बिग्रेको मान्छे



डा. विश्वबन्धु शर्मा
मानसिक रोग विशेषज्ञ

तँ त साह्रै, बिग्रिस् नि बद्री !

योे हरिवंश आचार्यले बनाएर उनी आफैंले खेलेको चलचित्रको नाम हो । यो फिल्म बनेपछि धेरैको घर–परिवारमा यो वाक्य एउटा थेगो नै बन्यो । कसैको छोरो अलि गलत लाइनमा लाग्यो भने जिस्केर भन्ने वाक्य हो ‘तँ त साह्रै
बिग्रिस् नि बद्री !
हुन त फिल्ममा देखाइएको बद्रीको बिग्रने शैली र यहाँ चर्चा गर्न खोजिएको मान्छे बिग्रने रोग नितान्त फरक छ । फिल्मको नाम एक सटिक वाक्य लागेर प्रयोग गरेको मात्र हो ।
‘फलानाको छोरो त बिग्रेछ नि !
‘हाम्रो टोलको त्यो फलानो धन कमाएँ भनेर खूब फूर्ति गथ्र्यो, सन्तान
त बिग्रेछन् ।’
‘फलानोको छोरो केटाकेटीमा कस्तो चतुर थियो, स्कुलमा कक्षा
टप्थ्यो, बिग्रेछ ।’
यस्ता वाक्य हाम्रा कानका लागि अपरिचित होइनन् । यो बिग्रने
भनेको के हो ?
हुर्कंदै गर्दा मान्छे बिगार्ने कारणहरू धेरै हुन्छन् र कुन बेला बिग्रियो थाहै हुँदैन । थाहा पाउँदा ढिलो भइसकेको हुन्छ । आखिर बिग्रेको मानिस
कस्तो हुन्छ ?

बिग्रेपछि कस्तो हुन्छ ?

मानिस बिग्रेपछि स्वार्थी हुन्छ, घमण्डी हुन्छ । अरुको दुःख बुझ्दैन । बाबु, आमा, पत्नी, सन्तानलाई आफ्नै कारणले परेको पीर पनि बुझ्दैन । बुझ्ने कोशिश पनि गर्दैन । पठनपाठनमा तेज थियो तर राम्रो पढेर वा अरु काममा मेहनत गरेर उन्नति गर्ने मौका गुमेकोमा पश्चात्ताप र ग्लानि अनुभव गर्दैन ।

‘आफ्नो रूप हेरी–हेरी आफैं हुन्छु दंग ।’ हो, यही हरफमा भनेजस्तो हुन्छ यिनको स्वभाव । अमेरिकाका मनोरोग चिकित्सकहरूले हाल तिनीहरूका राष्ट्रप्रति डोनाल्ड ट्रम्पलाई पनि नार्सिसिस्टिक पर्सनालिटी भन्ने गर्छन् ।

आफू बिग्रें भन्ने आभास नै हुँदैन । म नै ठूलो हुँ, म नै सर्वश्रेष्ठ छु, मभन्दा गतिलो अरु कोही छैन, मैले चाहेको बेलामा जे चाह्यो त्यो गर्न पाउनुपर्छ, मैले खोजेको कुरा पाउनुपर्छ भन्ने खालको सोच भित्रैसम्म गडेको हुन्छ । अरुले मेरो चाहना पूरा गर्नुपर्छ भन्ने उसले ठान्छ ।

पढाइ पहिले नै छुट्यो । व्यवसाय छैन । केही सिक्न चाहँदैन । दुःख गर्न त पटक्कै रुचाउँदैन । अरूप्रति संवेदनशील हुँदैन । हानिकारक अम्मल सेवन गर्छ, त्यस्तै अम्मलीको संगत गर्छ । अरुको सल्लाह सुन्नै चाहँदैन ।

