महिनावारीलाई कसरी सजिलो बनाउने ?



डा. सुमनराज ताम्राकार, स्त्रीरोग विशेषज्ञ

महिनावारीजस्तो साधारण प्राकृतिक नियमलाई नेपाललगायत विभिन्न देशमा सदियौंदेखि पाप–धर्मसँग गाँसेर हेर्ने गरिएको छ । यसले महिलाको जीवनलाई कष्टकर र जोखिमपँर्ण बनाएको छ । शास्त्र, धर्म, सामाजिक नीतिनियमले महिनावारी र यससँग सम्बन्धित प्रसङ्गलाई विभिन्न हौवा फैलाइदिएका कारण महिनावारी हुने महिलालाई अछँत कोटरीमा पुर्याइदिएको छ । अर्कोतिर स्वस्थ महिनावारीलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले आ–आफ्नै डम्फु बजाउनाले पनि विशेष गरी दँरदराजका महिलाहरु रनभुल्लमा परेका छन् ।

नाक, मुख, कानबाट सिँगान, र्‍याली, कानेगुजीजस्ता श्राव निस्केजस्तै केटीहरु किशोरावस्थामा पुगेपछि प्रत्येक महिनाजसो महिनावारी हुनु पनि प्राकृतिक प्रक्रिया हो । रातो रङ्ग भएका कारण वा रगत नै बहने गरेका कारण महिनावारी तुलनात्मकरुपमा अलि भययुक्त हुने गरेको हो । खासमा यो महिला वा किशोरीहरुको यौनाङ्गको बाटो भई पाठेघरबाट मासिक चक्रका रुपमा बहने श्राव मात्र हो ।

मानवजीवनका प्रत्येक श्रावजस्तै महिनावारीको रगतलाई सही तवरले व्यवस्थापन नगरेको खण्डमा संक्रमण हुने सम्भावना हुन्छ । महिनावारी बहने ठाउँ गोप्य तवरमै राख्नुपर्ने बाध्यता तथा अन्य शारीरिक श्रावको दाँजोमा रगतमा पोषिलो तत्व बढी हुने हुनाले सरसफाइमा तल–माथि हुनासाथ संक्रमण भइहाल्ने हुँदा यसमा विशेष चनाखो हुन जरुरी छ ।

एक बट्टा चुरोट वा दुई–तीन कप चिया वा कफीको मूल्य बराबरको खर्चले सहजै महिनावारीको स्वस्थता अपनाउन सकिन्छ ।

महिनावारीको रगतले लतपतिएका दृश्यलाई लिएर गिज्याउने, खिस्याउने भएकाले पनि महिनावारीको रगतको बहाव गोप्य राख्नुपर्ने हुन्छ । त्यसका लागि विभिन्न कालखण्डमा विभिन्न विधिहरु अपनाइएका छन् । विभिन्न किसिमका स्यानिटरी प्याडको विकास भएको पनि देखिन्छ । यसमा परिस्कृत पनि हुँदै आएको छ ।

मासिक श्राव भएका बेला मात्र नभई सुत्केरी व्यथापछि, जननेन्द्रियको शल्यक्रिया गरेपछि, गर्भपतनलगायतका अन्य कुनै कारणले योनिबाट बग्ने रगतको उचित व्यवस्थापनका लागि प्रयोग गरिने रगत सोसिने सहज खालको कपडाको टालो नै स्यानिटरी प्याड हो । यो योनिको बाह्य भागमा राखिन्छ । यस्तै उद्देश्यका लागि विकसित मुलुकतिर वा शहरिया महिलाहरुद्वारा योनिभित्र राखिने स्पन्जजस्तै ट्याम्पुन प्रचलनमै रहेको थियो । साथै पछिल्लो समयमा मेन्सत्रुअल कपको प्रयोग पनि गर्न थालिएको छ ।

ट्याम्पुन र मेन्सत्रुअल कप                                                                                                        

कटन वा रेयनद्वारा बनाइने ट्याम्पुनमा महिनावारीको रगत सोस्ने क्षमता हुन्छ । योनिमार्गमा अट्ने गरी राखिने हुनाले लाम्चो खालको हुने ट्याम्पुन औंलाको मद्दतले वा एप्लिकेटरबाट राखिन्छ । मेन्सत्रुअल कपचाहिँ रगत सोस्नेभन्दा महिनावारीको रगत संकलन गर्ने खालको हुन्छ । सिलिकनबाट बनाइने यस्तो खाले कप पुनः प्रयोग गर्न मिल्ने खालको हुन्छ । महिनावारीको रगतका कारण कपडा नबिग्रियोस् भनेर प्रयोग गरिने ट्याम्पुन एवं मेन्सत्रुअल कप विशेष गरी महिनावारीमै प्रयोग गरिन्छ ।

