रोचक जानकारी



१. हिँड्नु, दौडिनुजत्तिकै स्वास्थ्यवद्र्धक हुन्छ ।

२. सबै प्रकारका क्यान्सरभन्दा हृदय रोग बढी घातक हुन्छ ।

३. रंगहरूले मानिसको मुडलाई असर गर्ने गर्छ । कूल टोनको रंगले शान्ति र खुशीको भावना जगाउँछ भने वार्म टोनको रंगले क्रोध वा ऊर्जाको भावना जगाउने गर्छ । कूल टोनका रंग जस्तै– सेतो, आकाशी, फिक्का गुलाफी आदि रंगहरू हुन् भने वार्म टोनका रंग जस्तै– रातो, कालो, नीलो आदि रंगहरू हुन् ।

४. अदुवाले शरीरको मासु बाँउडिने समस्या कम गर्न मद्दत गर्दछ ।

५. स्वास्थ्यका लागि चिसो तापक्रमभन्दा तातो तामक्रम उपयुक्त मानिएको छ । चिसो तापक्रमले एलर्जी र सुजन कम गर्न मद्दत गर्ने अनुसन्धानबाट पाइएको छ । चिसोले अझ स्पष्टसँग सोच्न र दैनिक कार्यहरू राम्रोसँग गर्न पनि सहयोग गर्छ ।

६. आँखाको वरिपरि वा आँखाको माथिल्लो पलकमा पहेँला धब्बाहरू (xanthelasma) देखिएमा कोलेस्टेरोल वृद्धि भएको संकेतको रुपमा बुझ्न सकिन्छ ।

७. भिटामिन ‘बी ६’ ले दिमागलाई सेरोटोनिन उत्पादन गर्न मद्दत गर्दछ । यसले मुडलाई स्थिरता प्रदान गर्न सहयोग पु¥याउँछ ।

८. स्विमिङ पुलमा पिसाब गर्नु जोखिमपूर्ण हुन सक्छ । किनभने स्विमिङ पुलको पानीलाई स्वच्छ बनाउन क्लोरिन मिसाइएको हुन्छ । पिसाब र क्लोरिनको मिश्रणबाट जोखिमयुक्त रसायनहरू उत्पन्न हुन्छन्, जुन मुटुको लागि हानिकारक हुन्छ ।

९. बिहान घाम ताप्नु फाइदाकारक हुन्छ । बिहानको सूर्यको किरणले वजन घटाउन पनि सहयोग गर्दछ ।

१०. ग्रिन टीले स्मरण शक्ति वृद्धि गर्न मद्दत गर्छ ।

११. रातो मासुले शरीरको गन्धलाई झन् नराम्रो बनाउँछ ।

१२. तनावले एलर्जीलाई अझ खराब बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्