अरुले गरेको राम्रो कामको कदर गर्दैन । आफूले गरेको कामको के परिणाम हुन्छ ? त्यसको प्रवाह गर्दैन । नियम–कानुन तोड्छ, झगडा–मारपिटमा उत्रन्छ । पश्चात्ताप भन्ने त तिनीहरूको शब्दकोशमै हुँदैन । आफ्ना समस्याका लागि अरुलाई दोष दिन्छ, आफूचाहिँ ठीक छु भन्छ ।

बिग्रेपछि मानिस यस्तै हुन्छ । यी स्वभाव उसको परिचय बन्छन् । उमेर छिप्पिदै गएपछि केही नरम र शान्त त हुन्छ तर एउटा कुलतमा लागिसकेको हुन्छ । जीवन त्यत्तिकै महत्वहीन भएर बित्छ । न ऊ आफू सन्तुष्ट हुन्छ, न अरु ऊबाट खुशी हुन्छन् । अनि बिग्रेको मानिस बिग्रेकै अवस्थामा सिद्धिन्छ ।

आफ्नो परिवारमा विशेष गरी बाबुआमासँग बादशाह नै हुँ कि जस्तो गर्छ, कजाउँछ, अराउँछ, हप्काउँछ, धम्क्याउँछ, आदेश दिन्छ, अनि उसले जे चाह्यो त्यो बाबुआमाले पुर्याईदिनुपर्छ ।

को साथी, कहाँ जाने, के गर्ने ? केही बताउँदैन । तर आफ्ना साथीहरूको हूलमा स्यालजस्तो पुच्छर दबाएर बस्छ । नाइकेले जे भन्यो त्यही पालना गर्छ, चुँ पनि बोल्दैन, उसको विरोधमा ।

       एन्टी–सोसियल पर्सनालिटी डिसअर्डर
  बोर्डरलाइन पर्सनालिटी डिसअर्डर

तर कहिलेकाहीँ बिग्रेको व्यक्तिको अति भिन्न खालको रूप पनि हुन्छ । दोस्रो खाले बिग्रेको व्यक्तिमा चरम भावनात्मक अस्थिरता हुन्छ । अनि यही कारणले कसैसँग स्थायी र गहिरो सम्बन्ध राख्न सक्दैन । उसको व्यवहारमा निरन्तर फेरबदल भइरहन्छ ।

भावनात्मक अस्थिरताले गर्दा उसको व्यवहार कहिले धेरै खुशी हुन्छ त कहिले विरक्तिन्छ । आत्मग्लानि र हीनताबोधले पनि सताउँछ । आवेशमा आएर निर्णय लिन्छ । पटक–पटक आत्महत्या गर्ने प्रयास गर्छ । नाडीमा ब्लेडले काटेको खतका धर्सा हुन्छन् ।

अधिकांश बाबुआमाको सोचाइ के हुन्छ भने, केटाकेटी नै छ, बिचरा यस्तो कलिलोमा के कडाइ गर्नु ? ठूलो भएपछि आफैं बुझ्छ, सुध्रिन्छ । अनि उसका स–साना गल्ती, बदमासीमा आँखा चिम्लन्छौं । यसरी हामी बिग्रेको मान्छे तयार गर्छौं ।

ब्लेडले काट्दा हुने पीडा र रगत बगेको दृश्यले एकछिन्का लागि अनौठो ‘आनन्द’ दिएको अनुभव हुन्छ । यस्तो व्यक्ति एक्लै रहन डराउँछ तर साथ पाएर पनि सन्तुष्ट हुँदैन । अकस्मात् विनाकारण रिसाउने, झगडा गर्ने गर्छ । मन शान्त पार्न लागूपदार्थको सेवन गर्छ, जसले उसको समस्या झन् थपिदिन्छ ।

नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर

कसरी बिग्रन्छ ?

