कन्डम नै किन रोज्ने ?



रोहिणी घिमिरे
यौनकर्मीहरुका लागि त कन्डम झनै अनिवार्य मानिन्छ । किनकि मलाई एचआईभी एड्स भएको छ भनेर कसैले भन्दैन, साथै यो कुरा मान्छे हेरेर थाहा पाइने कुरा पनि होइन । त्यसैले यौनकर्मी महिलासँगको सहवासमा कन्डमको प्रयोग धेरै सुरक्षित हुन्छ ।

पछिल्लो अनुसन्धानबाट वीर्यले पाठेघरमा क्यान्सर गराउन सक्ने सम्भावना देखिएको छ । यसबाट बच्न पनि कन्डम उपयोगी हुने देखिन्छ । वीर्यको एलर्जी हुने महिलाहरुका लागि त कन्डम झनै वरदान साबित भएको छ ।

उ मेर पुगेका युवायुवती, अझ भन्नुपर्दा नवविवाहित जोडीलाई परिवार नियोजनको अस्थायी साधनबारे बढी नै चासो हुने गर्छ तर लाजले गर्दा खुलेर कुरा गर्न भने सकिरहेका हुँदैनन् । प्रजनन उमेरका व्यक्तिहरुलाई अस्थायी साधन आवश्यकताको वस्तु भइसकेको छ । आवश्यकता परिसकेपछि लाज मानेर के गर्नु ? आउनुस्, परिवार नियोजनको भरपर्दो साधन कन्डमबारे खुलेर कुरा गरौं ।

परिवार नियोजनको अस्थायी साधनमध्ये कन्डम सबैभन्दा उत्तम मानिन्छ । कन्डम परिवार नियोजनको एकमात्र यस्तो अस्थायी साधन हो, जसको प्रयोगले एकातिर अनिच्छित गर्भ रहनबाट बचाउँछ भने अर्कोतिर एचआईभी एवं अन्य यौनरोगको संक्रमणबाट समेत बचाउने हुँदा यसबाट दोहोरो फाइदा लिन सकिने हुन्छ । कपर टी, तीनमहिने सुईजस्ता अन्य अस्थायी गर्भनिरोधक साधनका तुलनामा कन्डम भरपर्दो साधन हो ।

यसको प्रयोग राम्रोसँग गर्न सकेमा दोहोरो–तेहरो फाइदा हुने प्रसूति एवम् स्त्रीरोग विशेषज्ञ डा। लता वज्राचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यसको प्रयोगले एकातिर गर्भ नरहने र अर्कोतिर यौनरोग सर्नबाट बचाउने हुन्छ । अझ महत्वपूर्ण कुरा त बाँझोपन होला कि भन्ने त्रास पनि हुँदैन ।’

डा। वज्राचार्यका अनुसार अन्य अस्थायी साधनको तुलनामा यसको असफल दर पनि ज्यादै न्यून हुन्छ । कन्डमलाई राम्रोसँग प्रयोग गर्न सकेको खण्डमा यसको असफल हुने सम्भावना २ प्रतिशत मात्र हुन्छ । त्यसैले अहिले विकसित मुलुकमा कन्डमको प्रयोग बढ्दो मात्रामा रहेको छ । नेपालमा पनि अब धेरैको रोजाइमा कन्डम नै पर्ने देखिन्छ ।

यौनकर्मीहरुका लागि त कन्डम झनै अनिवार्य मानिन्छ । किनकि मलाई एचआईभी एड्स भएको छ भनेर कसैले भन्दैन, साथै यो कुरा मान्छे हेरेर थाहा पाइने कुरा पनि होइन । त्यसैले यौनकर्मी महिलासँगको सहवासमा कन्डमको प्रयोग धेरै सुरक्षित हुन्छ । त्यस्तै शीघ्र स्खलन हुनेहरुलाई कन्डमको प्रयोगले समय लम्ब्याउन मद्दत मिल्ने हुँदा त्यस्ता व्यक्तिका लागि पनि यो साधन उपयोगी हुन्छ । ‘कन्डममा हर्मोनको प्रयोग गरिएको हुँदैन’, यौन विज्ञ डा। राजेन्द्र भद्रा भन्नुहुन्छ– ‘त्यसैले हर्मोन गडबडी भएर शारीरिक एवं मानसिक समस्या आउला कि भन्ने डर पनि कन्डमको प्रयोगमा हुँदैन ।

