ब्युटी भन्ने कुरा ब्रेनबाटै आउँछ



बेनिशा हमाल, यो नाम लिनासाथ दर्शकहरुको आँखामा एक सुन्दर, बौद्धिक, कुशल एवम् आकर्षक जीउडालकी नायिकाको तस्वीर नाच्न थाल्छ । त्यसैले पनि बेनिशालाई ‘ब्युटी विथ ब्रेन’ भन्दा कति पनि अर्घेल्याइँ हुन्न ।

फिल्म ‘स्वर’बाट नेपाली रजतपटमा भित्रिएकी सुन्दरी बेनिशा नेपाली मोडलिङ तथा फिल्म क्षेत्रको स्थापित नाम हो । कालो पोथी, मोक्ष, म अनि तीमी, ज्यान हाजिर छ, झ्यानाकुटी, ब्लाइन्ड रक्सलगायत थुप्रै फिल्ममा अभिनय गरिसके पनि पछिल्लो फिल्म ब्लाइन्ड रक्सबाट उनले निकै तारिफ पाइन् । त्यसैबाट साधना हेल्थ मासिकको सह प्रकाशन कामना सिने मासिकद्वारा आयोजित पछिल्लो संस्करणको सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ मा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि चुमिन् ।

चितवनमा जन्मेकी बेनिशाले स्थानीय एफएममा आरजेको रुपमा काम गरेकी थिइन् भने पछि विभिन्न टेलिभिजनहरुमा भिजे बनेर छाएकी थिइन् । दर्जनौं म्युजिक भिडियो र विज्ञापनहरुमा समेत मोडलिङ र अभिनय गरेर दर्शकको मनमा स्थान ओगट्न सफल भएकी छन् । उनको सुदृढ शैक्षिक पृष्ठभँमि र तीक्ष्ण बौद्धिकताले पनि उनलाई कलाका विविध क्षेत्रमा सफलता चुम्न सघाएको देखिन्छ ।

आफ्नो शैक्षिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?

मैले अरुणोदय उच्च माध्यमिक विद्यालयबाट एसएलसीसम्मको पढाइ पँरा गरें । त्यसपछि शान्ता एकेडेमीबाट प्लस टु, कान्तिपुर कलेज अफ बिजनेस म्यानजेमेन्ट एन्ड ह्युम्यानिटिजबाट ब्याचलर र गोल्डेन गेटबाट मास्टर्स लेभलको पढाइ पुरा गरेकी हुँ, जसले मेरो दैनिक एवं व्यावसायिक जीवन अघि बढाउन सहज बनाएको छ ।

शिक्षाले तपाईंको करिअरलाई कसरी मद्दत गरेको छ ?

शिक्षा निकै महत्वपँर्ण छ । यसले के सही, के गलत भन्ने कुरा छुट्याउन मद्दत गर्छ भने एउटा कलाकारको लागि आफँ कस्तो भँमिकामा काम गर्ने या नगर्ने भनेर निर्णय गर्न सजिलो बनाउँछ । क्षणिक सोच्ने होइन, दँरदर्शी भइँदो रहेछ । अहिले म जहाँ छु, जे छु, शिक्षाकै कारण छु जस्तो लाग्छ ।

अभिनय र नृत्यसम्बन्धी प्रशिक्षण पनि लिनुभएको छ कि ?

सुनिल पोखरेल सरसँग अभिनयसम्बन्धी प्रशिक्षण लिएको छु । त्यस्तै गरी क्लासिकल डान्स र मार्सल आर्टको पनि प्रशिक्षण लिएको छु ।

मोडलिङ कसरी शुरु भएको थियो ?

चितवनमै हुँदा चितवनसम्बन्धी गीतमा अभिनय गरेको थिएँ । पछि काठमाडौं आएर विभिन्न म्युजिक भिडियोमा काम गरें । यसलाई म करिअरको पहिलो खुड्किलोको रुपमा लिन्छु । मलाई फिल्ममा आउनको लागि मोडलिङले सहयोग गरेको छ ।

फिल्म यात्रालाई कसरी सम्झनुहुन्छ ?

मोडलिङ गरेको एक–डेढ वर्षपछि श्वर नामक फिल्ममा काम गर्ने अफर आयो । निर्देशक प्रसन्न पौडेल दाइको म्युजिक भिडियोमा काम गर्दा उहाँले तिमी राम्रो काम गर्दिरहिछौ भन्नुभएको थियो ।

पछि उहाँले नै फोन गरेर एउटा फिल्ममा तिमी जस्तै क्यारेक्टर चाहिएको छ, गर्ने हो भनेर सोध्नुभयो । स्क्रिप्ट हेरेपछि आफँजस्तै क्यारेक्टर पाएँ र काम गर्ने निधो गरें । फिल्ममा आउनको लागि धेरै संघर्ष गर्नुपरेन । तर आइसकेपछि भने आफँलाई स्थापित गर्न च्यालेन्ज हुँदो रहेछ ।

फिल्ममा अभिनय गरेर मात्र बाँच्न सकिने अवस्था छ ?