यदि कुनै धातुलाई पगालेर अक्षर बनयौं भने त्यसलाई सहजै फेर्न सकिँदैन । त्यसलाई मासेर अर्को ढलान गर्नुपर्छ । त्यसै गरी यी बिग्रेका मानिसको मन हुर्किने क्रममा ढलान भइसकेको हुन्छ । त्यस्तो व्यक्तिको बानी फेर्नै नसकिने हुन्छ । मानिसको स्वभाव यसरी नबदलिने गरी ढलौटको मूर्तिजस्तो कसरी हन्छ ?

हामी प्रायः भन्ने गर्छौं, मानिस जन्मदै आफ्नो स्वभाव, क्षमता लिएर आएको हुन्छ । त्यसैले विषम परिस्थिति र अभावमा जन्मे–हुर्केको व्यक्ति पनि महान् बन्न सक्छ । वातावरणले त उसलाई तल–माथि पारेर एउटा निश्चित आकार दिन्छ । अनि यो विचार पुष्टि गर्न लिंकन, चार्ली च्याप्लिनजस्ताको उदाहरण दिन्छौं ।

अनि अर्को विचार पनि सुन्छौं । मानिस जन्मिदा काँचो माटोजस्तो हुन्छ । उसबाट जस्तो व्यक्ति पनि बनाउन सकिन्छ । काँचो माटोजस्तो प्रारम्भिक रूपको मानिसलाई घर–परिवार, समाजले आकारप्रकार र स्वभाव दिन्छन् । त्यसैले मानिस सप्रिन र बिग्रनमा परिवार, समाजको भूमिका हुन्छ ।

यी दुवै विचार आंशिक मात्र सत्य हुन् । जन्मले सबै कुरा निर्धारण गर्दैन तर वातावरणले पनि पितललाई सुन बनाउँदैन । हामी साँच्चै काँचो माटोजस्तो रूपमै जन्मन्छौं । परिवार, समाज र अरु बाहिरी भौतिक वातावरणले हामीलाई निश्चित आकार, रूप र स्वभाव दिन्छ ।

तर जन्मदाखेरि नै कुन खालको काँचो माटो हो, त्यो भने निर्धारण भइसकेको हुन्छ । कालो माटो, रातो माटो, कमेरो माटो, आदि प्रकृतिले निर्धारण गरेजस्तै कस्तो खालको मानिस हो भन्ने जन्ममै निर्धारण भएको हुन्छ ।जन्मले मान्छेलाई उसको प्रकृति दिन्छ, उसमा अन्तर्निहित स्वभाव दिन्छ भने परिवार, समाज, वातावरणले उसमा गुण/अवगुण भरिदिन्छ ।

कमसल खालको माटो पनि दक्ष कुमालेबाट काम लाग्ने वस्तु भएर निस्कन्छ । तर उच्च कोटीको माटो पनि गलत हातमा प¥यो भने काम नलाग्ने बेकारको वस्तु भएर निस्कन्छ । मानिस सप्रिनु वा बिग्रनुमा पनि यही नियम लागू हुन्छ ।

जन्मदै रिसाहा, स्वार्थी, अस्थिर प्रकृतिका व्यक्तिलाई यिनै स्वभावलाई बढावा दिने खालको व्यवहार गरियो, उसलाई खाफ्नो दुर्गुणप्रति सचेत गराइएन भने ऊ कसरी सप्रने ? कसरी उसमा आफ्नो स्वभाव विपरीत सद्भाव, सहयोग, सहिष्णुता, धर्म, कोमलताजस्ता स्वभाव पलाउने ?

