आकाशवाणी कि श्रुतिभ्रम ?



डा. विश्वबन्धु शर्मा (मानसिक रोग विशेषज्ञ)  ।  

मेरो चिनजानका एक पुरुष श्रीमतीसँग साह्रै सन्तुष्ट थिए । कम बोल्ने, साथी नबनाउने, भेटघाट–भोजभतेरबाट सकेसम्म टाढै बस्न खोज्ने, कुनै दिन घर आउन ढिला भयो भने पनि श्रीमती रिसाउने चिन्ता नहुने । उनकी पत्नी शिक्षित थिइन्, सधैँ घरकै काममा व्यस्त हुन्थिन् । एफएममा गीत सुन्ने, सिरियल हेर्ने, धर्मशास्त्रका किताब पढ्ने गर्थिन् । तन्त्र–मन्त्र, दर्शन, रहस्य (Myticism) मा पनि उनकोरुचि थियो ।

उनलाई श्रीमतीसँग कुरा शुरु गर्न पनि डर लाग्न थाल्यो, यसो मुड हेरेर बोल्थे । पत्नीले उनकै अगाडि पहिले जस्तो एक्लै बोल्ने, हाँस्ने गर्न छाडेकी थिइन् । आक्क्लझुक्कल टोलाउँथिन् । एकदिन श्रीमती शान्त र अलि खुशीजस्ती देखिएको बेला डराई–डराई सोधे, ‘कसैको आवाज सुनिन्छ, हो ?’

रेडियोमा गीत सुन्दा कहिलेकाहीँ मन पर्ने संगीत प्रोग्राम फेला नपर्दा दिक्क हुन्थिन् । तैपनि पतिसँग केही माग नगर्ने उनको स्वभाव थियो ।

 

यो देखेर पति आफैँले स्मार्ट फोन किनिदिए र उनलाई मन पर्ने खालका गीतहरू पनि भरिदिए । उनले रेडियो छोडिन् र हेडफोन राखेर मस्तले गीत सुन्न थालिन् ।

यसो गर्न थालेपछि उनले टेलिफोन एवं घरको डोर बेल बजेको सुन्न छोडिन् । त्यसपछि पतिले सानो स्पिकर किनिदिए । श्रीमती दंगदास भई दिनभर मोबाइलमै गीत सुनेर व्यस्त हुन थालिन् ।

श्रीमतीको यति सानो संसार देखेर पतिलाई दया पनि लाग्यो । फेसन, कपडा, गहना, शृङ्गार आदिमा उनको रुचि नै थिएन । श्रीमतीको कम बोल्ने, नखुल्ने र मानिससँग घुलमिल हुन नचाहने बानी उनलाई अलि मन परेको थिएन ।

कहिलेकाहीँ उनी चिन्तित पनि हुन्थे । घरव्यवहारको केही जिम्मेवारी दिनुप¥यो भने के गर्ने ? छोराछोरी कसरी हुर्काउने ?उनको मनमा यस्तो तर्कना आए पनि श्रीमतीबाट आफूले पाइरहेको स्वतन्त्रता र कुनै सिकायत नगर्ने बानीले गर्दा
सन्तुष्ट थिए ।

 

समय बित्दै जाँदा श्रीमतीको स्मार्ट फोनप्रतिको लगाव बढी नै हुन थाल्यो । यो

देखेर पतिले हेडफोन अफिसमा लगेर थन्क्याइदिए । बिस्तारै श्रीमतीले काममा पनि ध्यान कम दिएजस्तो लाग्यो । पत्नी शुरु–शुरुमा गीत सुन्दा भिडियो क्लिप पनि भए फोनमा हेरिरहन्थिन् ।

पछि गीत मात्र सुन्दा पनि फोनमै एकटकले हेरिरहने बानी बस्यो । के हेरिरहेकी छन् भनेर उनले बुझ्न सकेका थिएनन् । पछि–पछि त गीत बज्न छोडिसकेपछि पनि उनी फोन नै हेरिरहने भइन् । अलि पछि त गीत सुन्ने भन्दा पनि एकटक लगाएर फोनमा मात्रै हेरिरहने गर्न थालिन् ।

