रोचक जानकारी



मानिसको सबैभन्दा ठूलो मांसपेशी नितम्बको (Gluetus maximus ) भागमा हुन्छ ।

मानिसको सबैभन्दा बलियो मांसपेशी बंगारा (Massester ) हो ।

मानिसको सबैभन्दा बाक्लो छाला पैतालामा हुन्छ भने सबैभन्दा पातलो छाला परेला (आँखाको ढकनी)मा हुन्छ ।

मानिसको मुटु जीवनभर लगभग ३ अर्ब चोटि धड्किन्छ ।

हाम्रो शरीरमा रगतको तौल ८ प्रतिशत हुन्छ ।

नवजात शिशुहरुलाई केटीको आवाज बढी मन पर्छ ।

हाम्रो देब्रे फोक्सो दाहिने फोक्सोभन्दा १० प्रतिशत सानो हुन्छ ।

हामीले प्रत्येक वर्ष लगभग ४ किलो छालाको कोशिकाहरु (Skin cell ) गुमाउने गर्छौं ।

एक पाइला हिँड्न करिब २ सय मांसपेशीको प्रयोग हुन्छ ।

मान्छेको दाँत सार्क माछाको जस्तै बलियो हुन्छ ।

मनिसको जिब्रोले ०.००१५ सेकन्डमा खानाको स्वाद छुट्याउन सक्छ ।

१८ देखि २३ वर्षका मानिसलाई सबैभन्दा बढी तनाव हुने गर्छ ।

जसले ठट्टा राम्ररी बुझ्छ, उनीहरुमा मानिसको मन पढ्ने क्षमता हुन्छ ।

मानिसको आँखाले लगभग १ करोडभन्दा बढी रंग छुट्याउन सक्छ ।

मानिसलाई हुने १० रोगमध्ये ९ रोग तनावको कारणले गर्दा हुने गर्छ ।

प्रस्तुति : रोमन मानन्धर । स्रोत : इन्टरनेट

प्रतिक्रिया दिनुहोस्