बरु उसैमा अन्तरनिहित दुर्गणहरू झन् तिखारिएर जान्छन् । अधिकांश बाबुआमाको सोचाइ के हुन्छ भने, केटाकेटी नै छ, बिचरा यस्तो कलिलोमा के कडाइ गर्नु ? ठूलो भएपछि आफैं बुझ्छ, सुध्रिन्छ । अनि उसका स–साना गल्ती, बदमासीमा आँखा चिम्लन्छौं । यसरी हामी बिग्रेको मान्छे तयार गर्छौं ।

तर मान्छे सानै छँदा उसमा यस्तो दोष छ भन्ने शंका भयो भने त्यही उमेरदेखि नै दोषी स्वभावलाई हतोत्साह गर्ने र राम्रो बानी–व्यवहारप्रति आकर्षित ग¥यौं भने बिग्रनबाट बचाउन सकिन्छ । तर हामी ‘बच्चा त हो नि, बुझ्ने भएपछि सप्रिहाल्छ’ भनेर सोच्छौं । ठूलो भइसकेपछि ढिलो भइसक्छ ।

विगतमा संवैधानिक पदमा आसीन भइसकेका एकजना लब्ध प्रतिष्ठित ज्येष्ठ नागरिकलाई एकपटक एउटा आश्रमको स्वयंसेवकले अस्पतालमा परामर्शका लागि ल्याए । छोरीहरू सबै शिक्षित थिए, विदेशतिरै बस्थे ।

छोरो एउटै रहेछ तर सानैदेखि स्वभाव असल थिएन । परिवारले उसको कमजोरी सुधारेनन्, बिग्रँदै गयो । पछि आमाबुबालाई घरबाट निकालिदियो । बाबुआमाले शुरुमा तीर्थव्रत र घुमघामको बहानामा घर छाडे । छोराकै पीरमा बूढी बितिन् ।

बूढा आध्यात्मिक मार्गमा लाग्दै एउटा आश्रममा पुगेछन् । आखिर बाबुको मन न हो, त्यति सजिलै शान्त कहाँ हुन्छ र ? अंग्रेजी भाषामा एउटा भनाइ छ, ‘ब्लड इज थिकर देन वाटर’ अर्थात् आफ्नो भनेको आफ्नै हो ।

छोराको मायाले घर गएछन् तर छोराले भित्र पस्नै दिएनछ । कानुनी कारबाही गर्न उनको मनले मानेन । छोरा ‘बिग्रेको मान्छे’ थियो, सप्रने गुन्जायस नै थिएन ।

यस्ता मानिसको व्यवहार मानसिक रोगीको जस्तै विकृत (एब्नर्मल) हुन्छ । आफू स्वयम् र अरुको लागि पनि हानिकारक हुन्छ । मेरो क्रियाकलाप, व्यवहार बेठीक छ, यसले आफू र अरुलाई हानि भइरहेको छ भन्ने कुरा महसुस गर्दैन । सम्झाउँदा पनि हुँदैन ।

अरु मानसिक रोगको दाँजोमा यसको रूप सधैँ एकनास रहन्छ । व्यक्तिको क्षमतामा ह्रास आउँदैन तर क्षमतावान् भएर पनि सदुपयोग गर्दैन । यस्तो मानसिक रोगी भन्न पनि नमिल्ने तर मानसिक रोगीकै जस्तो व्यवहार गर्ने व्यक्तिलाई मनोरोग शास्त्रमा पर्सनालिटी डिसअर्डर अर्थात् बिग्रेको मान्छे

भनिन्छ । यसलाई पनि मानसिक रोगहरूको वर्गीकरणमा समावेश गरिएको छ । पर्सनालिटी डिसअर्डरलाई आजको साइक्याट्रीले तीन समूहमा विभाजन गरेको छ । यस लेखमा चर्चा गरिएकोचाहिँ तिनीहरूमध्ये समूह ‘बी’ मा पर्ने ३ प्रकारका रोगको समिश्रण भने पनि हुन्छ ।

यस समूहका ती ३ रोगहरू फरक–फरक भए पनि तिनका लक्षणहरू एक–अर्कामा खप्टिन्छन् । यहाँ तिनको समग्ररूपमा चित्रण गरिएको हो । ती रोग हुन्– एन्टी–सोसियल पर्सनालिटी डिसअर्डर (एएसपीडी), बोर्डरलाइन पर्सनालिटी डिसअर्डर (बीपीडी) र नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (एनपीडी) ।

