राम्रो स्वास्थ्यको लागि यौन



हिक्मत डंगोल

यौन मानव विकासको एक सुन्दर अवस्था हो र सबैभन्दा आनन्ददायक क्रिया पनि । स्वस्थ यौनसम्पर्कले जीवनलाई अधिक सुन्दर र प्रगाढ बनाउँछ । यदि यौनजीवन सुखद छैन भने दम्पतीबीच यही कारणले मनमुटाव शुरु हुन्छ । उनीहरू तनावमा हुन्छन् र मानसिक सन्तुलन गुमाउँछन् । यस सन्दर्भमा विश्वविख्यात यौनविद् डा. पियटर्स ग्रेरीले पुरुष र स्त्रीबीच राम्रोसँग मानसिक र शारीरिक स्वास्थ्य तालमेल कायम गर्नका लागि केही महत्वपूर्ण उपायहरू उल्लेख गरेका छन् ।

यदि यौनजीवन सुखद छैन भने दम्पतीबीच यही कारणले मनमुटाव शुरु हुन्छ । उनीहरू तनावमा हुन्छन् र मानसिक सन्तुलन गुमाउँछन् । यस सन्दर्भमा विश्वविख्यात यौनविद् डा. पियटर्स ग्रेरीले पुरुष र स्त्रीबीच राम्रोसँग मानसिक र शारीरिक स्वास्थ्य तालमेल कायम गर्नका लागि केही महत्वपूर्ण उपायहरू उल्लेख गरेका छन् ।

१. खाना खानेबित्तिकै यौनक्रिया गर्नुहुँदैन । यसबाट पाचनक्रियामा असर पार्छ ।

२. मध्यरातमा गरिएको यौनक्रीडा अति नै आनन्दादायक हुन्छ । सूर्र्योदयभन्दा अगाडि गरिएको यौनसम्पर्कले दिनभरि ऊर्जा प्रदान गर्छ ।

३. सधैँ एकजनासँग मात्र यौनसम्पर्क गर्नु उचित हुन्छ ।

४. कहिल्यै पनि यौनकर्मी महिलासँग यौनसम्पर्क गर्नुहुँदैन । यदि गर्नु नै परेमा अनिवार्यरुपमा कन्डम प्रयोग गर्नुपर्दछ ।

५. एकपटकको वीर्य स्खलनमा कम्तीमा ३ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ । सहवासपछि स्त्रीको योनिद्वारबाट वीर्य लिएर परीक्षण गरी कत्तिको स्वस्थ छ, पत्ता लगाउनुपर्छ ।

६. स्वस्थ र सुन्दर सन्तान पाउनका लागि शुक्राणुहरू स्वस्थ हुनु जरुरी छ । शुक्राणुहरू अस्वस्थ हुनुको प्रभाव पत्नीको स्वास्थ्यमाथि पनि पर्दछ । यदि कुनै स्त्री अस्वस्थ, शुक्राणु भएको पुरुषसँग यौनसम्पर्क गर्छिन् भने उनी कैयौं प्रकारका रोगहरूबाट पीडित हुन सक्छिन् । अस्वस्थ शुक्राणुहरूमा फ्री रेडिकल्स हुन्छ, जसले स्त्रीको गर्भाशयका कोशिकाहरूलाई नोक्सान पु¥याउँछ । तसर्थ शुक्राणुहरूलाई स्वस्थ र निरोगी बनाइराख्नको लागि जीवनशैली र आहारविहारमा परिवर्तन गर्नुपर्दछ ।

७. पुरुषको शुक्राणुलाई स्वस्थ एवं गतिशील बनाइराख्नको लागि आफ्नो आहारमा भिटामिन ए, बी, सीयुक्त फलफूल र साग एवं तरकारीको सेवन गर्नुपर्दछ । यसले स्वास्थ्यको साथसाथै शुक्राणुलाई पनि स्वस्थ बनाइराख्छ ।

८. पुरुष एवं स्त्रीको कामेच्छामा निकै अन्तर छ । पुरुष केवल स्पर्श र स्त्रीको शरीर हेर्नाले नै उत्तेजित हुन्छ । जबकि स्त्रीको काम चेतना निकै गहिरो हुन्छ । यौन सक्रियताको लागि यस क्रियामा हतारले काम गर्नुहुँदैन ।

९. स्त्रीको योनिभित्र एक यस्तो स्थान हुन्छ, जसमा शिश्नको घर्षणबाट उसलाई भरपूर आनन्द मिल्छ । यसलाई ‘जी स्पट’ भनिन्छ । यौन विशेषज्ञहरूका अनुसार योनिको आसपास जी स्पट हुन्छ । जी स्पटलाई खोजेर त्यसलाई औंलाले चलाउन पनि सक्नुहुन्छ ।

