मासुको सेवनले निद्रा नलाग्ने



मासु खाने हरेक प्राणीको मस्तिष्कमा मासुको केही प्रभाव पर्ने गरेको पाइएको छ । अमेरिकी शोधकर्ताहरुले अध्ययन गरी प्रकाशित गरेको स्वास्थ्यसम्बन्धी एक प्रतिवेदनअनुसार मानिसले खाने गरेको मासुले मस्तिष्कमा आक्रामक एवम् हिंस्रक प्रवृत्ति सिर्जना गर्ने गर्छ ।
शोधकर्ता अल्बर्ट भन्छन्– कार्बोहाइड्रेटको मात्रा बढी सेवन गर्ने मानिसको मस्तिष्क शान्त हुन्छ भने प्रोटिनको मात्रा बढी सेवन गर्नेको दिमाग सधैँ अशान्त रहेको हन्छ । यसको मुख्य कारण हो कार्बोहाइड्रेटबाट मस्तिष्कमा सेरोटोनिनको मात्रा बढी हुनु ।

त्यसैले कुनै पनि मानवमा सेरोटोनिनको मात्रा बढी भयो भने ऊ शान्तसँग निदाउन सक्छ । यसको विपरीत जसले भोजनमा अत्यधिक मात्रामा मासु समावेश गर्ने गर्दछ, उसको मस्तिष्कमा टिस्टोफन नामक एमिनोएसिड नपाइने हुँदा सेरोटोनिनको कमीले मस्तिष्कमा उत्तेजना फैलिन पुग्छ ।

अमेरिकी शोधकर्ताका अनुसार मासु खाने मानिसलाई मुटुरोग, बाथ, रक्तचाप, पेटको रोग बढी हुन्छ । साथै त्यस्ता मानिस हिंस्रक प्रवृत्तिका हुन्छन् । धेरैजसो अमेरिकीहरु किन निद्रा नलागेको भन्ने कुरामा चिन्तित थिए । मस्तिष्कको उक्त अनुसन्धानपछि मासुले मस्तिष्कमा उत्तेजना बढाउँछ भन्ने निष्कर्ष निकालिएको छ । जसले गर्दा निद्राको आनन्द भोग्न नसकेर त्यसका लागि निद्रा लाग्ने औषधिमा बढी भर पर्नुपर्ने हुन्छ । तर यसको ओभरडोज भएर धेरैजसो अमेरिकीहरुको अकालमा ज्यान गएको उक्त अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्