पछिल्लो समय नेपालमा बढीजसो स्यानिटरी प्याडको प्रयोग बढ्दो क्रममा छ । महिनावारीको बेला हाम्रा हजुरआमा, जिजुआमाको पिँढीले त भैहाल्यो, आमाको पिँढीले पनि साडी, तन्ना, पर्दा तथा पुराना कपडाको टालोले काम चलाए होलान् ।

किटाणुरहित त टाढाको कुरा, सफा र सही हालतको टालो मात्र पाए पनि धन्य हुँदो हो । महिनावारीको स्वस्थतालाई ख्याल पुर्याउन नसकेका कारण विगतमा जननेन्द्रियको संक्रमणका कारण कतिपय महिलाको अकाल मृत्यु पनि भयो होला ।

पिसाब वा दिसा गरेपछि वा प्रत्येक पटकको स्यानिटरी प्याड फेर्नुअगाडि सफा पानीले यौनाङ्ग सफाइ गर्नु राम्रो हुन्छ । यस क्रममा साबुन वा यौनाङ्ग सफा गर्ने अन्य कुनै झोलको प्रयोग गर्न जरुरी छैन । यौनाङ्गको सफाइको लागि सेभ्लोन वा डेटोलको प्रयोग झन् प्रतिकँल साबित हुन सक्छ ।

स्यानिटरी स्याहार

त्यसो त स्यानिटरी शब्द नै सरसफाइसँग सम्बन्धित छ । स्यानिटरी प्याडको प्रयोगको क्रममा घरेलु तवरमै साधारण कुराहरुमा ध्यान पुर्याउन सकेको खण्डमा पनि महिनावारी एवं स्यानिटरी प्याडजन्य संक्रमणबाट बच्न सकिन्छ । स्यानिटरी प्याड लपक्कै भिजेको वा हल्का मात्रै लागेको किन नहोस् प्रत्येक ४ देखि ६ घण्टामा यो प्याड फेर्नु स्वास्थ्यवद्र्धक हुन्छ ।

प्रत्येक महिला वा युवतीलाई आफ्नो महिनावारीको क्रममा कति रगत बहन्छ भन्ने मोटामोटी अनुभव हुन्छ, त्यसैको आधारमा पनि अलि बढी वा घटी प्याड फेर्नुपर्ने हुन्छ ।

पिसाब वा दिसा गरेपछि वा प्रत्येक पटकको स्यानिटरी प्याड फेर्नुअगाडि सफा पानीले यौनाङ्ग सफा गर्न राम्रो हुन्छ । यस क्रममा साबुन वा यौनाङ्ग सफा गर्ने अन्य कुनै झोलको प्रयोग गर्न जरुरी छैन । यौनाङ्गको सफाइको लागि सेभ्लोन वा डेटोलको प्रयोग झन् प्रतिकँल साबित हुन सक्छ ।

प्रयोग गरिसकेको प्याडको विसर्जन पनि सही तरिकाले गर्नुपर्दछ । विशेषतः महिनावारीको अन्त्यतिर अति कसिलो खालको प्यान्ट वा अन्डरवेयर लगाउनु राम्रो हुन्छ । यस अवधिमा कटनबाट बनाइएको अन्डरवेयर वा प्यान्टी लगाउनु राम्रो हुन्छ । अन्य बेलाभन्दा महिनावारीको बेला लामो खालको लुगा वा मौसमअनुसार स्वेटर लगाउनु उचित हुन्छ ।

यस अवस्थामा सफाइका लागि व्यावसायिकरुपमा उत्पादित स्यानिटरी प्याड नै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । घरकै कपडा वा टालो प्रयोग गर्न सकिन्छ । बरु महिनावारी हुनेबित्तिकै यताउति टालो खोज्न लाग्नुभन्दा समय छँदै व्यवस्थापन गर्नुपर्छ । यसलाई राम्रोसँग धोएर घाममा सुकाई वा आइरन लगाएर सफा प्लास्टिकको झोलामा प्याक गरी राख्ने अनि आवश्यक पर्नासाथ प्रयोग गर्नु स्वस्थकर हुन्छ ।

के–के समस्या आइपर्छ ?