१०. यौनमा आसनको ठूलो महत्व छ । सधैँभरि एकै तरिकाले यौनसम्पर्क गर्नाले यौन जीवनमा निरासा आउँछ । अलग–अलग आसनले यौनको आनन्द बढाइदिन्छ । दुवैको सहमतिमा जुन आसन मन पर्छ, त्यही आसनमा यौनसम्पर्क गर्नुहोस् ।

११. यौनक्षमतामा कमी अर्थात् नपुंसकता जसलाई जुनसुकै उमेरमा पनि हुन सक्छ । यसबाट भयभीत हुनुहुँदैन । नपुंसकताको समस्यालाई हटाउने धेरै उपायहरू छन् । जसलाई अपनाएर यौनको आनन्द लिन सकिन्छ ।

१२. यदि कुनै पुरुषले लामो समयपछि यौनसम्पर्क गर्छ भने उसलाई शीघ्रपतनको समस्या हुन सक्छ । तर केही समयपछि उसले पुनः यौनसम्पर्क गरेमा भने त्यसबाट धेरै यौन आनन्द लिन सक्छ ।

१३. केही पुरुषहरू यौनसम्पर्कको बेला वीर्य स्खलन नहोस् भनेर लिंगमा दबाएर त्यसको मुख बन्द गरिदिन्छन् । यसो गर्नु उचित होइन । यसबाट शारीरिक हानि हुन्छ । यौनक्रिया गर्दा वीर्य स्खलन हुनु प्राकृृतिक प्रक्रिया हो । वीर्य आफ्नो स्थानबाट निस्किसकेपछि पुनः आफ्नो स्थानमा जाँदैन । त्यसैले लिंगमा कुनै दबाब दिएर वीर्यलाई रोक्नु उचित होइन । अत्यधिक दबाबले लिंगलाई क्षति पुग्छ ।

१४. वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार योनिको १.५ से.मि. भाग संवेदनशील हुन्छ । त्यसैले स्त्रीलाई सन्तुष्ट पार्न लिंगको आकारसँग कुनै सम्बन्ध रहँदैन । लामो र मोटो लिंग उत्तेजित अवस्थामा ७५ प्रतिशतसम्म बढ्छ, जबकि छोटो र पातलो लिंग
उत्तेजित हुँदा शत प्रतिशतसम्म बढ्छ ।

१५ ब्लड प्रेसरको रोगीले धेरै प्रकारका यौन समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । लामो समयसम्म ब्लड प्रेसरबाट पीडित हुँदा यौनसम्बन्धमा अरुचि र नपुंसुकताको समस्या देखिन्छ । तसर्थ ब्लड प्रेसरको नियन्त्रणको लागि रोगीले आफ्नो दिनचर्या एवं खानपानमा परिवर्तन ल्याउनु जरुरी छ ।

१६ निद्राको लागि प्रयोग गरिने औषधिहरूमा डायजेपाम, बेलियम र कम्पोजको डोजले मस्तिष्कलाई शिथिल गर्छ । यसबाट कामकेन्द्रलाई पनि प्रभाव पारी यौन इच्छालाई कम गरिदिन्छ ।

१७ मनलाई शान्त गर्ने केही औषधिहरूमा लिबियम र इक्युलिबियमले मस्तिष्क क्षेत्रमाथि प्रभाव गर्छन्, यसको साथै यिनीहरूले लिंग उत्थानमा बाधा एवं कामोत्तेजनामा कमी पनि ल्याउँछन् ।

१८ कुनै पनि किसिमको टाउको दुखाइ, ढाड दुखाइ या शरीरको कुनै भागमा दुखाइ किन नहोस्, यौनसम्पर्क गरिसकेपछि त्यो दुखाइ कम हुन्छ । किनकि यौनसम्पर्कको बेला शरीरमा यस्ता रसायनहरू उत्पन्न हुन्छन्, जसले पीडालाई कम पार्ने गर्छ ।

१९ नियमित रुपले यौनसम्पर्क गर्नाले मुटुको रोग एवं ब्लड प्रेसरको सम्भावनालाई पनि कम गरिदिन्छ ।

२० यौनसम्पर्कले थकान एवं जोर्नीहरूको पीडालाई कम गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दा शरीरमा एक प्रकारको बायोकेकिमकल उत्पन्न भएको हुन्छ, जसले थकाइ र जोर्नीहरूको पीडालाई ठीक गर्छ ।

२१ यौनसम्पर्कको समयमा स्त्रीको शरीरबाट प्रतिमिनेट ८ क्यालोरी तथा पुरुषको शरीरबाट प्रतिमिनेट १२ क्यालोरी खर्च हुन्छ, जुन भरपूर शरीरको लागि व्यायाम हो ।

२२ सफल यौनसम्पर्कपछि शरीरमा चुस्त र फूर्ति आउँछ । त्यही बेला मनमा आनन्द र प्रसन्नताको अनुभूति पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्