लाइफ सपोर्ट उपकरण सञ्चालन तालिम



मेडिकल उपकरण निर्माणमा ख्याती कमाएका कम्पनी मिन्द्रे तथा जनरल मेडिकल सप्लायर्स प्रा.लि.को संयुक्त आयोजना तथा बायोमेडिकल इन्जिनियरिङ एसोसिएसन र बायोमेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपालको सहकार्यमा उच्चकोटीको बायोमेडिकल प्रविधि आदानप्रदान र सेवा तालिम कार्यक्रम हालै सम्पन्न भयो ।

अति संवेदनशील उपकरणहरुको प्रयोग सही तरिकाबाट गर्न नसकेको खण्डमा त्यस्ता उपकरणबाट जति लाभ प्राप्त गर्नुपर्ने हो त्यति परिणाममा हुन नसक्ने भएकोले पनि तालिमको आवश्यकता परेको कार्यक्रममा बताइयो ।

त्यस्ता उपकरणहरुको प्रयोग र मर्मत सही तरिकाले हुन सकोस् र त्यसको व्यवस्थापन प्रभावकारी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । त्यसका लागि चीनको मिन्ड्री कम्पनीका विशेषज्ञहरुको टोली काठमाडौं आई यहाँका अधिकांश अस्पतालका करिब ६० जना बायोमेडिकल इन्जिनियर्स तथा प्राविधिज्ञहरुलाई एकै थलोमा भेला गरी कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्