सहवासलाई आनन्दित तुल्याउने १० फर्मुला



हिक्मत डंगोल

पुरुषलाई महिलासँग सहवास गर्ने चाहना अधिक रहेको हुन्छ । मानव समाजका विविध क्रियाकलाप अहिले छिटो–छिटो परिवर्तन भइरहेका छन् । महिलाहरुमा सहवास गर्ने चाहना र शैलीमा पनि परिवर्तन भइरहेको छ । महिलासँग सहवास गर्दा कतिपय अवस्थामा पुरुषले चाहेर पनि पूर्ण सन्तुष्टि दिन सकिरहेका हुँदैनन् । यसो भएको खण्डमा दुवैको जीवनमा तनाव र अवरोधहरु उत्पन्न हुन सक्छन् ।

यौन स्वास्थ्य र यससम्बन्धी व्यवहारका बारेमा अमेरिकाको नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले हालै मात्र करिब ३ लाख महिलाहरुबीच सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणपछि उक्त संस्थाले सो सम्बन्धमा रोचक कुरा बाहिर ल्याएको छ ।
सो सर्वेक्षण प्रतिवेदनअनुसार यौनसम्पर्कको बेला महिलाहरु अनौठो सहवास व्यवहार र हर्कत गर्न मन पराउने हुन्छन् । साथै सहवासका बेला नयाँ–नयाँ यौन आसनको परीक्षण गर्न मन पराउने गर्छन् । सहवासका समयमा गरिएका अघिल्ला क्रियाकलापभन्दा पछिल्ला क्रियाकलापमा व्यापक भिन्नता एवं फरकपन चाहन्छन् भन्ने कुरा उक्त अनुसन्धान प्रतिवेदनको सारमा उल्लेख गरिएको छ ।

यौनसम्पर्कको बेला युवतीहरु के सोच्छन् ? पुरुषले के गरेको मन पर्छ ? कस्तो खालको आसन मन पर्दछ, अनि सहवासमा के कुराले सन्तुष्ट तुल्याउँछ ? भन्ने जस्ता सहवाससँग सम्बन्धित विविध प्रश्नहरु सोधिएको थियो । यी विविध प्रश्नहरु सोधेर प्राप्त गरिएका विविध किसिमका जवाफहरुको निष्कर्षस्वरुप सो संस्थाले १० वटा महत्वपूर्ण बुँदाहरु तथा फर्मुला तयार गरेको छ ।

उक्त सर्वेक्षणमा यौनसम्पर्कको बेला युवतीहरु के सोच्छन् ? पुरुषले के गरेको मन पर्छ ? कस्तो खालको आसन मन पर्दछ, अनि सहवासमा के कुराले सन्तुष्ट तुल्याउँछ ? भन्ने जस्ता सहवाससँग सम्बन्धित विविध प्रश्नहरु सोधिएको थियो । यी विविध प्रश्नहरु सोधेर प्राप्त गरिएका विविध किसिमका जवाफहरुको निष्कर्षस्वरुप सो संस्थाले १० वटा महत्वपूर्ण बुँदाहरु तथा फर्मुला तयार गरेको छ । यी फर्मुलाहरु वयष्कहरुको यौनजीवन सफल बनाउनका लागि उपयोगी हुन सक्ने मनसायले संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

जिस्किएर निर्वस्त्र पार्ने

सहवासको पहिलो दिनमा युवतीहरु कपडा खोल्न लजालु हुन सक्छन् । तर हरेक युवतीको चाहना यो हुन्छ कि पुरुषले हल्का जिस्किएर उनीहरुको आकर्षक भाग स्तन र कम्मरभन्दा मुनि हेरेर स्पर्श गरिदेओस् र बिस्तारै भित्री वस्त्रहरु खोलिदेओस् । उक्त सर्वेक्षणमा सम्लग्न भएका विशेष गरी अग्लो हिल जुत्ता लगाउने र सेक्सी गाउन लगाउने युवतीहरुले यस्तो गरेको मन पर्ने बताएका थिए ।

यौन व्यवहारमा परिवर्तन

यौनसम्बन्धलाई अझ रोचक र ताजा बनाउनको लागि सहवासको बेला आफ्नो पुरुष पार्टनरले अलिकति छाडा र जंगली व्यवहार गरेको मन पर्ने बताए । पुरुषको यस्तो व्यवहारका कारण दुवैलाई आनन्द प्राप्त गर्न बढी सहयोगी हुने युवतीहरुले सर्वेक्षणका क्रममा
गोप्यरुपमा खुलाए ।

यौन आसन परिवर्तन

युवतीहरु यौनसम्पर्कको बेला चरम यौनसन्तुष्टि प्राप्त गर्न खोज्छन् तर यो प्राप्त गर्नका लागि पुरुषले नै प्रमुख जिम्मेवारी निर्वाह गरोस् भन्ने उनीहरुको चाहना हुन्छ । प्रत्येकपटकको यौनसम्पर्कमा पुरुषले ‘के तिमी पूर्णरुपले सन्तुष्ट छौ ?’ भन्ने जस्ता प्रश्न सोधिदिऊन् भन्ने उनीहरु सोचिरहेका हुन्छन् । यदि सन्तुष्टि छैन भन्ने जवाफ आएमा पहिलोचोटि युवतीको इच्छाअनुसार पुरुषले यौन आसन परिवर्तन गर्नुपर्छ । दोस्रो पटकमा पुरुषको चाहनाअनुसार यौनसम्पर्क गरे दुवैलाई आनन्द प्राप्त गर्न सकिन्छ । यो कुरा युवतीहरुले सर्वेक्षणका क्रममा भनेको आधारमा तयार गरिएको हो ।