गर्भनिरोधकबाहेक यसले पञ्जाको काम पनि गर्न सकिन्छ । योनि सफा गर्दा पनि यसको मद्दत लिन सकिन्छ । किनिकि कन्डम कीटाणुरहित र नरम हुन्छ । पछिल्लो अनुसन्धानबाट वीर्यले पाठेघरमा क्यान्सर गराउन सक्ने सम्भावना देखिएको छ । यसबाट बच्न पनि कन्डम उपयोगी हुने देखिन्छ । वीर्यको एलर्जी हुने महिलाहरुका लागि त कन्डम झनै वरदान साबित भएको छ ।

निःशुल्क भन्दैमा नाक खुम्च्याउनुपर्दैन
सरकारी भनेपछि नाक खुम्च्याउने प्रवृत्तिले हामीकहाँ जरो गाडेको छ । सरकारी विद्यालयमा छोराछोरी पढाउनेलाई हीनताबोध हुने गरेको हामीले देखे÷भोगेकै हौं तर कन्डमको मामिलामा भने सरकारी निकायबाट झिकाइएका कन्डम उच्च गुणस्तरीय हुने सरकारी अधिकारीहरु नै बताउँछन् । निजीस्तरबाट आयात गरिएका कन्डम हेर्दै आकर्षक लाग्ने जिकज्याक र रंगिचंगी हुन्छन् । महिलालाई बढी आनन्द दिने भनेरसमेत प्रचार गरिएको हुन्छ । तर यस्ता कन्डम देख्न मात्रै आकर्षक हुने बताइन्छ । व्यापारिक हिसाबले ल्याइएका कन्डम साह्रै पातला र महँगा पनि हुन्छन् ।

नेपालमा सरकारले भित्र्याउने गरेको कन्डम हेर्दा साधारण देखिन्छ तर यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको हुने गरेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत कनक विक्रम शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘सरकारबाट झिकाइने कन्डम विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले तोकेको मापदण्डअनुसारको हुन्छ । बाक्लो–पातलोका सम्बन्धमा कुरा गर्ने हो भने ‘अल्ट्रा थिन’ हुनै पर्ने प्रावधान राखिएको छ ।’ उहाँको यो भनाइले सरकारले निःशुल्क बाँड्ने कन्डम उच्च गुणस्तरको हुने कुरा पुष्टि गर्छ ।

पुरुष–कन्डम मात्र सरकारले खरिद गर्ने वा दातृ निकायहरुले नेपालका लागि सहयोगस्वरुप उपलब्ध गराउँदै आएका छन् । महिला–कन्डम पुरुष कन्डमजस्तै देशभर निःशुल्क उपलब्ध गराउने व्यवस्था छैन । शायद नेपालमा महिला–कन्डम धेरै प्रयोगमा आएको छैन भनेर सरकारी पहल नभएको विज्ञ डा। राजेन्द्र भद्राको ठम्याइ छ । त्यसैले सरकारका तर्फबाट पुरुष कन्डमजस्तै महिला कन्डम पनि निःशुल्क वितरण गर्नुपर्ने देखिन्छ ।

