नेपनि संघलाई युएईको सहयोग



नेपाल परिवार नियोजन संघ स्थापना भएको ६० वर्ष पुगेको सन्दर्भमा नेपालका लागि युएईका राजदूत शही हमदान अलिनेदीले एकथान भिडियो एक्सरे मेसिन संघलाई उपलब्ध गराउनुभएको छ । मेसिन हस्तान्तरण कार्यक्रममा राजदूत अलिनेदीले नेपाल र युएई सरकारको सुमधुर सम्बन्धले दुई देशबीच व्यापार व्यवसाय, पर्यटन र स्वास्थ्य सेवामा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोग आदानप्रदान भैरहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राजदूतलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल कसजुले सन् २०१९ बाट संघलाई अमेरिकाले दिँदै आएको सहयोग पूर्णरुपमा रोकिएपछि संघ अन्यत्र आर्थिक स्रोत जुटाउन लागिपरेकोे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्