सय प्रभावशाली महिला सूचीमा बोनिता



बीबीसीले तयार पारेको २०१९ को एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा पनि छानिएकी छन् । बीबीसीले ६ वटा क्याटेगोरी तयार पारेर समाजमा प्रभाव छोड्न सफल महिलाहरूमध्ये एक सय प्रभावशाली महिलाको सूची हालै सार्वजनिक गरेको थियो ।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारका क्याटेगोरीमा विभाजन गर्दै एक सय महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा छनौट गरिएको जनाइएको छ । बोनिता र उनको संस्थाले अगाडि ल्याएको ‘पोषण र महिनावारी माला’का कारण छोटो समयमै उनीहरूको कामको प्रभाव देखिन शुरु भएको थियो । सन् २०१६ देखि सक्रियरुपमा काम गर्दै आएको उनीहरूको संस्थाले कुपोषण र भोकमरीको अन्त्य गर्नु मुख्य उद्देश्य राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्