यो अन्तिमलाई चरितार्थ गर्ने एउटा पुरानो नेपाली गीतको हरफ छ– ‘आफ्नो रूप हेरी–हेरी आफैं हुन्छु दंग ।’ हो, यही हरफमा भनेजस्तो हुन्छ यिनको स्वभाव । अमेरिकाका मनोरोग चिकित्सकहरूले हाल तिनीहरूका राष्ट्रप्रति डोनाल्ड ट्रम्पलाई पनि नार्सिसिस्टिक पर्सनालिटी भन्ने गर्छन् ।

माथि उल्लेख गरिएका ३ मध्ये एएसपीएडीलाई साइकोप्याथी, सोसियोप्याथी पनि भन्ने चलन छ । मान्छे बिग्रने मुख्य कारण यिनै ३ किसिमका रोग हुन् ।

बिग्रेको मान्छेको उपचार

यो यस्तो अवस्था हो, जुन उपचार गरेर निको पार्न सकिँदैन । बिग्रिसकेको मानिसलाई सपार्न असम्भव प्रायः हुन्छ । तर यस्ता व्यक्तिबाट हुन सक्ने हानि केही हदसम्म कम गर्न सकिन्छ । सर्वप्रथम कुनै कुलतमा फसेको छ भने उसलाई त्यो कुलतबाट छुटाउन कोशिश गर्नुपर्छ र कतिपय अवस्थामा त्यो छुट्छ पनि ।

बिग्रिसकेको मन्छेको क्षमतामा भने कमी आएको हुँदैन । अझ कति यस्ता मान्छे त औसत व्यक्तिभन्दा बढी नै क्षमतावान् हुन्छन् । बिग्रेको मान्छेको पनि कुनै खास कुरामा सुझाव वा रुचि हुन सक्छ ।

विशेष गरेर कुनै प्रकारको खेलकुद, संगीत, नृत्य, गायन, वाद्यवादन आदिमा रुचि रहेछ भने उसलाई त्यसमै लाग्न वातावरण बनाइदिन सकिन्छ । घुमफिर गर्न मन पराउँछ भने टुरिस्ट, ट्रेकिङ गाइड बन्न प्रोत्साहन गर्न सकिन्छ ।

तर अधिकांश बाबुआमाले आफ्नो सन्तानको केमा रुचि छ, कुन क्षेत्रमा उसको लगाव हुन सक्छ भन्ने विचार गर्र्दैनन् । आफ्नो चाहनाअनुसार उसलाई लगाउन थाल्छन् । मान्छे बिग्रनमा थप असर पर्ने कारण यो पनि हो ।

यहाँनेर एउटा कुरा नबिर्सी भन्नुपर्छ, यस्ता बिग्रेका मान्छे केही गरी राजनीतितिर रुचि राखेर त्यता लागे भने राम्रैसँग जम्छन् र ठूला नेता बन्छन् । राजनीतिको भेलमा पसिसकेपछि को सप्रेको, को बिग्रेको मान्छे, खासै अर्थ रहँदैन ।

आफैं रुचि राखेर लाग्यो भने ठिक्कै छ, राजनीतिमा लागोस् । तर उसलाई अरुले जबरजस्ती त्यता डो¥याउन हुँदैन । राजनीतिको धमिलो भेलभित्र यस्ता व्यक्तिहरू डन, दादा, गुन्डा, अपराधी, ग्याङस्टर आदि भएर निस्कन बेर लाग्दैन ।सबैभन्दा राम्रो, कलिलै उमेरमा बिग्रन नदिऊँ । दक्ष कुमाले भएर काँचो माटोलाई उपयोगी व्यक्ति बन्न मद्दत गरौं ।

 

प्रतिक्रिया दिनुहोस्