कान्तिमा अक्सिजन प्लान्ट



कान्ति बालअस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने सम्बन्धमा सो अस्पताल र काठमाडौं महानगरपालिकाबीच हालै सम्झौता भएको छ । कान्ति बालअस्पतालमा आयोजित यससम्बन्धी कार्यक्रममा अस्पतालका निर्देशक डा. आरपी बिच्छा र महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन प्लान्ट खरिदका लागि महानगरपालिकाले २ करोड विनियोजन गरेको जानकारी गराउनुभएको थियो ।

सो अवसरमा कान्ति बालअस्पतालका निर्देशक आरपी बिच्छाले अस्पतालमा दैनिक करिब ५० वटा ठूला अक्सिजन सिलिन्डिर खपत हुने र त्यसका लागि वार्षिक करिब ६३ लाख रुपियाँ खर्च हुने गरेकोमा अक्सिजन प्लान्ट स्थापनापछि सो रकम बचत हुने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्