्तिहरुलाई संस्थाले संरक्षण दिँदै आएको संस्थाका अध्यक्ष युवराज थापाले जानकारी दिनुभएको छ । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको जनाइएको छ ।

मधुमेहबाट बच्न जनचेतना कार्यक्रम
काठमाडौं । डायबिटिज नेपाल, हेल्थ एक्स्चेन्ज बेलायतको संयुक्त आयोजनामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन तथा जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । डायबिटिज नेपालले मधुमेह रोगको अवस्था, रोकथाम, रहनसहन, खानपानलगायतका बारेमा चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र सर्वसाधारणका लागि जानकारीमूलक कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा माघ महिनाको २४ गते मधुमेहसम्बन्धी डाक्टर, २७ गते डाइटिसियन र २८–२९ गते नर्सका लागि मधुमेहसम्बन्धी कार्यशाला गोष्ठीमार्फत मधुमेह नियन्त्रणका निम्ति पछिल्लो समयमा पत्ता लागेका उपाय र औषधिका बारेमा जानकारी गराइएको थियो ।

भारत, नेपाल र बेलायतका विज्ञबीचको मधुमेह बैठक तथा डायबिटिज नेपालको वार्षिक व्यावसायिक सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो । बागबजारस्थित पद्मकन्या क्याम्पसमा आयोजित नर्सहरु सहभागी कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथि प्रा।डा। मनसा थापाले गर्नुभएको थियो, जसको संयोजन डा। जया प्रधानले गर्नुभएको थियो । कार्यक्रममा डाइबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौं, महासचिव कैलाश प्रधान, प्रा।डा। सत्यराज राजभण्डारी, डा। एमएफ कोन्ज, सन्दीप जोशीलगायतले मधुमेहसम्बन्धी आ–आफ्ना धारणा राख्नुभएको थियो ।

वसन्तपुरमा निःशुल्क आँखा शिविर
काठमाडौं । काठमाडौं सक्रिय युवा समूहले वसन्तपुर दमकलअगाडि हालै आयोजना गरेको निःशुल्क आँखा शिविरमा १ सय ६७ जनाले आँखा परीक्षण गरेका थिए । नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा। इन्दुप्रसाद ढुंगेलको नेतृत्वमा ५ जनाको स्वास्थ्यकर्मीको समूहबाट आँखा परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो । परीक्षणका क्रममा देखा परेको मोतिविन्दुको शल्यक्रियाको समेत निःशुल्क उपचार भएको छ ।

सो शिविरमा पूर्वराज्यमन्त्री राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौं वडा नं। २० का वडाध्यक्ष राजेन्द्र मानन्धर, वडा नं। २३ र २४ का वडा सदस्यहरुलगायत स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

खोटाङको मंगलटारमा बर्थिङ सेन्टर स्थापना
खोटाङ । सुत्केरी महिला र नवजात शिशुको जीवनरक्षाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारमा हालै बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । सो सेन्टरको उद्घाटन मेयर इवन राईले गर्नुभयो ।

गर्भवती जाँच एवं गाउँमै सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर स्थापना भएको मेयर राईले बताउनुभयो । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि ११ वटा वडा रहेको नगरपालिकाभित्रका सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिकाले बर्थिङ सेन्टर स्थापना गरिरहेको जनाइएको छ । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा १५ सय बिरामी
सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा हालै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरबाट ढिकुरा, धनचौरसहितका १ हजार ५ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा। रुद्र मरासिनीसहित २१ जना डाक्टरले बिरामीको जाँच गरेका थिए । अर्घाखाँची जिल्लाको ढिकुरासहित धातिबाग, धारपानी, जुकेना, धन्चौर, खाचीकोट, नुवाकोट, नरपानीलगायतका बिरामीले स्वास्थ्य जाँच गराएको ढिकुरा समाज अर्घाखाँची काठमाडौंका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभएको छ ।

ढिकुरा समाज अर्घाखाँची काठमाडौंको आयोजना र लायन्स क्लब अफ काठमाडौं ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

महिना नपुग्दै व्यथा लाग्नुको कारण
पहिला पटक–पटक गर्भ तुहिएको, पहिले पनि महिना नपुग्दै व्यथा लागेको, पटक–पटक मूत्रनली संक्रमण भएको, धूमपान गर्ने बानी, कमजोर आर्थिक स्थिति, नाजुक पोषण स्थितिका कारण महिना नपुग्दै व्यथा लाग्ने समस्या हुनसक्छ ।

