अब साधना झन् पाठक–मैत्री



लक्ष्मण अधिकारी

कामना न्युज पब्लिकेसन्स्बाट २७ वर्षदेखि नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन २०७६ असारको यस अंकदेखि परिमार्जितरुपमा विशेष साजसज्जासहित प्रकाशित भएको छ ।

बजार सर्वेक्षणका आधारमा साधना हेल्थ म्यागेजिनका पाठकहरु १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिकसमेत हुने गरेको पाइएकाले साधनालाई अझ पाठक–मैत्री बनाउने उद्देश्यले यस अंकदेखि large font  मा प्रकाशन गर्न थालिएको हो ।

स्वास्थ्यसम्बन्धी म्यागेजिन पढ्दा आँखामा कुनै पनि प्रकारको दबाब नपरोस् र तनाव उत्पन्न भई टाउकोसमेत नदुखोस् भन्ने उद्देश्यले कामना न्युज पब्लिकेसन्स्ले साधना हेल्थ म्यागेजिनमा ठँलो साइजका अक्षरहरु प्रयोग गर्ने निर्णय गरेको हो । पब्लिकेसन्स्ले प्रिन्ट प्रति मात्र नभई पाठ्य सामग्रीलाई आँखा–मैत्री बनाउनका लागि अनलाइन संस्करणमा पनि large font प्रयोग गर्ने निर्णय गरेको छ ।

विभिन्न अध्ययनहरुले सानो फन्टभन्दा ठँला फन्टहरु पढ्न सजिलो र आनन्ददायक हुने पाइएकोले साधना हेल्थमा पनि ठँलो साइजका फन्टहरु प्रयोग गर्न थालिएको हो । ठँलो साइजका फन्ट भएका पाठ्य सामग्री पढ्न छिटो हुने भएकाले कम्प्युटर स्क्रिनका कारण आँखामा पर्ने दबाब र सुख्खापनमा पनि कमी आउने हुँदा आँखाको थकान कम भई बढी पाठ्य सामग्री पढ्न सहज हुने अपेक्षा गरिएको छ ।

साधना हेल्थलाई पाठक–मैत्री बनाउने उद्देश्यले प्रयोग गरिने large font का कारण पृष्ठसंख्या वृद्धि हुने भए तापनि पाठकहरुको सुविधाका लागि यस म्यागेजिनको मँल्यमा कुनै परिवर्तन गरिएको छैन । यो म्यागेजिन हरेक महिनाको १५ गते प्रकाशन गरिन्छ ।

सम्पादक
साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन
कामना न्युज पब्लिकेसन्स् ।

प्रतिक्रिया दिनुहोस्