यौनसन्तुष्टिका लागि कति समय लाग्छ ?



हिक्मत डंगोल

पुरुष र महिलाबीचको यौनसम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौनसम्पर्क गर्दा यौनसन्तुष्टि प्राप्त गर्न जति समय लाग्छ त्यही नै यसको लागि स्वाभाविक समय हो ।

यौनसम्पर्कको बेला महिला र पुरुषको बराबरी भूमिका रहन्छ, जसले यौनसम्पर्कको अवधिलाई आनन्दमय बनाउँछ । तर संसारमा कतिपय महिलाहरु यौनआनन्द भनेको पुरुषको लागि मात्र हो भन्ने ठान्छन् । यो सोचाइ एकदमै गलत हो । यौनआनन्द तबमात्र प्राप्त हुन्छ जब महिला र पुरुष दुवैले कोशिश गर्दछन् । हालै मात्र अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार महिला र पुरुषको यौन सन्तुष्टिका लागि २० मिनेट मात्र समय लाग्छ ।

अमेरिकामा करिब १५ हजार महिलामा गरिएको हालैको एक सर्वेक्षण प्रतिवेदनमा हरेक १० मध्ये १ महिलालाई १५ मिनेटमै चरम यौनसन्तुष्टि प्राप्त हुने बताइएको छ ।

अनुसन्धानमा संलग्न डा. क्रिस्टिन रोज भन्छिन्, ‘महिला र पुरुष दुवै जना उत्तेजनामा आएपछि मात्र यौनसम्पर्क शुरु गर्नुपर्छ । पुरुषले आफ्नो यौन पार्टनरलाई पूर्णरुपमा सन्तुष्टि प्रदान गर्न सक्छु भन्ने आत्मविश्वास राख्नुपर्दछ । साथै महिलाको हरेक यौनअंगको बारेमा जानकारी राख्नुपर्दछ । पुरुषले महिलालाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । महिला पार्टनरलाई होच्याउने किसिमका कुरा गर्नुहुँदैन ।

 

यौनक्रियाको समयलाई सुनसान रहन पनि दिनुहुँदैन । रोमान्टिक कुराकानी जारी राख्नुपर्छ । पुरुषले आफ्नो काबुमा पारेर महिलालाई पूर्ण उत्तेजित र सन्तुष्ट रहने अवसर दिनुपर्दछ । यौनसम्पर्कको बेला सर्वप्रथम त पुरुष नै चरम आनन्द लिई वीर्य स्खलन गर्न पुग्छ । तसर्थ पुरुषले पनि महिलालाई उक्त चरम विन्दुसम्म पु¥याउन मद्दत गर्नुपर्छ । यसले गर्दा दुवै जनालाई यौनआनन्द प्राप्त हुन्छ । यौनसम्पर्कको बेला यदि पुरुषले आफूलाई नियन्त्रण गर्न नसकी छिटो वीर्य स्खलन गरेमा महिलाको यौनतृप्ति अधुरै रहन्छ । उनमा अझ यौनचाहना बढ्दै जान्छ । जसले गर्दा दर्जनौं समस्या निम्तिन्छ । महिलालाई हरेकपटकको यौनसम्पर्कको बेला चरम यौनसन्तुष्टि चाहिन्छ तर सधैँजसो वास्तविक जीवनमा प्राप्त नहुन पनि सक्छ ।’

संसारमा कतिपय महिलाहरु यौनआनन्द भनेको पुरुषको लागि मात्र हो भन्ने ठान्छन् । यो सोचाइ एकदमै गलत हो । यौनआनन्द तब मात्र प्राप्त हुन्छ जब महिला र पुरुष दुवैले कोशिश गर्दछन् । हालै मात्र अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार महिला र पुरुषको यौनसन्तुष्टिका लागि २० मिनेट मात्र समय लाग्छ ।

अमेरिकाको टाउसन युनिभर्सिटी अफ बाल्टिमोरमा अध्ययनरत ३४ वर्षीया विद्यार्थी एन्जिला बेन्डर्सको भने छुट्टै अनुभव छ । उनी भन्छिन्, ‘दैनिकजसो गरिने सहवासले जीवनलाई बढी रमाइलो बनाउँछ । यौनको विषयले दुवै यौन पार्टनरबीचको दूरी निकट गराउँछ ।’