यसको अलावा गर्भावस्थामा उच्च रक्तचाप हुनु, व्यथाअगावै रक्तश्राव हुनु, गर्भेशिशुवरिपरि पानीको मात्रा बढी हुनु, पानीको थैलो फुट्नु (सानो सुतक हुनु), पाठेघरको मुख खुकुलो हुनु, जुम्ल्याहा बच्चा हुनु, पाठेघरमा जन्मजात खराबी हुनु, गर्भेशिशुमा जन्मजात केही शारीरिक खराबी हुनु, साल गलत ठाउँमा बस्नु वा व्यथापूर्व नै छुट्टिनु, सालमा रगतको आपूर्ति कम हुनु, पेटभित्रै शिशुको मृत्यु हुनु, उच्च ज्वरो आउनु, मृगौलाको संक्रमण हुनु अन्य कारक तत्वहरु हुन् । त्यसै गरी ब्याक्टेरियल भजाइनोसिस, स्ट्रेप्टोकोकस, ब्याक्टेरोइड्स, क्लामाइडिया तथा माइकोप्लाज्मा जस्ता जीवाणुहरुका कारणले स्त्री जनेन्द्रीयसम्बन्धी संक्रमण हुँदा पनि महिना नपुग्दै व्यथा लाग्ने समस्या हुनसक्छ ।

यी कुनै पनि कारण ९संक्रमण, पाठेघरको आकार ठूलो, पाठेघर, आमा तथा गर्भेशिशुमा केही खराबी० ले गर्दा पाठेघरको मांसपेशी खुम्च्याउने र पाठेघरको मुखलाई पातलो बनाउने रासायानिक पदार्थहरु उत्पन्न भई महिना नपुग्दै व्यथा लाग्ने एवं गर्भेशिशुवरिपरि पानीको थैलो फुट्ने ९सानो सुतक हुने० समस्या हुन्छ ।

 

यसलाई कसरी कम गर्न सकिएला ?
शारीरिक सम्पर्क गरेपछि यसरी मूत्रथैलीको शोथ भयो भन्दैमा यौनसम्पर्क नै राख्नबाट परहेज गर्नुपर्ने कुनै कारण छैन । सम्पर्कपछि यसरी हुने मूत्रथैलीको शोथलाई कसरी कम गर्न सकिएला भन्ने तपाईंको जिज्ञासा रहेकाले यहाँ मैले केही उपायका बारेमा चर्चा गर्दै छु । ल शारीरिक सम्पर्क राख्नुभन्दा पहिले यौनाङ्ग तथा हात राम्ररी धुने गर्नुपर्छ । शारीरिक सम्पर्कपछि पनि यौनाङ्ग धुने गर्नुपर्छ ।

ल शारीरिक सम्पर्क राखिसकेपछि तुरुन्तै पिसाब फेर्नु लाभदायक हुन्छ, किनकि पिसाब फेर्दा यदि कुनै जीवणु पसेको भए त्यो पनि पखालिन्छ । ल योनि सुख्खा हुँदा पनि समस्या बढ्ने भएकाले चिप्लो पदार्थ प्रयोग गर्नुपर्दछ । शुक्रकीट नाशक वा डायफ्रामजस्ता गर्भनिरोधका उपाय प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । नेपालमा यस प्रकारका गर्भनिरोध सहजरुपमा उपलब्ध नभएकाले तपाईंलाई यसो गर्न केही गाह्रो नपर्ला ।

ल शारीरिक सम्पर्कबाट नै परहेज गर्ने सल्लाह त दिनु आवश्यक छैन, तर सम्पर्क कोमलरुपमा गर्ने र छोटो अवधिको लागि राख्नु सहयोगी हुन्छ । केही चिकित्सकले पछिल्तिरबाट भन्दा अघिल्तिर ९एक–अर्काको अनुहारतिर नै फर्किएर० सम्पर्क गर्दा पनि समस्या कम हुने बताउँछन् । यस्तो समस्या बारम्वार भइरह्यो भने चिकित्सकसँगको सल्लाहमा प्रतिजैविकी औषधि खानुपर्ने हुन्छ । आफैंले चिकित्सको सल्लाहविना त्यसै प्रतिजैविकी औषधि खानुहुँदैन ।

ल त्यसदेखि बाहेक पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ, ताकि पिसाब जहिले पनि सफा होस् । अर्को महत्वपूर्ण कुरा, दिसा धुँदा पनि योनितिर हात नल्याई पछिल्तिर नै लाने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्