मोटोपनबाट कसरी जोगिने ?



मानिसको मोटोपनले धेरै किसिमका रोग हुने भएकाले विश्वमा नै यो समस्याका रुपमा देखिएको छ । विशेष गरी शहरी क्षेत्रमा बस्ने बालबालिकादेखि नै यो समस्याका रुपमा देखिन थालेको छ । चिकित्सकहरुलाई मोटोपनको समस्या डायग्नोसिस गर्न सजिलो भए पनि उपचार गर्न गाह्रो छ । किनभने औषधिले भन्दा पनि व्यक्ति स्वयंले आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन नगरी मोटोपन घटाउन सकिन्न ।

केटाकेटीहरुमा मेडिकल कारणले पनि तौल बढेको हुन्छ । यदि मेडिकल कारणले तौल बढेको होइन भने क्यालोरीयुक्त खाना घटाउने र शारीरिक गतिविधि बढाएर तौल नियन्त्रण गर्न सकिन्छ ।

तौल बढ्न नदिने केही उपाय : 

*ठिक्क मात्रामा मात्र खाने, हरेक गाँस राम्ररी चपाएर मात्र खाने र पेट फुल्ने गरी नखाने ।

*खानाको मात्रा धेरै चाहिने हो भने फलहरु र हरियो तरकारीको मात्रा बढाउने ।

*प्रोटिनयुक्त खाना– मासु, गेडागुडी, अण्डा, दुग्धपदार्थ, बोसो एवं चिल्लो पदार्थ आदि कम खाने ।

*आधा जति खानामा अन्नको सम्पूर्ण मात्रा (whole grains) हुनुपर्छ ।

*कम चिल्लो भएको वा चिल्लो नै नभएको दूध खाने, पानी आवश्यक मात्रामा खाने तर पानीलाई चिनीयुक्त झोलले प्रतिस्थापन नगर्ने ।

*नून बढी भएको वा नूनको मात्रा धेरै हुने गरी खाना नखाने । पाकेटबन्द खानालाई सकेसम्म नखाने वा सीमित गर्ने ।

*तारेका, भुटेका खाना सकेसम्म नखाने ।

*हरेक दिन कम्तीमा ४५ मिनेट पसिना आउने गरी व्यायाम गर्ने, जसले गर्दा कुनै पनि दिन तपाईंको अलिकति पनि तौल नबढोस् ।

प्रतिक्रिया दिनुहोस्