केही अरु नै रमाइला कुरा हेरेको होला भन्ने लाग्यो पतिलाई । गीत मात्र सुनिरहने बानी हटेकोमा खुशी पनि भए । तर टोलाएर बस्दा कहिलेकाहीँ फोनतिर हेरेर मुसुमुसु हाँस्न थालिन् । यसले पतिको मनमा चिसो पस्यो ।

एकदिन त्यसै गरी हाँसिरहेको बेला बिस्तारै पछाडिबाट हेरे । फोनको स्क्रिनमा केही थिएन, फोन अफ थियो । यो देखेर उनी डराए, के हो यस्तो ? के भयो ?
फेरि उनले फोनमा हेरेको मात्रै होला, केही सम्झेर हाँसेको होला भनेर चित्त बुझाए ।

 

 

 

 

अलिक दिनपछि श्रीमती फोनमा हेरेर मुस्कुराउने मात्र हैन, केही गुन–गुन गरी बोल्न थालिन् । एकपटक उनीहरू टेबलमा खाना खाँदै थिए । श्रीमतीको ध्यान खानातिर थिएन, टेबुलमा राखेको फोनतिर थियो, उनी फोन हेर्दे हाँस्दै, के–के बोल्दै थिइन् ।

पतिले सोधे, ‘के हो यो ? के भनेको ?’ उनले ‘केही पनि होइन, त्यसै’ भनेर झटपट फोन अन्तै राखिन् । अनि पतिसित कुरा गर्न खोजिन् । पति चिन्तित भए । तैपनि उनले ‘अरु त केही खराब भा’छैन, शायद आफूलाई मन पर्ने गीत मनमनै गुनगुनाएको हुनुपर्छ’ भनेर चित्त बुझाए ।

तर पत्नीमा फोनमा टोलाउने, नबुझिने गरी एक्लै गुनगुनाउने, मुसुमुसु हाँस्ने कार्य बढ्न थाल्यो । घरको काममा बेवास्ता गर्ने, भान्सामा कमै बस्ने र पतिको लवाइ–खवाइमा पनि पहिले जस्तो ध्यान दिन छोडिन् । श्रीमतीलाई के भइरहेको छ भन्ने पतिले सोच्नै सकिरहेका थिएनन् ।

उनमा चिन्ता बढ्न थाल्यो ।यस्तै चिन्ताग्रस्त अवस्थामा एकदिन पति भान्साको कुर्सीमा बसेर चुपचाप चिया पिइरहेका थिए । अकस्मात् श्रीमती रिसले आगो हुँदै कराइन्, ‘मलाई किन गाली गरेको ? चुप लाग् ।’ सधैँ हजुर मात्रै भन्ने पत्नीले तँकारेको गाली, त्यो पनि विनाकारण !

उनले केही बोलेकै थिएनन् तर श्रीमतीले गाली गरेको सुनिछन् । उनले नजिकै गएर ‘के भयो तिमीलाई ?’भनेको मात्र थिए, पत्नीले दुवै हातले पतिलाई घचेडिन् र हतार–हतार भान्साबाट निस्किन् ।

त्यस दिन पति खाना पनि नखाई अफिस गए । अब उनलाई श्रीमती ठीक अवस्थामा छैनन् भन्ने पक्का भयो । तर के भएको हो ? चाल पाउन सकेनन् । खुल्दुली बढ्दै गयो । एकदिन बिस्तारै श्रीमती भएको कोठामा चिहाए ।

श्रीमती कसैसँग चर्काे स्वरमा कुरा गरेझँै बोलिरहेकी थिइन् तर कोठामा अरु कोही थिएन, हातमा फोन पनि थिएन । यो देखेर पतिलाई रिस पनि उठ्यो । उनले झर्कंदै भने, ‘के भित्तासँग कुरा गरिहेकी ?’