युवतीको जीउ सुमसुम्याउने

करिब ७० प्रतिशत युवतीहरुले यौनसम्पर्कको बेला आफ्नो यौन पार्टनरले शुरुमा स्तन र कम्मरमुनिको अंग सुमसुम्याउँदै प्राकक्रिया गरेको मन पर्ने बताएका छन् । यसपछि मात्र युवतीहरुमा बिस्तारै यौन उत्तेजना बढ्छ । यसो गर्दै जाँदा रक्तसञ्चार बढ्दै जान थाल्छ । साथै यसले गर्दा योनिको भित्ताहरुबाट चिल्लो रस निस्कन्छ र यौनसम्पर्कको लागि तयार हुन्छ । यस्तो बेला पुरुष अंग स्त्री अंगमा प्रवेश गराउँदा युवतीहरुलाई पीडा हुँदैन । अलिकति पीडा भए पनि उनीहरु आँखा चिम्लेर शान्तिसँग बसी आनन्द लिने गरेको सर्वेक्षणबाट थाहा हुन आएको छ ।

यस्तो खुल्ला ठाउँमा यौनसम्पर्क गर्दागर्दै झमझम पानी परेको खण्डमा झन् चन्द्रमाको यात्रा गरेसरह आनन्द आउने गरेको युवतीहरुले बताएका छन् ।

बाथरुममा यौनसम्पर्क

धेरैजसो युवतीलाई बाथरुममा निर्वस्त्र भएर नुहाउँदै सहवास गर्दा बढी आनन्द आउने कुरा उक्त अनुसन्धानबाट थाहा हुन आएको छ । युवतीहरुलाई बाथरुममा गएर यौनक्रीडा गर्ने कार्य निकै मनोरञ्जनपूर्ण हुने र स्वर्गीय आनन्दको अनुभूति हुने गरेको युवतीहरुले उक्त सर्वेक्षणका क्रममा बताएका थिए ।

रजश्वला हुनुभन्दा अघि र पछि यौन आनन्द

त्यस्तै गरी ७० प्रतिशत युवतीहरुले रजश्वला हुनु २ दिनअगाडि र रजश्वला भएको पाँचौं दिनदेखि उनीहरुमा अत्यधिक यौनचाहना हुने गरेको सो अनुसन्धानको क्रममा बताएका थिए । सर्वेक्षणमा रजश्वला हुनुभन्दा अघि यौनलाई उत्तेजित पार्ने हर्मोनहरु निकै सक्रिय हुन्छन् । यो अवस्थामा यौनसम्पर्क गर्दा युवतीहरुमा चरम आनन्दको अनुभव हुने गर्छ ।

जंगल, नदी र तालको छेउमा रमाइलो

अरुले अश्लील सोचोस् या नसोचोस्, आपूmले मन पराएको पुरुषसँग जंगल, नदी र तालको छेउछाउमा खुल्लारुपमा यौनसम्पर्क गर्ने युवतीहरुको भित्री चाहना हुने गरेको सो अध्ययनले देखाएको छ । अझ यस्तो खुल्ला ठाउँमा यौनसम्पर्क गर्दागर्दै झमझम पानी परेको खण्डमा झन् चन्द्रमाको यात्रा गरेसरह आनन्द आउने गरेको युवतीहरुले बताएका छन् । यस अवस्थामा बढी उत्तेजित हुने र सहवासका बेला तृप्त हुने गरेको उनीहरुले बताएका छन् ।

महिलाहरुबीचको समलिंगी सम्पर्क

युवतीहरु पुरुषसँग मात्र हैन कि महिला–महिलाबीचमा पनि यौनसम्पर्कको चाहना राख्ने गर्छन् । महिनाको एकचोटि आफ्नो नजिकको साथीसँग यौनसम्पर्क गर्न पाए हुन्थ्यो भनी उनीहरु सधैँ सोचिरहन्छन् ।

यौनसम्पर्क छिटो सम्पन्न नगर्ने

अधिकांश पुरुषहरु सहवासका बेला वीर्य स्खलित भएपछि आनन्द प्राप्त गर्छन् । त्यसैले छिटो–छिटो यौनसम्पर्क गरी आत्मसन्तुष्टि लिन खोज्छन् । सर्वेक्षणका क्रममा सहभागी युवतीहरुको भनाइमा यो प्रक्रिया पूरै गलत हो । पुरुषको वीर्य स्खलनपछि पनि केही मिनेट पुरुषको अंग महिलाको अंगभित्र नै हुनु ठीक हुने युवतीहरुले सर्वेक्षणका क्रममा बताएका थिए । यसो गरेको खण्डमा योनिको मांसपेशी सामान्य अवस्थामा आउने हुन्छ र युवतीले चरम यौनआनन्द प्राप्त गर्ने हुन्छन् ।

यौनमा वाइन

यौनसम्पर्कको क्रममा पुरुषले आफूहरुलाई माया गरेर एक–दुई पेग वाइन सेवन गराएको खण्डमा यौनकार्यमा तीव्रता आउने र सबै पीडा भुल्ने गरेको सर्वेक्षणका क्रममा युवतीहरुले बताएका छन् । यस्तो क्षणमा पाइने यौनसन्तुष्टि अरु दिनको तुलनमा निकै सुखद हुने गरेको सर्वेक्षणमा उनीहरुले बताएका छन् । सो अवस्थामा वाइनले मस्तिष्कमा कस्तो तरंग पैदा गर्छ भनेर अनुसन्धान पनि गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्