डा. रुइतलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान



नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’ ले सम्मानित गरियो ।

लामो समयको अथक मेहनत र वैज्ञानिक खोजको माध्यमबाट नेत्र चिकित्साको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै सरकारले नगदसहित डा. रुइतलाई सो सम्मान प्रदान गरेको हो । तिलगंगा आँखा प्रतिष्ठानले आधुनिक मोतिया विन्दुको शल्यक्रियामा प्रयोग हुने विश्वस्तरीय लेन्स नेपालमा नै उत्पादन गरी संसारभर न्यून मूल्यमा पुर्‍याउँदै आएको छ भने नेपाल आँखा बैंकको स्थापना गरी नानी प्रत्यारोपणमा नेपाललाई आत्मनिर्भर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्