पतिको कुरा सुन्नेबित्तिकै श्रीमतीले अगाडि जे थियो त्यही उचालेर पतितिर फाल्दै ‘मेरो चियो किन गरेको, किन पिछा गरेको ?’ भनिन् । उनले थपिन्, ‘तैंले मेरो विरुद्ध षड्यन्त्र गर्दै छस् भनेर मलाई शंका लागेको थियो, निस्केर जा यो घरबाट, मेरो नजिक नआइज ।’

श्रीमतीको यो बरबराहट सपना हो कि विपनाजस्तो लाग्यो । उनले केही दिनअगाडिको घटना सम्झिए । उनी साथीको घरमा जाँदा साथी एक साइक्याट्रिस्टले लेखेको किताब पढ्दै रहेछ । टेबुलबाट उठाएर उनले त्यो किताब पल्टाएर बीच–बीचका केही हरफ पढे ।

त्यहाँ उनले ‘भगवान्सँग कुरा गर्ने पण्डित’ शीर्षक देखेर केही लाइन पढेका थिए । अहिले उनलाई त्यो सम्झेर कमसेकम त्यो च्याप्टर पूरै पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । उनले सोचे, ‘मेरी श्रीमती धर्मभिरु, धार्मिक किताब पढ्नमा रुचि, मिथक दन्त्यकथाहरू मन पर्ने, पौराणिक कथा र ईश्वरमा विश्वास गर्ने, ईश्वरको कृपा, आशीर्वाद हुन्छ भन्ने ठान्ने !

कतै उसले स्तुति गान गरेकी पो हो कि ? या विश्वास गर्दा–गर्दा भगवान्को स्वर सुने जस्तो पो लाग्यो कि ?’उनलाई श्रीमतीसँग कुरा शुरु गर्न पनि डर लाग्न थाल्यो, यसो मुड हेरेर बोल्थे । पत्नीले उनकै अगाडि पहिले जस्तो एक्लै बोल्ने, हाँस्ने गर्न छाडेकी थिइन् । आक्क्लझुक्कल टोलाउँथिन् ।

आकाशवाणीका शब्द भगवान्का हुन् कि भगवान्ले आफ्नो मनमा पैदा गरिदिएका हुन् ? ‘मेरा आफ्नै विचार आफैलाई गुन्जिएछन्’ भन्न थालिन् ।

एकदिन श्रीमती शान्त र अलि खुशीजस्ती देखिएको बेला डराई–डराई सोधे, ‘कसैको आवज सुनिन्छ, हो ?’

पतितिर फर्केर मुसुक्क हाँस्दै भनिन्, ‘तपाईंले पनि सुन्न थाल्नुभयो र ?’
‘त्यस्तै लाग्यो ?’

यसपटक श्रीमती रिसाइनन्, शान्त रहिन् ।
उनले फेरि सोधे, ‘प्रस्टै सुनिन्छ ?’

‘अँ….. ।’
‘धेरै आवाज आयो भने त डिस्टर्ब गर्छ रे नि ?’
उनले जवाफ दिइनन् ।
‘धेरै गाह्रो भयो भने भन है, कम गर्न मिल्छ रे !’
‘के रे ?, कम गर्ने रे ? के कम गर्ने ?’
‘हैन, मन थाक्यो भने मनलाई अझ शान्त पारी एकाग्र भएर सुन्न सकिन्छ भनेको ।’
‘ए त्यसो त हुन्छ, कहिलेकाहीँ सुन्न गाह्रो भा’छ, अबेरसम्म आवज सुनिरहँदा निदाउन सक्दिनँ ।’

श्रीमतीको स्वर शान्त र सहयोगी भएकोमा उनी खुशी थिए तर त्यस्तो विकृति थाहा पाउँदा चिन्तित । ‘धेरै धार्मिक स्वभाव र एकोहोरो गीत सुन्ने बानीले यस्तो भ्रम भएको हो कि भन्ने भयो ।

उनको एकजना साथीले यस्तै समस्या भोगेका थिए । साथीकी आमा, बहिनी, दाइसमेत बिरामी परेका । सल्लाह लिन गए । कुरा सुन्नेबित्तिकै साथीले ठाडै भन्योे, ‘तिम्री बूढी खुस्किन्, यो त कडा मानसिक रोग साइकोसिस हो ।’
अनि ‘त्यो भगवान्को आवाज आकाशवाणी के हो ?’

