धेरै मोटो र दुब्लो दुवै हानिकारक



खानपिनदेखि जीवनशैलीसमेतले मोटोपन र दुब्लोपन हुने गरेको तथ्य विभिन्न अनुसन्धानले औंल्याएको छ । अमेरिकाको न्युयोर्कमा रहेको माउन्ट स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले प्रस्तुत गरेको नवीन विवरणअनुसार धेरै मोटा र धेरै दुब्ला मानिसलाई जोर्नी दुख्ने रोग बढी हुने गरेको पाइएको छ ।

अनुसन्धानकर्ता मेरी उल्फको विचारमा धेरै मोटो र दुब्लो हुँदा यसले एक समस्यामा सीमित नभएर दूरगामी र बहुपक्षीय समस्या निम्त्याउने सम्भावना रहन्छ । अनुसन्धान प्रतिवेदनअनुसार सामान्यरुपमा कम तौल हुने व्यक्तिलाई बाथ रोगको आशंका ४० प्रतिशत बढी हुन्छ । दुब्ला महिलाहरु पुरुषको तुलनामा जोर्नी दुख्ने रोग वा बाथ रोगले धेरै प्रभावित हुन्छन् ।

यस्तै मोटो मानिसलाई जोर्नी दुख्ने रोग सामान्य मानिसको तुलनामा ७० प्रतिशत बढी र मोटी महिलामा ६० प्रतिशत बढी हुने उल्फको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्