कोल्ड चेन विस्तार गरिने



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलकका थप १ सय ८५ स्थानमा कोल्ड चेन विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखाका अनुसार सरकारले कोल्ड चेन इक्युपमेन्ट अप्टिमाइजेसनको चारबर्से आयोजनाअन्तर्गत पहिलो चरणको कोल्ड चेनसम्बन्धी उपकरण जडान गर्न लागेको हो । यो आयोजनाले खोपको गुणस्तर कायम राख्ने, खोप ढुवानी गर्ने लगायतका काम गर्छ ।

खोप उत्पादन भएदेखि सेवाग्राहीले खोप नलगाउन्जेलसम्म खोपलाई तोकिएको तापक्रममा राख्ने उपकरणलाई कोल्ड चेन उपरकण भनिन्छ । यसले खोपको गुणस्तर बिग्रन नदिई यथावत् राख्न मद्दत गर्छ । सरकारले खोपका लागि अन्तर्राष्ट्रिय एलाइन्स गाभीको समेत सहयोगमा चार वर्षभित्र देशभर कोल्ड चेन विस्तार गर्न रु. ३० करोड बराबरको उपकरण जडान गर्ने लक्ष्य राखेको छ । यस कार्यबाट बालबालिकालाई गुणस्तरीय खोप नियमितरुपमा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्