दाँतबाट मृतकको पहिचान



मानिसको मृत्युपछि दाँतबाट सनाखत गर्ने दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली दन्तचिकित्सकलाई हालै तालिम दिइएको छ ।

त्रिवि शिक्षण अस्पताल, दन्त विभाग र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को संयुक्त आयोजनामा सातै प्रदेशका सरकारी अस्पतालमा कार्यरत २३ जना चिकित्सकहरुलाई उक्त तालिम दिइएको हो ।

सो तालिममा दन्त चिकित्सकहरुलाई मृत्युपछि दाँतको माध्यमबाट सनाखत गर्ने तरिका, रिपोर्ट तयार गर्ने, रेकर्ड राख्ने र प्रहरीलाई दिने रिपोर्ट तयार गर्ने लगायतका विषयमा तालिम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्