गुणस्तरीयताका कुरा

हामीले घरायसी सामान, निर्माण सामग्री वा उपभोग्य सामग्री किन्दा ती सामग्री कत्तिको गुणस्तरीय छन् भन्ने कुरा ख्याल गरेजस्तै कन्डम किन्दा यसको गुणस्तरीयतामा भने ध्यान दिनै पर्छ । गुणस्तरीय कन्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट जोगाउने मात्र नभई एचआईभी एवं अन्य यौनरोगबाट जोगाउनसमेत मद्दत पुग्छ । तर कन्डमको गुणस्तर कम भएमा यसको प्रयोगबाट लिन सकिने फाइदाको ग्यारेन्टी हुँदैन । त्यसैले बजारबाट जथाभावी कन्डम किन्नुभन्दा सरकारद्वारा निःशुल्क वितरण गरिने कन्डम लिनु नै उपयुक्त देखिन्छ । किनकि सरकारले टेन्डरमार्फत निश्चित ब्रान्ड र गुणस्तरको कन्डम आयात गरेको हुन्छ । यस्तो कन्डम लिँदा पैसा पनि खर्च नहुने र भरपर्दो पनि हुने हुन्छ ।

सरकारी निकायबाट नेपाल भित्रिने कन्डम विशेषगरी लाटेक्स ९ीबतभह० को धेरै आउने सरकारी स्रोतले जनाएको छ । यो एक किसिमको उच्च गुणस्तरको रबरले बनाइएको हुन्छ । आगामी वर्षहरुमा कति कन्डम चाहिन्छ भनी एकिन भएपछि आपूर्ति शाखामार्फत कन्डम झिकाइन्छ । यौन तथा एड्स रोग महाशाखामार्फतबाट पनि एचआईभी एड्स रोकथाम र परिवार नियोजनका लागि कन्डम झिकाइने गरेको छ । अन्तर्राष्ट्रिय रुपमा टेन्डर गरेर स्पेसिफिकेसन अर्थात् निश्चित लम्बाइ, चौडाइ, मोटाइ, डायमिटर अनुसार कन्डम झिकाउने गरिएको छ । सरकारले झिकाउने कन्डम नेपालीका लागि उपयुक्त साइजको हुने बताइन्छ ।

यदि बजारबाट किन्ने हो भने यसको गुणस्तरलाई मध्यनजर गर्नै पर्छ । हुन त बजारमा पाइने कन्डमको गुणस्तरीयता जाँच गर्ने संयन्त्र नेपालमा छैन । यसमा उपभोक्ता नै सचेत हुनुपर्ने अवस्था छ । त्यसैले बजारमा खाद्यान्न, औषधिको अनुगमन एवं ल्याब परीक्षण गरेजस्तै सरकारले कन्डमको पनि अनुगमन र परीक्षण गर्ने व्यवस्था मिलाउनु जरुरी भइसकेको छ । अन्य मुलुकबाट अनुदानस्वरुप दिइने कन्डमको पनि गुणस्तरीयता मापन हुनै पर्छ ।

कन्डम प्रयोगमा सरकारी उत्प्रेरणा

अनिच्छित गर्भ रोक्न र यौनरोग सर्नबाट बचाउने उद्देश्यले सरकारले निःशुल्करुपमा कन्डम उपलब्ध गराउँदै आएको छ । साथै कन्डम दिवस र अन्य समयमा पनि कन्डम प्रयोगमा उत्प्रेरणा जगाउने कार्यहरु गर्दै आएको छ । यसले पनि दिन–प्रतिदिन कन्डम प्रयोगकर्ताहरु बढिरहेका छन् ।

नेपालमा वार्षिक ५ करोड कन्डम खपत हुने अनुमान गरिएको छ । त्यसमध्ये सरकारी निकायबाट निःशुल्क वितरण हुने कन्डमको संख्या पनि कम छैन । पछिल्लो समयमा वार्षिक ३ करोड ७५ लाख १५ हजारवटा कन्डम झिकाइएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत कनक विक्रम शाक्यले बताउनुभयो । उहाँका अनुसार यसका लागि रु। १० करोडको बजेट छुट्याइएको थियो । यसबाट एउटा कन्डमको सरदर ३ रुपियाँ पर्ने देखिन्छ ।