उनी भन्छिन्, ‘मेरो बोइफ्रेन्डसँगको यौनसम्पर्क प्रायः १५ देखि २० मिनेटमै टुंगिन्छ । यस स्थितिलाई नियन्त्रण गर्न पुरुषको लागि कुनै ठूलो समस्या होइन जस्तो लाग्छ । मात्र धैर्यताको आवश्यकता पर्दछ । मेरो विचारमा २० मिनेट यौनसम्पर्कको लागि महिला र पुरुष दुवैको लागि पर्याप्त समय हो । यो समयमा दुवै जना स्खलित हुन्छन् । हामीले पोर्न फिल्ममा हेर्दा त्यहाँका कलाकारहरुले १ घण्टासम्म यौनसम्पर्क गरेको देखिन्छ । वास्तवमा लागूऔषध या त मादक पदार्थका दुव्र्यसनीहरुले मात्र लामो समयसम्म यस्तो गर्छन् । त्यति लामो समयसम्म यौनसम्पर्क गर्नु भनेको मजस्ता महिलाहरुको निम्ति ज्यादै कष्टदायक हुन्छ । किनभने सेक्स भनेको १० देखि २० मिनेटसम्मको एक रोचक खेल हो, जुन निकै मनोरञ्जक हुन्छ ।’

 

अनुसन्धानमा भनिएको भन्छ, ‘अधिकांश यौनसम्पर्क औसत १५ मिनेटमै टुंगिन्छ । यो कति समयसम्म चालु रहन्छ भन्ने कुरा यौन पार्टनरको आवश्यकता र परिस्थितिमा पनि निर्भर रहन्छ । सहवासको समयमा हरेकपटक पुरुष मात्र सफल हुनुपर्दछ भन्ने हुँदैन । कुनै बेला ५ मिनेटमै पनि पुरुषको वीर्य स्खलित हुने गर्दछ ।’ यस अनुसन्धानका यौन विशेषज्ञ डा. डेनिस रोजर भन्छन्, ‘सहवासको लागि पुरुषको अंग पूर्णरुपमा तयार नहुनु या शीघ्र पतन यसको मुख्य कारण हो । यसले गर्दा हरेक १० महिलामध्ये एक महिला असन्तुष्ट हुने गर्छन् ।’

डा. डेनिस अगाडि भन्छन्, ‘पुरुषको तुलनामा महिलाहरुमा १० गुणा बढी यौनचाहना रहेको हुन्छ । यो वैज्ञानिकरुपमा पुष्टि भइसकेको छ । साथै उनीहरुको यौनजीवनको अध्ययनको आधारमा तयार गरिएकोले यो सत्यतथ्य नै हो । फेरि यस्तो कुनै वैज्ञानिक यन्त्र आविष्कार पनि भएको छैन, जसले कुनै महिलाको कामवासनाको मापन गर्न सकोस् । यो त हरेक महिलाको स्वभाव र कल्पना शक्तिमा भर पर्दछ ।’
यससम्बन्धमा कामकाजी महिला जेनिफर जेनी भन्छिन्, ‘मलाई पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने गर्दछ । मलाई सहवासको क्रममा भेराइटी चाहिन्छ । भेजिनल इन्टरकोर्स चाहिन्छ । मेरो पुरुष पार्टनर मेरो स्तन मर्दन, चुम्बन र योनांग खेलाएपछि सीधै सहवासको प्रक्रियामा जानुहुन्छ । यसबाट पनि मलाई यौन तृप्ति हुने गर्दछ । उहाँ मलाई चरम यौनसन्तुष्टि प्राप्त गर्न सहयोग गर्नुहुन्छ । म आफैं पनि मार्गदर्शन गरेर मेरो पार्टनरलाई सहयोग गर्ने गर्दछु । यदि यौनसम्पर्कको बेला मलाई पीडा भएमा मेरो पार्टनरलाई रोक्ने आग्रह गर्छु र बिस्तारै सावधानीसाथ गर्न अनुरोध गर्दछु । यौनसम्पर्कको बेला मेरो योनिबाट चिल्लो रस आएन भने यौनांगलाई क्षति पुग्नबाट बचाउने एकप्रकारको चिल्लो पदार्थ प्रयोग गर्छु । यसले सहवासको समयमा घर्षणबाट हुन सक्ने क्षतिबाट बचाउँछ । जब मेरो पुरुष पार्टनरको वीर्य स्खलित हुन्छ तब मेरो योनिमा विशेष प्रकारको प्रतिक्रिया हुन्छ र मलाई पूर्ण सन्तुष्टि हुने गर्छ ।’

