महिनावारी रोक्ने हानिकारक पिल्स



डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) 

अबको केही दिनमा फूलपाती अनि वास्तवमै दसैँ शुरु हुनेछ । दसैँ–तिहार एवं चाडपर्वमा महिलाहरुलाई थप चिन्ताको विषय बन्ने गरेको छ मासिकरुपमा आइपर्ने महिनावारी । त्यसो त नेपाललगायतका दक्षिण एसियाली देशहरुमा महिनावारीलाई पाप, धर्म, छूत, अछूतको कोटीमा नराखिदिएको भए यो मासिक श्राव वास्तवमै प्राकृतिक नियमका रुपमा लिइने थियो होला, जस्तो कि दिसा–पिसाब गर्ने कार्य । तर पुस्तौंदेखि चलिआएको बानी वा प्रचलन शिक्षित एवं शहरिया महिलाहरुले त चटक्क छोड्न सक्ने अवस्था छैन भने दूरदराजका एवं तुलनात्मकरुपमा कम पढेका महिलाले महिनावारीलाई स्वाभाविक शारीरिक प्रक्रियाका रुपमा लिन समय लाग्ने नै छ ।

बाल्यावस्थाबाट किशोरीवयमा पुगेका लक्षण/चिह्नहरुमा स्तन बढ्ने, छाती वा पुट्ठामा बोसोयुक्त मासु लाग्ने, काखी एवं जननेन्द्रियवरिपरि रौं पलाउने भए पनि महिनावारी शुरु हुने कार्यचाहिँ सबैजसोले हेक्का राख्ने विषय हो । अझ किशोरीहरुको लागि पहिलोपटकको महिनावारी त अविष्मरणीय अनुभव नै हुन्छ ।

महिनावारीलाई अशुद्ध रगत बग्ने, छोइछिटोको रुपमा बार्नुपर्ने जस्ता घोषित/अघोषित चलनका कारण पनि चाडपर्वमा महिनावारी हुनु टाउको दुखाइको विषय हुने गर्छ । यसको विकल्पका रुपमा धेरै महिलाले पिल्स चक्की सेवन गरेर महिनावारीलाई केही दिन पर सार्ने गरेको पाइन्छ । विशेष गरी दसैँजस्तो लामो चाडमा धेरैलाई यस्तो समस्या पर्ने गरेको र पिल्स चक्की प्रयोग गर्ने गरेको देखिन्छ । वर्षदिनमा एकपल्ट आउने चाड छ, आफ्नो महिनावारी हुने समय छ भने पूजापाठ नरोकिने, टीकाटालो गर्न भ्याउने, दक्षिणा थाप्न मिल्ने समयलाई विचार गरेर महिलाले पिल्स चक्की खाई महिनावारीलाई पर सार्ने गर्छन् । तर यसले गर्न सक्ने हानिका बारेमा भने उनीहरु खासै सचेत भएको पाइन्न । चाडपर्व नछेकियोस् भनेर जथाभावी पिल्स चक्की सेवन गर्दा तत्कालको समस्या त टर्ला तर महिनावारी पर सार्न पटक–पटक यस्ता पिल्स चक्की सेवन गर्दा कतिपय महिलामा गम्भीर असर पर्ने गरेको पाइन्छ ।

महिनावारी पर सार्न वा रोक्न पिल्स चक्की खान किन विचार पुर्‍याउनुपर्दछ भन्ने बुझ्नका लागि महिनावारी चक्रबारे जान्नु राम्रो हुन्छ । त्यसो त बाल्यावस्थाबाट किशोरीवयमा पुगेका लक्षण/चिह्नहरुमा स्तन बढ्ने, छाती वा पुट्ठामा बोसोयुक्त मासु लाग्ने, काखी एवं जननेन्द्रियवरिपरि रौं पलाउने भए पनि महिनावारी शुरु हुने कार्यचाहिँ सबैजसोले हेक्का राख्ने विषय हो । अझ किशोरीहरुको लागि पहिलोपटकको महिनावारी त अविष्मरणीय अनुभव नै हुन्छ ।