‘त्यो पागलपनको लक्षण, डाक्टरहरूले अडिटरी ह्यालुसिनेसन (Auditory Halluciantion) भन्छन् । तिम्रो–हाम्रो बुझाइमा श्रुतिभ्रम या पागलपन नै हो ।’

उनी छाँगाबाट खसेजस्तै भए । उनले साथीकी आमा, बहिनीको अवस्था देखेका थिए । सम्झँदै कहाली लाग्यो । त्यस्तै भयो भने जिन्दगी के गरी जिउने ? श्रीमतीलाई कसरी सम्हाल्ने र घर कसरी चलाउने ? भन्ने भयो ।

‘ल मलाई सहयोग गर, मैले त श्रीमतीलाई डाक्टरकहाँ लान सक्दिनँ, औषधि खान पनि मान्दिन, कसरी गर्ने ?’ चिन्तित हुँदै साथीलाई सोधे ।
‘अरु विचारै नगर, सीधै साइक्याट्रिस्टकहाँ जाऊ ।’

‘कुन राम्रो होला, तेरो अनुभवमा ?’‘सबै एकसे एक छन्, जसकहाँ गए पनि हुन्छ । बूढाखाडाभन्दा भर्खरै आएका अलि मिहिनेत गर्छन्, छिटो निको पारेर जश लिनु छ तिनलाई, सकेसम्म नयाँ डाक्टरलाई भेट ।’

उनले नजिकैको अस्पतालको मनोचिकित्सकलाई भेटेर सल्लाह लिए र त्यसैअनुसार गर्न थाले । श्रीमती डाक्टरकहाँ जान नमान्ने र औषधी पनि नखाने । डाक्टरले विकल्प सुझाएर औषधि पार्न लागाए छन् ।

उनी डाक्टरको सल्लाहअनुसार श्रीमतीको उपचारमा तल्लीन भए । श्रीमतीले शुरुमा ‘आकाशवाणी त अब मनभित्रबाट आउन थाल्यो’ भनिन्, अलि पछि ‘मेरो टाउकोभित्र मात्रै गुन्जिन्छ’ भन्न थालिन् ।

केही समय औषधि परेपछि श्रीमतीलाई द्विविधा हुन थालेछ । ‘आकाशवाणीका शब्द भगवान्का हुन् कि भगवान्ले आफ्नो मनमा पैदा गरिदिएका हुन् ? ‘मेरा आफ्नै विचार आफैलाई गुन्जिएछन्’ भन्न थालिन् ।

अन्त्यतिर, ‘मेरा मनका विचार तीव्र भएर तिनै विचार स्वरको रुपमा कानमा, मनमा अनि शिरमा गुन्जिएछन्’ भनिन् । पछि ‘भ्रम पो भएछ’ भन्न थालिन् ।
कुनै तरिकाले औषधि परिरहेको थियो । कहिले टोनिक त कहिले जडीबुटी, कहिले नसाको दबाइ भन्दै झुक्याउँदै दिइरहेको थियो ।

उनी भन्दै थिइन्, ‘भगवान्को आवाज बन्द भएकोमा दुःख लाग्यो । आकाशवाणी त सुन्न पाए हुन्थ्यो ।’ तर आवाज नसुन्दा मनमा शान्ति आएको, फेरि संगीत सुन्ने रहर पलाएको कुराचाहिँ स्वीकार्न थालिन् ।

रोगको कुरै गर्न हुँदैन थियो । ‘आवाज त भगवान्का भक्तले मात्र सुन्छन्’ भन्थिन् । विभिन्न धर्मका गुरुहरूले ध्यान, तपस्यामा बसेर दिव्यवाणी सुन्ने गरेको बताउँथे । उनलाई सम्झाउन सम्भव थिएन । उनी चुपचाप सुन्थे, ती आवाज बन्द भएको र श्रीमती सही ठाउँमा आउन लागेकोले सन्तुष्ट थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्