कुपोषण घटाउने प्रयास



‘पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ हालै काठमाडौंमा सञ्चालन भएको पोषणसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय सम्मेलन कुपोषण घटाउन निजी क्षेत्रसँग सहकार्य गर्ने आवश्यकता औंल्याउँदै सम्पन्न भएको छ ।

६१ मुलुकका प्रतिनिधि सहभागी रहेको उक्त सम्मेलनले निजी क्षेत्रसँग सहकार्य गर्न नसक्नु नेपालको कमजोरी ठहर्‍याइएको थियो । नेपालमा ५० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणका कारण प्रभावित भएको विवरण उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

उक्त सम्मेलन राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले संयुक्तरुपमा आयोजना गरेका थिए । कार्यक्रममा योजना आयोगले सन् २०२५ सम्ममा बालबालिकामा हुने होचोपनालाई ४० प्रतिशत तथा महिलामा हुने रक्तअल्पतालाई ५० प्रतिशतले कमी गर्ने लक्ष्य राखेको र यसका लागि व्यवसायीहरुसँग सहकार्य गर्ने जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्