राेचक जानकारी



१. पृथ्वीमा भएको अक्सिनजमध्ये २० प्रतिशत अक्सिजन अमेजन जंगलले उत्पादन गर्ने गर्छ ।

२. दुग्ध पदार्थको धेरै सेवनले पिम्पल्स पैदा हुन सक्छ

३. चकलेट फलफूल जत्तिकै स्वास्थ्यवद्र्धक मानिन्छ ।

४. एउटा परिपक्व रुखले २ देखि १० व्यक्तिका लागि आवश्यक पर्ने एक दिनको अक्सिजन आपूर्ति गर्ने अनुमान गरिएको छ ।

५. अध्ययनअनुसार जो मानिसले हरेक दिन कोकाकोला पिउँछन् उनीहरूलाई स्ट्रोक र हार्ट अट्याकको खतरा बढी हुन्छ । बढी मात्रामा            कोक पिउनेलाई ४८ प्रतिशत बढी खतरा हुन्छ ।

६. अण्डा पौष्टिक खानाहरूमध्ये एक महत्वपूर्ण खाना हो । अण्डाको पहेँलो भागमा धेरै किसिमका पौस्टिक तत्वहरु हुन्छन् ।

७. कफीका दाना चपाउने गर्दा सास गन्हाउने समस्या हटाउन मद्दत पुग्छ ।

८. चियाले व्यायाममा सहनशीलता बढाउन सक्छ । वैज्ञानिकहरूले फेला पारेको विवरणअनुसार ग्रीन टीले क्याटिन्स (एन्टिअक्सिडेन्ट)          निष्कासन गर्छ । यसले हाम्रो शरीरमा रहेको मोटोपना घटाएर मांसपेशीको सहनशीलता बढाउन मद्दत गर्छ।

९. धेरै जंक फूड खाएमा मस्तिष्कको गतिविधिलाई लागूपदार्थ (कोकिन र हेरोइन) ले जस्तै परिवर्तन गर्दछ ।

१०. गाजरमा चिल्लो पदार्थ शून्य प्रतिशत हुन्छ ।

११. चकलेटको सेवनले कुकुरको ज्यान जान सक्छ । यसले सीधै उनीहरूको मुटु र स्नायु प्रणालीमा असर गर्ने गर्छ ।

१२. हामीले प्रयोग गर्ने औषधिहरुमध्ये २५ प्रतिशतभन्दा बढी बोट बिरुवाबाट बनाइन्छ ।

१३.भार उठाउनु शरीरको मांसपेशीलाई सुदृढ पार्न र शरीरको संरचना सुधार गर्न उत्तम व्यायाममध्ये एक हो ।

१४. मानिसले सास फेर्न र निल्न एकै समयमा सक्दैन ।

प्रतिक्रिया दिनुहोस्