एउटै प्याड लामो समयसम्म लगाउनु उचित हुँदैन । रगतले लतपतिएको प्याड धेरै बेरसम्म ओसिलो गोप्य अङ्गमा रहँदा ब्याक्टेरिया तथा मौसमअनुसारको ढुसीजन्य संक्रमण हुन्छ । यसका कारण यौनाङ्ग चिलाउने, दुर्गन्ध आउने, यौनाङ्गवरिपरिको भाग राताम्य हुने, डाबर आउने हुन सक्छ । सामान्यतः प्रत्येक महिनावारीको बेला १० देखि ३५ मिलिलिटर रगत बहन्छ । एउटा प्याड वा ट्याम्पुनले ५ देखि ७ मिलिलिटर रगत सोस्ने हुन्छ । त्यसले गर्दा एक महिनावारीको अवधिमा सामान्य खालको एकदेखि सातवटा प्याड प्रयोग हुनु सामान्य मानिन्छ ।

कसै गरी चोक्टा–चोक्टा रगत जान थालेको खण्डमा महिनावारीको रगतको बहाव बढी हुन थाल्यो भन्ने बुभ्mनुपर्छ । यदि अस्वस्थ महिनावारीको कारण यौनाङ्ग संक्रमण भएको खण्डमा गन्धयुक्त रगत चोक्टा–चोक्टा बहने हुन्छ । यसको अलावा मँत्रनलीको संक्रमण, प्रजनन अङ्गको संक्रमण, एचआईभी तथा हेपाटाइटिस बीको संक्रमण तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि बढ्छ ।

महिनावारीको बेला आवश्यक मात्रामा सरसफाइ नगरेको खण्डमा वा सावधानी नअपनाएको खण्डमा माथि उल्लिखित समस्याहरुभन्दा घातक टक्सिस शक सिन्ड्रोमसम्म हुन बेर लाग्दैन ।

टक्सिक शक सिन्ड्रोम

यो अति नै प्राणघातक खालको ब्याक्टेरियल संक्रमण हो । सामान्य तवरमा रगत सोसिने खालको एवं लामो समय योनिमार्गको सतही कोषको सम्पर्क रहिरहने ट्याम्पुनको कारण यो सिन्ड्रोम हुन्छ । बढी सोसिने खालको ट्याम्पुनको प्रयोगले योनिमार्ग सुख्खा बनाउने तथा सतहको कोष ताछिने समस्या हुन्छ । किनकि योनिमार्ग ओसिलो बनाइराख्न आवश्यक योनिश्राव पनि सोसिदिन्छ ।

टक्सिक शक सिन्ड्रोम हुँदा ज्वरो आउने, डाबर आउने, छाला ताछिने एवं रक्तचाप कम हुने हुन्छ । यसको अलावा निमोनिया, स्तन पाक्ने, हड्डी पाक्नेका लक्षण पनि देखा पर्न सक्छन् । विशेषतः स्टाफाइलोकोकस नामक ब्याक्टेरियाको कारणले हुने यो घातक सिन्ड्रोमबाट बच्ने तरिका भनेको ट्याम्पुन वा प्याडको उचित प्रयोग नै हो ।

किशोरवस्थाका उमेरदेखि महिनावारीको क्रममा रगत बहनु बिल्कुलै प्राकृतिक नियम हो । शारीरिक श्राव, त्यसमा पनि रगत नै भएको कारण अलि बढी चनाखो हुनुपरेको हो । त्यसमाथि संक्रमण भैहालेको खण्डमा योनिमार्ग हुँदै पाठेघर, डिम्बवाहिनी नली हुँदै भित्री पेटसम्म संक्रमण सजिलै फैलिन      सक्ने हुनाले खेलाँची गर्नुहुँदैन । एक बट्टा चुरोट वा दुई–तीन कप चिया वा कफीको मँल्य बराबरको खर्चले सहजै महिनावारीको स्वस्थता अपनाउन सकिन्छ ।

घरायसी कपडा वा टालोको प्रयोग गर्ने भए पँर्वतयारी गर्न अल्छी गर्नुहुँदैन । यी सबै उपाय वा सावधानी अपनाउँदा अपनाउँदै पनि कतिपयमा स्यानिटरी प्याडकै एलर्जी लगायतका समस्या पनि हुन सक्छ । यस्ता समस्या भएमा स्त्रीरोग विशेषज्ञको सल्लाह लिनु मनासिव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्