औषधि उत्पादक संघमा क्षेत्री



नेपाल औषधि उत्पादक संघको अध्यक्षमा नारायणबहादुर क्षेत्री विजयी हुनुभएको छ । हालै भएको वार्षिक साधारणसभाले क्षेत्रीलाई दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो । अध्यक्ष पदका अर्का प्रत्यासी प्रज्वलजंग पाण्डेभन्दा पा“च मत बढी ल्याई क्षेत्री विजयी हुनुभएको हो । क्षेत्री यसअघि औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

संघको कार्यसमितिमा सुवर्णभक्त जोशी, प्रभात रूंगटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेशप्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य चुनिनुभएको भएको छ ।

प्रतिक्रिया दिनुहोस्