एक वर्षका लागि कति कन्डम आवश्यक छ भन्ने कुरा अघिल्लो वर्षको माग र वितरणलाई आधार मानी तय गरिने अधिकृत शाक्यको भनाइ छ । डब्लुएचओले निर्धारण गरेको मापदण्ड र गुणस्तरका कन्डम मात्र सरकारले झिकाउने हुँदा यसमा शंका गर्नु नपर्ने उहाँ बताउनुहुन्छ । यसबाट के बुझ्न सकिन्छ भने, उचित साइज र गुणस्तरका कन्डम निःशुल्क वितरण गरेर सरकारले कन्डम प्रयोगप्रति आकर्षित गर्न खोजेको छ । अनिच्छित गर्भधारण रोक्न र एचआईभी लगायतका यौनरोग सर्नबाट बचाउन सरकारले कन्डमको प्रयोगमा उत्प्रेरणा जगाउने काम गरेको छ । कन्डम प्रयोगका यत्तिका फाइदा, त्यो पनि निःशुल्क । अनि तपाईं–हामीले पनि कन्डम नै किन नरोज्ने ?

कन्डम प्रयोगः न गर्भ, न यौनरोग, न त बाँझोपनकै त्रास ?

डा. लता बजा्रचार्य
प्रसूति एवं स्त्रीरोग विशेषज्ञ

परिवार नियोजनका अस्थायी साधन धेरै छन् । ती मध्ये पनि महिलाका लागि भनेर तयार गरिएका साधन बढी छन् । पुरुषका लागि भनेको त शायद कन्डम मात्रै हो । कन्डम नै सजिलो र भरपर्दो साधन मानिन्छ । हुन त महिलाले नियमितरुपमा पिल्स चक्की खाएमा फेलियर हुने दर धेरै कम हुन्छ तर उक्त चक्की ठीक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट त बचाउँछ तर यो धेरै खाएमा स्तन क्यान्सर हुने सम्भावना त्यत्तिकै हुन्छ । उच्च रक्तचाप भएका महिलाले यो चक्की खानुहुँदैन । त्यसैले पनि अस्थायी परिवार नियोजनको राम्रो उपाय भनेको कन्डम नै हो ।

त्यसै गरी महिलाले प्रयोग गर्ने डिपोप्रोभेरा सुईको फेलियर दर पिल्स चक्कीमा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने सम्भावना हुन्छ । यो सुईले तौल बढेको भन्ने सिकायत पनि आउने गरेको छ तर यो कुरा भने सत्य होइन । इन्जेक्सनले कमजोरी गरायो भन्दै धेरै पौष्टिक खानेकुरा खाने गर्दा शारीरिक तौल बढेको हुनसक्छ । तर यो हर्मोन भएकाले केही गडबड हुनु स्वाभाविक नै हो । यसरी यो राम्रो कि त्यो राम्रो भनेर तुलना गर्दै अनेक कुरा खेलाएर मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्नुभन्दा कन्डम प्रयोग गरेमा खेल नै खत्तम ।

त्यस्तै नरप्लान्ट ७ वर्षका लागि दिइन्छ । यो महँगो पनि हुन्छ र सजिलैसँग पाउन पनि सकिँदैन । आईयुसीडी अन्तर्गतचाहिँ कपरटी, लुप पर्दछन् । कपरटीको प्रयोग नेपालमा धेरै गरिन्छ तर यो एकपटक राखिसकेपछि समय–समयमा परीक्षण गराइरहनुपर्छ । नवदम्पतीका लागि त कन्डम झनै उपयोगी साधन हो । सबैभन्दा महत्वपूर्ण कुरा त कन्डमको प्रयोगले बाँझोपन हुनबाट पनि बचाउने हुन्छ । त्यसैले यसको सही प्रयोगले धेरै फाइदा लिन सकिन्छ– न गर्भ रहने डर, न एचआईभी एवं अन्य यौनरोग सर्ने डर, न त बाँझोपन होला कि भन्ने
त्रास ? सही किसिमले कन्डम प्रयोग गरेमा यसको फेलियर दर पनि २ प्रतिशत मात्र देखिएको छ । त्यसैले सबैका लागि कन्डमको प्रयोग उपयोगी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्