रोचक जानकारी



* डाइटिङ गरेर दिगोरुपमा तौल घटाउन सकिन्न । अध्ययनअनुसार भविष्यमा तौल बढाउने मुख्य कारक नै डाइटिङ हुनेअनुमान गरिएको छ ।

*ओ पोजिटिभ रगत भएका मानिसलाई हृदयरोग हुने सम्भावना तुलनात्मकरुपमा कम हुन्छ ।

*हामी केवल १० मिनेट उच्च स्तरको एकाग्रता कायम राख्न सक्छौं ।

*ब्राउन राइस मधुमेहका रोगीहरुका लागि निकै फाइदाजनक छ । यसले मोटोपना कम गर्न पनि मद्दत गर्छ ।

*हाम्रा सबैभन्दा शक्तिशाली सम्झनाहरू सामान्यतया गलत हुन्छन् ।

*एक सय ग्राम कुखुराको मासुले मानव शरीरलाई लगभग ३० प्रकारका पोषक तत्व प्रदान गर्न सक्छ ।

*कफीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । कफीको सेवनबाट टाइप टु डायबिटिज, पार्किन्सन, अल्जाइमरलगायत अन्य थुप्रै रोगको जोखिमबाट बचाउन मद्दत पुग्ने अध्ययनबाट पाइएको छ ।

*मासु पोषणयुक्त र स्वास्थ्यवद्र्धक खाद्यवस्तु हो । यसमा प्रोटिन तथा अन्य महत्वपूर्ण पोषक तत्व पाइन्छ । तर यही मासु बढी पाकेमा यसले हानिकारक तत्व पैदा गर्छ ।

*खाना खानुभन्दा ३० मिनेटअगाडि करिब दुई कप (५०० एमएल) पानी पिउन सके ४४ प्रतिशत तौल घटाउन मद्दत पुग्छ ।

*मानिसको शरीरले प्रायजसो मृत्युपश्चात् ठूलो आवाज निकाल्ने गर्छ ।

*राम्रोसँग निद्रा नपर्नु पनि मोटापनाको एउटा मुख्य कारण रहेको अध्ययनबाट पाइएको छ ।

*औंला रहेका रेखाहरुले हाम्रो हातमा पानीका फोकाहरु आउनबाट बचाउँछ र स्पर्शलाई सशक्त बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । औंलाका रेखाहरुका यी विशेषताबारे प्रायः मानिस अनभिज्ञ हुन्छन् ।

*रेफ्रिजरेटरले सबै खानेकुरालाई ब्याक्टेरियाबाट जोगाउन सक्दैन । रेफ्रिजरेटरको तापक्रममा पनि लिस्टेरिया जस्ता खाद्यजन्य ब्याक्टेरिया पैदा हुने गर्छ ।

*कोकोआ र डार्क चकलेटको सेवनले रगत सञ्चालनमा मद्दत गर्नुका साथै कम रक्तचापलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ ।

*चियाको सेवनले हृदयघातलगायत मुटुको समस्या हुने सम्भावनालाई कम गर्न मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्