यसरी मासिकरुपमा महिनावारी शुरु हुन र उमेर नढल्कुन्जेल सुचारु भइराख्न इस्ट्रोजेन र प्रोजेस्टेरोन नामका महिला हर्मोनहरुको भूमिका हुन्छ । मस्तिष्कमा रहने पिट्युटरी ९एष्तगष्तबचथ० ग्रन्थिले डिम्बाशयलाई निर्देशन दिई महिनावारी चक्रको शुरुवातीतिर इस्ट्रोजेन हर्मोन उत्पादन गराउन लगाउँछ । यही इस्ट्रोजेन हर्मोनको प्रभावले पाठेघरको भित्री तह बाक्लिँदै जान्छ । कथंकदाचित महिनावारी चक्रको मध्यतिर यौनसम्पर्क भई शुक्रकीट उपलब्ध भएको खण्डमा शुक्रकीटबाट निषेचित डिम्ब ९ाभचतष्ष्शिभम भनन० यही बाक्लो पाठेघरको भित्री तहमा प्रत्यारोपित हुन सहज हन्छ । अर्थात् गर्भधारण कार्य सफल हुन्छ ।

महिनावारी चक्रको मध्यतिरबाट इस्ट्रोजेन हर्मोनको प्रभाव घट्न गई प्रोजेस्टेरोन हर्मोनको गतिविधि बढ्न थाल्छ । प्रोेजेस्टेरोन हर्मोनले बाक्लिएको पाठेघरको भित्री तहलाई भरथेग गरिराख्छ र गर्भावस्थाको करिब १२ हप्तासम्म साल नबनेसम्म निषेचित डिम्बलाई पाठेघरभित्र बढ्दै जान सघाउँछ । यदि गर्भधारण हुन पाएन भने महिलाको शरीरमा प्रोजेस्टेरोनको मात्रा ह्वात्तै घट्छ र प्रोजेस्टेरोनको अभावमा पाठेघरको भित्री तहको बाक्लोपन पनि थेगिरहन नसकिने हुनाले महिनावारीको रुपमा रगत बग्दछ ।

यहाँनेर बुझ्न आवश्यक कुरा के छ भने, यदि निषेचित डिम्ब पाठेघरको भित्री तहमा प्रत्यारोपित हुन पाएको खण्डमा प्रोजेस्टेरोनले मस्तिष्कको पिट्युटरी ग्रन्थिलाई संकेत पठाई अर्को चक्रको लागि इस्ट्रोजेन हर्मोन उत्पादन गर्ने कार्यलाई रोक्दछ । त्यसैले त गर्भवती महिलामा महिनावारी रोकिन्छ ।

अब, यसरी प्राकृतिक तवरमै आफ्नै नियममा चलिराख्ने मासिक चक्रलाई बाहिरबाट एक्कासी रोक्ने वा पर सार्ने अभिप्रायले हर्मोनयुक्त पिल्स चक्की खाँदा मासिक चक्र बिथोलिन्छ । प्रायः औषधि पसलेले सेवाग्राही इच्छुक महिलाहरुलाई महिनावारी सार्न प्रोजेस्टेरोन हर्मोनयुक्त पिल्स नै दिन्छन्, भलै कसै–कसैले इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै भएको पिल्स चक्की पनि सेवन गर्दछन् । अकस्मात् महिनावारी चक्रको कुनै पनि दिन सेवन गरेको पिल्स चक्कीले पाठेघरको भित्री तह रनभुल्लमा पर्दछ । पिल्स चक्की नियमित तवरमा खाउन्जेल त महिनावारी हुन पाउँदैन तर पिल्स चक्की खान छोडेको केही दिनमै महिनावारीको रगत बग्न थाल्छ । कुरा एकपटकलाई मात्र पिल्स चक्की खाएको त हो नि, होइन ?

यसरी महिनावारीको बीचमा, त्यो पनि इस्ट्रोजेन वा प्रोजेस्टेरोनमध्ये कुनचाहिँले प्रभाव जमाइरहेको समय हो विचार नगरेर आफ्नो स्वार्थ विशेषका लागि मात्र पिल्स चक्की खाँदा त्यसपछिका धेरै समयसम्म महिनावारी चक्र ठीक ठाउँमा आउन समय लाग्छ ।
कुरा यसरी पनि बुझौं, मानिलिऊँ कि तपाईंसँग महिनाभरलाई पुग्ने मात्र आम्दानी छ । कुनै महिना विशेषमा सापटी गरेर अधिक खर्च गर्नुभयो भने पछि सापटी तिरेर साबिकको खर्च व्यवस्थापनमा आउन समय लाग्छ कि लाग्दैन ?

