औषधि बिक्रीमा रोक



ग्यास्ट्रिकको उपचारका लागि प्रयोग हुने र्‍यानिटिडिन समूहको औषधिमा क्यान्सर गराउन सक्ने तत्व पाइएकोले त्यस्तो तत्व नभएको एकिन गर्ने व्यवस्था गर्न औषधि व्यवस्था विभागले सम्बद्ध पक्षलाई आग्रह गरेको छ । उक्त औषधिमा ‘नाइट्रोसमाइन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडीएमए)’ थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने उल्लेख गरिएको छ ।

इम्पुरिटी इन्टरनेसल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले यो औषधिले क्यान्सर गराउन सक्ने भन्दै वर्गीकरण गरेपछि औषधि व्यवस्था विभागले स्वदेशी औषधि उत्पादक र आयातकर्ताहरूलाई क्यान्सर गराउन सक्ने तत्व नभएको एकिन गर्न आग्रह गरेको हो ।

यस्तै गरी औषधि व्यवस्था विभागले केही औषधिहरूको गुणस्तर न्यून रहेको नमुना परीक्षणमा पाइएकाले तोकिएका ब्याचका त्यस्ता औषधिहरू बिक्री वितरण नगरी बजारबाट फिर्ता लिन सूचना जारी गरेको छ । Relyte (ORS), Zonacef 200mg tablet, Tor 10mg tablet, Tor 20mg tablet का केही ब्याचका औषधि गुणस्तरहीन पाइएकाले ती औषधि बिक्री वितरणमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्