दैनिक स्नानले हर्मोन सन्तुलन हुने



गर्मी मौसममा सूर्याेदय भन्दा पहिले चिसो पानीले नित्य स्नान गर्दा शरीरको राम्रो व्यायाम हुनुको साथै जीउ फँर्तिलो राख्न मद्दत मिल्ने अनुसन्धानबाट पत्ता लागेको छ । अमेरिकाका डा. ब्राउन बोल्डले मेरिल्यान्डस्थित हेल्थ रिसर्च इन्स्टिच्युटमा यससम्बन्धी अनुसन्धान गरेका थिए ।

सो अनुसन्धानअनुसार चिसो पानीमा नुहाउँदा शरीरका सम्पूर्ण भागमा अक्सिजनको मात्रा बढ्दै जान्छ । यसले गर्दा कोष–कोषमा शीघ्र अक्सिजनको आपुर्ति हुन्छ ।

यससम्बन्धमा डा. ब्राउन भन्छन्– ‘पुरुषले चिसो पानीले नुहाउँदा शरीरमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजन हर्मोनको स्तरमा सन्तुलन आउँछ । टेस्टोस्टेरोन पुरुषत्व प्रदान गर्ने महत्वपूर्ण हर्मोन हो । चिसो पानीले नुहाउँदा शरीरमा भएको रगतमा पातलोपन बनाइराख्ने इन्जाइम तत्वको मात्रा पनि वृद्धि हुन्छ । यसले मुटुलाई समेत बचाउन मद्दत पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्