यौनसम्पर्कको बेला के कुराले मुड अन गरिदिन्छ ? भन्ने सन्दर्भमा सिकागो युनिभर्सिटीका यौनव्यवहारका विशेषज्ञ डा. डन लिंकन भन्छन्, ‘महिला र पुरुष दुवैलाई यौनेच्छा तीव्र हुने भएकाले हरबखत यौनसम्बन्धी सोच आउनु मानवीय स्वभाव हो । हामी सबै नै यौनिक छौं । यौन उत्तेजना हुँदा पुरुषको यौनांग र त्यसको वरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । लिंगको विशेष तन्तुमा रगत भरिएर उत्तेजना हुने हुन्छ । यही विशेष क्षणमा महिलाको योनिभित्र प्रवेश गराउँदा उनीहरुको ‘जी स्पट’मा छुन पुग्छ र उनीहरुलाई चरम तृप्ति प्राप्त हुन्छ । ‘जी स्पट’मा छुनासाथ योनिभित्र निस्कने रसायनले अन्य समयभन्दा छोटो समयमै बढी यौनसन्तुष्टि मिल्छ । यसले गर्दा लामो समय गरिने सेक्सले भन्दा छोटो समयमा गरिने सेक्सले दिनभर फ्रेस र फिट बनाउन मद्दत गर्छ । कुनै महिला यौनसम्पर्कमा खप्पिस हुन्छन् भने कोही छोटो समयमा पूर्ण सन्तुष्टि लिने स्वभावका हुन्छन् ।’

अनुसन्धानबाट प्राप्त प्रतिवेदनअनुसार यदि १० देखि १५ मिनेटसम्म सेक्स गर्ने हो भने महिला र पुरुष दुवैलाई यौनआनन्द मिल्ने, पूरा दिन निकै राम्रो हुने, शरीरमा फूर्ति आउने र कार्यालयमा पनि काम गर्न जाँगर आउने हुन्छ ।

यस मामिलामा भर्जिनियाका ४० वर्षीया मार्था कुपर भन्छिन्, ‘मलाई १६ मिनेट सेक्स गर्दा थकाइ नलाग्ने र निकै सन्तुष्टि प्राप्त हुने गर्दछ । एक त मेरो शरीर निकै संवेदनशील छ । सेक्स गर्ने क्रममा मेरो शरीरमा निकै सेक्स हर्माेन उत्पादन हुने गर्दछ । अर्को यसले मलाई निकै आनन्द दिन्छ र स्वास्थ्यमा फाइदा पनि हुने गर्दछ । साथै यसले मेरो शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्दछ र दिनभर काम गर्ने फूर्तिलाई पनि कायम राख्छ । म समस्त पुरुष र महिलालाई यो सुझाव दिन चाहन्छु कि सेक्स गर्ने सही तरिका अपनाउने र निश्चित समयभित्र सेक्स गर्न सकेमा दुवैलाई सही आनन्द र सुखानुभूति हुने गर्छ ।’

अनुसन्धानकर्ताहरु नियमित यौनसम्पर्क गर्दै गएमा महिला र पुरुष दुवैलाई मानसिक लाभ पुग्ने बताउँछन् । अनुसन्धानमा संलग्न डा. व्रिmस्टोफर डेनी भन्छन्, ‘महिला र पुरुष दुवैले विशेष गरी बिहानीपखको समयमा यौनसम्पर्क गर्दा दुवै जना उत्तेजित हुन ५ मिनेट पनि लाग्दैन । पुरुषमा बिहानी समयमा टेस्टोस्टेरोनको उत्पादन बढी हुन्छ । त्यसले पुरुषको स्वास्थ्यमा लाभ हुन्छ । महिलाहरु प्रायजसो १० देखि १५ मिनेटको बीचमा उत्तेजित हुन पुग्छन् । तर कहिलेकाहीँ महिला एकै बसाइमा पनि धेरै पटकसम्म यौनसुख (आर्गेज्म) अनुभव गर्छन् । धेरै पुरुषहरु आफ्नो यौन पार्टनरसँग मात्र यौनआनन्द प्राप्त गर्छन् । जसरी मीठो खाना पकाउन धेरै समय लाग्छ त्यसरी नै यौनआनन्द प्राप्त गर्न केही बढी समय लाग्छ । यौनसम्पर्कको बेला पुरुषले अनेक प्रकारका कल्पना मनमा खेलाउनुहुँदैन । वीर्य स्खलनपछि प्रायः पुरुष सुत्छन्, जुन महिलाहरुलाई मन पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्