हो, मासिक चक्रमा हर्मोनलाई कृत्रिमरुपमा चलाइदियो भने यस्तै परिणाम हुन्छ ।

मुटुरोग, उच्च रक्तचाप, माइग्रेन, मधुमेह, पाठेघरको क्यान्सरको जोखिम भएका, अनियमित एवं अप्रमाणितरुपमा योनिद्वारबाट रगत बग्ने गरेका, रक्तनली तथा रगतसम्बन्धी विकार भएका, सामान्यतः ३५ वर्ष नाघेका, धूमपान वा मद्यपान गर्ने गरेका एवं थाइरोइड, क्षयरोग, बाथजोर्नीलगायतका अन्य जीर्ण रोगका लागि औषधि सेवन गरिरहेकाले महिनावारी पर सार्ने नाममा अन्धाधुन्धरुपमा बिल्कुलै पिल्स चक्की सेवन गर्नुहुँदैन । के तपाईंले औषधि पसलमा महिनावारी पर सार्ने औषधि किन्न जाँदा औषधि पसलेले यी विषयमा सोधपुछ गरीकन मात्र औषधि दिने गरेको छ त ? बिल्कुलै छैन, एकाध औषधि पसलेले गरेका होलान् तर अधिकांशले यसरी सोधेर दिँदैनन् ।

चाडपर्व नछेकियोस् भनेर जथाभावी पिल्स चक्की सेवन गर्दा तत्कालको समस्या त टर्ला तर महिनावारी पर सार्न पटक–पटक यस्ता पिल्स चक्की सेवन गर्दा कतिपय महिलामा गम्भीर असर पर्ने गरेको पाइन्छ ।

समाधानका उपाय

चाडपर्वका बेला हुने महिनावारी रोक्न पिल्स खाँदा स्वास्थ्यमा हानि पुग्न सक्छ भने उचित व्यवस्थापन वा समाधान के हो त ? भन्ने जिज्ञासा हुनु पनि स्वाभाविक नै हो ।

महिनावारी हुने कार्य प्राकृतिकरुपमा हुने प्रक्रियाका रुपमा लिई छुवाछूत गर्ने कार्य रोक्नुपर्छ । घर–परिवारका सदस्यले पनि यो परिवर्तन ल्याउन सघाउनुपर्छ । महिनावारी हुँदा शरीर कमजोर हुन सक्छ, मुड परिवर्तन भइराख्न सक्छ, तल्लो पेट दुख्न सक्छ, सरसफाइ गरिराख्न पर्ला, त्यसैले यी कुराहरुको व्यवस्थापन गर्दै चाड मान्दा केही फरक पर्दैन ।

तयाइहरूमध्ये कतिपयले सानोमा (किशोरी अवस्थामा) दक्षिणा गुम्ने लोभले महिनावारी भएको बखत ढाँटेर टीका लगाएको याद नै होला । त्यसरी टीका लगाउँदा देउता रिसाएर उपद्रो मच्चाएका त थिएनन् नि ∕ हो, आधुनिक देवी–देवता पनि बढी बुभ्mने भैसके, रिसाउँदैनन् भन्ने मनमा राख्नुपर्छ । थप जानकारी आवश्यक भए वा महिनावारी पर सार्ने नै भए सम्बन्धित चिकित्सकको परामर्श लिई मात्र उपयुक्त कदम चाल्नु बुद्धिमानी हुन्छ । 

यो त भयो एकाध पटकको । कन्डम लगाउने अल्छीले वा कन्डम प्रयोगको क्रममा फुटेर गर्भ रहने चिन्ताले आकस्मिक गर्भनिरोधका रुपमा लिइने पिल्स चक्की त झन् बढी डोजको हुन्छ । यसले झन् नकारात्मक असर एवं साइड इफेक्ट गराउँछ । त्यसैले यसमा पुरुषले पनि ध्यान पु¥याउनुपर्छ । सुरक्षित यौनकार्य (safe sex ) लाई बढवा दिने गर्नुपर्छ । गर्भ रहने अवधिबारे विस्तृतमा जानकारी राख्ने र आफ्नो महिला पार्टनरको मासिक चक्रबारे हेक्का राख्ने गर्नुपर्छ । यो नगरी पटक–पटक आकस्मिक गर्भनिरोधका चक्की खान बाध्य पार्दा महिलाको स्वास्थ्यमा गम्भीर हानि पुग्न सक्छ भन्ने कुरा पुरुषले राम्ररी बुझ्नुपर्छ । प्रजननसँग सम्बन्धित कुरामा पुरुष र महिलाले संयुक्तरुपमा समझदारी बनाई एक–अर्काको स्वास्थ्यको पनि ख्याल गरेर निर्णय लिन उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्