सुखी यौनजीवनका लागि



हिक्मत डंगोल
विवाह जीवनको महत्वपूर्ण मोड हो । विवाह भइसकेपछि पनि स्त्री वा पुरुष जहिले पनि आफ्नो काममा नयाँपन चाहन्छन् । वैवाहिक जीवनको खुशी वा सुरक्षाको निम्ति श्रीमतीले केवल सहवासमा श्रीमान्को साथ दिने मात्र होइन, प्रत्येक सुख–दुःखमा पनि साथ दिनुपर्छ । पुरुष जहिले पनि शारीरिक सुखको भोको हुन्छ । तर ऊ सधैँ यति भोको हुँदैन कि सहवासको लागि अरु स्त्रीलाई
दुःख दिनुपरोस् ।

सहवास गर्दा श्रीमती पनि सुखी र सुन्दर होस् भन्ने कुरामा पुरुषले जहिले पनि ध्यान दिनुपर्छ । यी कुरालाई बेवास्ता गर्दा दाम्पत्य जीवन नै भताभुंग हुने सम्भावना हुन्छ, जसले गर्दा विभिन्न घटना र समस्या आउन सक्छन् ।

अमेरिकी विश्वविद्यालय इन्डियानाले यौनसन्तुष्टिका सम्बन्धमा स्त्री र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त सर्वेक्षणमा करिब ५ लाख मानिसलाई सहभागी गराइएको थियो । सो सर्वेक्षण प्रतिवेदनअनुसार ५० प्रतिशत विवाहित महिलाले भोक लाग्दा खाना खाने आवश्यक भएजस्तै विवाहपछि सेक्स पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । साथै महिलालाई पतिको माया पनि त्यत्तिकै आवश्यकता पर्ने बताएका छन् ।

आत्मविश्वास बढाउनुहोस्
यदि सहवासका क्रममा पत्नीले ‘तिमीले मलाई कतिको माया गर्छौ ?’ भनेर बारम्बार प्रश्न सोधिरहन्छिन् भने उनमा पतिमाथि शंका गर्ने र आत्मविश्वासको कमी रहेछ भन्ने प्रस्ट हुन्छ । परिणामस्वरूप पति उसबाट हैरान भएर परस्त्री खोज्न थाल्छ । सर्वेक्षणको क्रममा करिब ४५ प्रतिशत महिलाले यस्तो प्रश्न सोधेर पतिलाई हैरान पार्ने गरेको कुरा उल्लेख गरेका थिए ।

सफल कामकाजी महिलाका लागि पतिसँगको यौनजीवन सुमधुर हुन आवश्यक छ । साथै दाम्पत्य जीवनलाई सुखमय बनाउनका लागि पति र पत्नी दुवैले केही कुरामा ध्यान दिन आवश्यक रहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विगतको कुरा याद गर्नुहोस्
विवाहपछि पति–पत्नी दुवैले प्रेमी–प्रेमिका हौं भन्ने कुरामा ध्यान दिनुहोस् । पत्नीले सर्वप्रथम पतिसँग पहिलोपटक भेटेको र डेटिङ गएको क्षण सम्झनुहोस् । त्यसले दुवैलाई आनन्दको अनुभूति गराइदिन्छ ।

सर्वेक्षणको क्रममा ६२ प्रतिशत महिलाले घरपरिवारको बारेमा सोच्दै विगतका रमाइला क्षणहरूलाई सम्झने गरेको बताएका थिए । उनीहरूले जे–जस्तो भए पनि आफू र विगतका रमाइला क्षणहरूलाई सम्झेर आनन्द लिने गरेको बताएका थिए । विगतको रमाइलोपनले वर्तमान जीवनलाई सार्थक बनाउन सहयोग गर्ने उनीहरूको भनाइ थियो ।

शृङ्गारप्रिय बन्नुहोस्
श्रीमान्लाई परस्त्रीसँग लाग्न नदिन पत्नी खाना पकाउने कलामा निपूण हुनु आवश्यक छ भन्ने कुरा त सत्य हो, तर त्यतिले मात्र पुग्दैन । पत्नी शृङ्गारप्रिय हुन पनि आवश्यक छ भन्ने कुरा अध्ययनहरूबाट पाइएको छ ।