अहिले पनि नेपाली फिल्म इन्डस्ट्रीमा फिमेल एक्टरको पारिश्रमिक थोरै छ । त्यसकारण मुभीबाटै सर्भाइभ हुन गाह्रो छ । फिमेल एक्टरको लागि सजिलो भनेको विभिन्न इभेन्ट, म्युजिक भिडियो तथा एड्भर्टिजमेन्टहरुमा काम भइरहन्छ । यसले सर्भाइभ गर्न सघाउँछ ।

तपाईंका लागि फिट्नेस कत्तिको महत्वपँर्ण छ ?

फिट्नेस मेरो लागि बेसिक कुरा हो । स्वस्थ रहनको लागि बिहान–बेलुका समयमै खाना खाएजस्तै फिजिकल र मेन्टल हेल्थको लागि एक्सरसाइजको आवश्यकता पर्छ । विभिन्न रोगबाट बच्न र स्वस्थ तथा फिट रहनको लागि वर्क आउटको जरुरी छ । म बिहान करिब डेढ घन्टा जिममा बिताउँछु । पहिले–पहिले कार्डियो गर्थें, कार्डियोले शरीरको बोसो घटाए पनि स्किन भने लुज गराउने भएकाले हिजोआज कार्डियोभन्दा पनि वेट लिफ्टिङ गर्छु । जसले स्किन टोनको लागि राम्रो गर्छ ।

तपाईंको रोल मोडेल को हो ?

मेरो रोल मोडल ममी हुुनुहुन्छ । किनभने म उहाँकै कारण फिल्म क्षेत्रमा आउन सकें । मोडलिङ गरिरहेको समयमा जब फिल्मको लागि अफर आयो, म नै फिल्म गर्छु भन्ने कुरामा स्योर थिइनँ । ममीले एक्सपिरियन्सको लागि एउटै भए पनि फिल्म गर भनेर सल्लाह दिनुभयो । काम गर्दा केही गल्ती भयो भने पनि ठिक्कै छ नि त ∕ अर्कोचोटि राम्रो गर भनेर अहिलेसमेत सल्लाह दिनुहुन्छ ।

तपाईंलाई मोटिभेट गर्ने कुनै कोटेसन ?

‘कुनै पनि काम शुरु गर्न कहिल्यै ढिला हुँदैन’ भन्ने भनाइ मलाई मन पर्ने कोटेसन हो । यसबाट पाएको मोटिभेसनका कारण म कुनै पनि काम ढिला भए पनि मन लगाएर गर्छु ।

तनावबाट मुक्ति पाउन के गर्नुहुन्छ ?

कुनै पनि कुराले टेन्सन भयो भने म केही बेर एक्लै बस्छु । त्यसपछि नेगेटिभ कुराहरु सोच्दिनँ, आफैंलाई कन्भिन्स गर्न खोज्छु । यसको साथै योग गर्छु ।

यो क्षेत्रमा आउन चाहने नवप्रवेशीलाई के सुझाव दिनुहुन्छ ?

यो फिल्डमा आउन हतार नगर्नुुस् । सोचेर, बुझेर, सल्लाह लिएर मात्र आउनुस् । अहिले आफँले चाहेको कुरा सिक्नको लागि धेरै प्रशिक्षण केन्द्रहरु छन् । त्यहाँबाट ज्ञान लिएर आउनुस् । कला क्षेत्रमा सफल हुन सुन्दर भएर मात्र हुँदैन, बौद्धिकता पनि चाहिन्छ अर्थात् ‘ब्युटी विथ बे्रन’ ।

ब्युटी विथ ब्रेनलाई कसरी अथ्र्याउनुहुन्छ ?

मानिसको आउटर लुकभन्दा पनि इनर ब्युटीले मिनिङ राख्छ ।

मान्छेको रुप कस्तो छ भन्दा पनि उसको सोचाइ कस्तो छ, मन कस्तो छ र समाजलाई उसले हेर्ने नजर कस्तो छ भन्ने कुराले अर्थ राख्छ ।

त्यसकारण ब्युटी भन्ने कुरा ब्रेनबाटै आउने हो । त्यसलाई बाहिरी सुन्दरताले अझ निखार ल्याउन मद्दत गर्छ जस्तो लाग्छ ।

  प्रस्तुति : रश्मी थापा

प्रतिक्रिया दिनुहोस्