बिच्छीको विषबाट ट्युमरको उपचार



शरीरको कुनै ठाउँमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भएको भनिन्छ । ट्युमरबाट नै क्यान्सर हुने सम्भावना हुन्छ ।

अब त्यस्ता भयानक ट्युमरको उपचारका निम्ति बिच्छीको विष उपयोगी हुने साबित भएको छ । बिच्छी मरुभूमि र गर्मी ठाउँमा पाइने र पुच्छरमा अत्यन्त कडा विष हुने एकप्रकारको कीरो हो ।

यसले डसेपछि समयमै उपचार भएन भने मानिसको मृत्यु हुन सक्छ । हालै अमेरिकाको मेरिल्यान्ड चिकित्सा विज्ञान विश्व विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार बिच्छीको विष ट्युमरको उपचारमा उपयोगी हुने साबित भएको छ ।

बिच्छीको विष क्यान्सर रोगीलाई प्रयोग गर्दा उनीहरूलाई हुने असह्य पीडा पनि कम हुँदै गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्रोत: विभिन्न न्युज एजेन्सी

प्रतिक्रिया दिनुहोस्