प्रायः विवाह भइसकेपछि पत्नीले आफ्नो शृङ्गारमा त्यति ध्यान पुर्याउन सक्तैनन् । विवाहका शुरुका वर्षमा केही ध्यान दिए पनि पछि बेवास्ता गर्दै जान्छन् । बच्चा भएपछि त झन् यसमा कमी हुँदै जान्छ । बिहान बच्चाहरूलाई तयार गरी स्कुल पठाउने र खाना पकाउने कार्यमा व्यस्त हुन थाल्छन् । उनीहरू कपडा र शरीरतिर त्यति ध्यान पुर्याउँदैनन् । बेलुका पनि त्यही बिहानदेखि लगाएको भान्सा गन्हाउने कपडामा श्रीमान्को वरिपरि घुमिरहन्छन् । अक्सर पतिहरू आफ्नी पत्नी शृङ्गारप्रिय होस् भन्ने चाहन्छन् ।

सर्वेक्षणमा सहभागी भएका ५० प्रतिशत महिलाले बेलुका अलिकति मेकअप गरेर, कपडा पनि अलि राम्रो लगाएर श्रीमान्लाई यौनतर्फ आकर्षित गर्ने गरेको बताएका थिए । यसले पति भड्किएर बाहिर जाने सम्भावनालाई कम गरेको र आफ्नो यौनजीवन एवं दाम्पत्य जीवन पनि आनन्दित हुने गरेको सर्वेक्षणमा सहभागी महिलाहरूले बताएका थिए ।

रोमान्टिक खेल खेल्नुहोस्
अनुसन्धानमा सहभागी महिलाहरूका अनुसार उनीहरू लामो समयसम्म स्तनस्पर्श, यौनाङ्ग खेलाउन र चुम्बन गर्न मन पराउने गर्छन् । यसको लागि पति–पत्नीले शरीरका विभिन्न अंग छुने खेल खेल्नुहोस् । पतिले पत्नीको जुन अंग छोयो पत्नीले पनि सोही अंग छुनुहोस् ।
यस्तो खेल निकै मनोरञ्जनपूर्ण हुने उनीहरूको अनुभव छ । यस्तो खेल खेल्ने क्रममा पतिले सभ्यरूपमा जबर्जस्ती गरी यौनसम्बन्ध राखोस् भन्ने चाहना ७५ प्रतिशत महिलाले गर्ने गरेको सर्वेक्षणका क्रममा बताएका थिए ।

यौनमा उत्साह
यौन विशेषज्ञका अनुसार अमेरिकामा विवाहपछि पुरुष परस्त्रीसँग लहसिनुको प्रमुख कारण अतृप्त यौन नै हो । उनीहरूका अनुसार पुरुषले विवाह भइसकेपछि आफ्नी पत्नीबाट यौन मामिलामा सहजता होस् भन्ने चाहना राख्छन् । यौनक्रीडाका समयमा पत्नीले पनि आफ्नो पतिलाई पूर्ण सन्तुष्टि दिन प्रयत्न गर्ने गरेको अध्ययनको क्रममा सहभागी महिलाहरूले
बताएका थिए ।

करिब ४५ प्रतिशत महिलाले पतिलाई कसरी यौनसन्तुष्टि प्रदान गर्न सकिन्छ भन्नेबारे सधैँ सोचिरहने गरेको बताएका थिए । विवाहपछि पनि पति र पत्नी दुवैमा यौनउत्साह कायमै रहँदा यौनजीवन मात्र होइन कि दाम्पत्य जीवन पनि सकारात्मक हुने अध्ययनकर्ताहरूले बताएका छन् ।

प्रश्नोत्तरसँगै यौनसम्बन्ध
विवाह गरेको लामो समयसम्म पनि एकै प्रकारले यौनसम्बन्ध राखिरहँदा वाक्कदिक्क लाग्न सक्छ । तसर्थ यौनसम्बन्धलाई अझ आनन्दित र ताजा बनाउनका लागि पति–पत्नीले कुराकानी जारी राख्दै यौनसम्पर्क गर्नुपर्दछ ।
सहवासका क्रममा यी तीनवटा प्रश्न आफ्ना पतिबाट सोधियोस् भनेर सोचिरहने गरेको अनुसन्धानमा सहभागी महिलाहरूले बताएका छन् ।
१. यौनसुख बढाउन म के गर्न सक्छु ?
२. तिमीलाई मसँग कहाँ घुम्न जान मन लाग्छ ?
३. अहिले कस्तो लागिरहेको छ ?
यी प्रश्नहरू सोधिरहेकै सन्दर्भमा ८० प्रतिशत महिलाले सीमा भुलेर चरम यौनसन्तुष्टि प्राप्त गर्ने गरेको कुरा अध्ययनका क्रममा पाइएको थियो ।

