खानापछिको चिया-कफीले गर्भपतन



कतिपय मानिसमा खाना खाइसक्नासाथ चिया वा कफी पिउने बानी रहेको पाइन्छ । हामीमध्येमै पनि कतिपयमा यस्तो बानी हुन सक्छ । तर अमेरिकाको स्वास्थ्य संस्थाले गरेको अध्ययन–अनुसन्धानअनुसार खाना खाइसक्नासाथ चिया वा कफी पिउनु स्वास्थ्यको लागि निकै घातक हुन्छ ।

यस अनुसन्धानमा संलग्न विशेषज्ञ माइकल अवे भन्छन्, ‘खाना खाइसकेपछि चिया वा कफीको सेवन गर्दा स्वस्थ मानिसलाई पनि रक्तअल्पताको समस्या हुने गर्दछ । अझ गर्भवती महिलाले खाना खानेबित्तिकै कफी सेवन गर्नु झन् हानिकारक हुन्छ । यसबाट गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसको साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ र जन्मदै शारीरिक एवं मानिसकरुपमा अपांग पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्