प्रेममय शयन कक्ष
अचेल व्यस्त पति–पत्नीहरू शयन कक्षमा टेलिभिजन हेर्ने गर्छन् । यस्तो बानी छ भने तत्कालै हटाउनुपर्छ । किनकि यौनजीवनमा यो खतरनाक साबित हुन सक्छ । टेलिभिजनको कार्यक्रमले पति–पत्नीको जीवनमा निराशा पैदा गर्न सक्छ । यसले दाम्पत्य जीवन र यौनजीवन दुवैलाई खतरा उत्पन्न गर्न सक्ने अध्ययनले देखाएको छ ।

त्यसै गरी पति–पत्नी शयन कक्षमा बसेर प्रेमालाप गर्नुहोस् र शयन कक्षलाई प्रेममय बनाउनुहोस् । हाँसो, ठट्टा गर्नुहोस् र रमाइला कुराकानी गर्नुहोस् । मोबाइल, कम्प्युटर र टेलिभिजनलाई हटाउनुहोस् । यसले प्रेममय वातावरणमा खलल पुर्याउँछ ।

वर्षगाँठमा पति र पत्नी मात्र
अमेरिकी यौन विशेषज्ञका अनुसार हरेक साल वर्षगाठ मनाउँदा पति र पत्नी मात्र हुन्, अन्य तेस्रो व्यक्ति नहुन् भन्ने कुरा महिलाहरूले चाहेका हुन्छन् । यो चाहनाअनुसार दुईजना मात्र सहभागी भएर वर्षगाँठ मनाउनुहोस् । एकले अर्कोलाई उपहार दिनुहोस् । होटल, बगैंचामा भेट्ने, सँगै सिनेमा हेर्न जाने गरेपछि मात्र शारीरिक सम्बन्ध शुरु गर्नुहोस् ।

अनुसन्धानमा सहभागीहरूका अनुसार ६० प्रतिशत जोडीले दुईजना मात्र सम्मिलित वर्षगाँठ मनाएको पाइएको थियो । यसले आपसमा आत्मीयता अझ वृद्धि भएको, एक–अर्काको मन र शरीरबारे थप जानकारी पाएको र यसपछिको यौनसम्बन्ध पनि अझ सुखद भएको बताएका थिए ।

रिसोर्ट र निकुञ्जको घुमाइ
प्रायः पति–पत्नीहरू रेस्टुरेन्ट र ड्रिंक पार्टीमा रमेर साथीहरूसँग हाँसखेल गर्र्दै बिताउने गर्छन् । यो बिलकुलै गलत हो । हरेक महिनाको एकचोटि रिसोर्ट, राष्ट्रिय निकुञ्ज घुम्न जानुहोस् र त्यहाँ यौनसम्बन्ध पनि राख्नुहोस् । यसो गर्नाले पति र पत्नीको यौनसम्बन्ध ताजा भएर आउँछ ।

पुरुषले ध्यान दिनुहोस्
अध्ययनका क्रममा ८५ प्रतिशत पुरुषमा यौनसम्पर्कको बेला लिंग उत्तेजनामा नआउने समस्या पाइएको थियो । यसको साथै शीघ्र स्खलन हुने समस्या पनि रहेको थियो । तर यो कुनै रोग होइन । यौनक्रीडामा सहभागिताका लागि उसको जननेन्द्रीय सक्षम हुनुपर्छ । यसलाई दह्रो बनाउने काम स्नायु र मानसिक संवेगहरूले गर्दछन् । त्यही जननेन्द्रीयको दह्रोपनले नै यौनक्रीडामा सन्तुष्टि दिन्छ । यो कामको लागि पुरुषहरूमा पौरुष यौनरस (Androgen hormone) आवश्यक पर्दछ । यसका साथसाथै अन्य तत्वहरू जस्तै– श्रव्य, दृश्य, गन्ध र कल्पना हुन् । यौन उत्तेजनामा समस्या आउनुमा कहिलेकाहीँ शारीरिक कारण हुन्छ भने कहिलेकाहीँ मानसिक कारण पनि हुन्छ । त्यसका लागि सम्बन्धित विशेषज्ञसँग परामर्श गर्ने कार्यमा पुरुषले हिचकिचाउनुहुँदैन । सक्षम यौनसम्बन्धले यौनजीवन रमाइलो र आनन्दित मात्र बनाउने होइन, दाम्पत्य जीवन पनि सुखी र
दीर्घजीवी हुन सक्छ ।

स्रोत:अमेरिकन हर्ट एसोसिएसन

 

 

प्रतिक्रिया दिनुहोस्