किटो डाइट तौल घटाउन कति उपयोगी ?



प्रा. जया प्रधान (पीएचडी पोषण)

शोभा २१ वर्षकी युवती हुन् । उनले २ महिनाअगाडिदेखि किटो डाइट प्रयोग गरेर आफ्नो शरीरको तौल घटाएकी छिन् । २ महिनाअगाडि ५ फिट ५ इन्च अग्ली र ५८ के.जी. तौल भएकी शोभाले किटो डाइटमा बसी १० के.जी. तौल घटाइन् । उनको उचाइ र तौलअनुसार बीएमआई (बडी मास इन्डेक्स) २२.१ थियो भने अहिले उनको १८.२ मा झरेको छ ।

उचाइअनुसार शरीरको तौल ठीक छ वा छैन भन्ने कुरा साधारणतया बीएमआईको एकाइबाट नापिन्छ । एक स्वस्थ व्यक्तिको ठीक बीएमआई १८.५ देखि २२.९ मानिन्छ । यदि यस मापनलाई मान्ने हो भने शोभाको पहिलाको बीएमआई ठीक श्रेणीमा भएको पाइन्छ भने पछाडिको बीएमआई ठीक एकाइभन्दा कम देखिन्छ । पौष्टिक दृष्टिकोणले हेर्ने हो भने १८.२ बीएमआई कम भएको र यस्तो स्थितिलाई न्यून पोषण भएको मानिन्छ ।

आजकल युवावर्गमा मात्र नभई वयष्कहरुमा पनि किटो डाइटको प्रभाव देखिन्छ । खासगरी किटो डाइट बढी तौल भएका व्यक्तिमा तौल घटाउने उद्देश्यले विशेषज्ञको सिफारिसमा दिइन्छ । यसलाई किटो जेनिक डाइट पनि भनिन्छ । शरीरबाट चिल्लो पदार्थको मात्रा अथवा बोसो घटाई शरीरको तौल घटाउने उद्देश्यले यो डाइट
सिफारिस गरिन्छ ।

बढ्दो उमेरका केटीहरुमा किटो डाइटप्रति बढ्दो अकर्षण भएको देखिन्छ । लामो समयसम्म यस प्रकारको डाइटमा बस्दा शरीरको तौल आवश्यकताभन्दा निकै घट्ने र हर्मोनको कार्यमा असन्तुलन हुन सक्ने हुन्छ ।

यस प्रकारको डाइटमा कुल क्यालोरी १०० प्रतिशतमध्ये ६० देखि ७५ प्रतिशत चिल्लो पदार्थ, १५–३० प्रतिशत प्रोटिन र ५ देखि १० प्रतिशत मात्र कार्बोहाइड्रेटबाट क्यालोरी प्राप्त हुने किसिमले व्यवस्था गरेको हुन्छ । यसमा करिब २०–५० ग्राम प्रतिदिन कार्बोहाइड्रेट पाइने किसिमले व्यवस्था गरेको हुन्छ । जबकि सन्तुलित भोजनमा कुल क्यालोरीमध्ये ६०–६५ प्रतिशत कार्बोहाइडे«ट, १२–१५ प्रतिशत प्रोटिन र २५–३० प्रतिशत चिल्लो पदार्थ विशेषतः अतृप्त फ्याटी एसिडबाट क्यालोरी प्राप्त हुन्छ ।

किटो डाइटमा प्रशस्त मात्रामा चिल्लो पदार्थ नट्स, क्रिम, बटरको प्रयोग गर्नुको साथै पशुजन्य प्रोटिनका खाद्यस्रोत माछा, मासु, अण्डा आदि समावेश गरिन्छ । तर स्टार्चयुक्त खाद्यपदार्थ– फलफूल, साग, तरकारी, अन्न तथा अन्नका परिकार, चिनी आदि पूरै परहेज गरिन्छ ।

सन्तुलित भोजनमा ५ खाद्यसमूहबाट ठीक परिमाणमा विभिन्न खाद्यपदार्थहरु समावेश गरिन्छ तर किटो डाइटको पौष्टिक बनावट सन्तुलित भोजनको भन्दा फरक भएको हुनाले बालबालिका, युवायुवती, गर्भवती, वृद्धवृद्धा तथा विशेष शारीरिक समस्या भएकाहरुलाई यो किटो डाइट सिफारिस गर्न मिल्दैन ।

आजकल किटो डाइटप्रति जोसुकै पनि आकर्षित भएको, यसको प्रयोग जो–कोहीले पनि विनाजानकारी तथा सम्बन्धित विशेषज्ञको सिफारिसविना तौल घटाउनबाहेक देखासिकी अवलम्बन गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस अवस्थामा यसबारे उचित जानकारी राख्न नितान्त जरुरी हुन्छ ।

हुन त शरीरको आवश्यकताअनुसार कम क्यालोरी भएको सन्तुलित भोजन र ठीक मात्रामा गरेको नियमित शरीरिक व्यायामले बिस्तारै शरीरको तौल घटाउन मद्दत पुर्‍याउँछ । यस प्रकार बिस्तारै अवलम्बन गरेको व्यवहारलाई निरन्तरता दिन पनि सजिलो हुन्छ, जबकि बेग्लै प्रकारको पद्धतिलाई दैनिक जीवनमा अवलम्बन गरी निरन्तरता दिन गाह्रो हुनुको साथै समायोजन गर्न नसकी शुरुको अवस्थामा स्वास्थ्यमा प्रभाव पर्न सक्छ । जस्तै– किटो डाइट लिँदा शुरुमा व्यक्तिमा किटो फ्लु हुन सक्छ । थाक्ने, वाकवाक लाग्ने, दिसा–पखाला तथा कब्जियत हुन सक्छ ।

हुन त किटो डाइट बढी तौल भएका व्यक्तिहरुको तौल घटाउन बनाएको भए तापनि मधुमेह भएका व्यक्तिहरुमा रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नको लागि पनि यो डाइट सिफारिस गरिएको कुरा केही अध्ययनले देखाएको छ ।

किटो डाइटको प्रमुख उद्देश्य छिटो तौल घटाउन भए तापनि यसलाई दैनिक जीवनमा निरन्तरता दिन सकिन्छ वा सकिँदैन अथवा यसबाट पौष्टिक तथा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा जान्न जरुरी हुन्छ । यस किसिमको डाइटमा कोर्बोहाइडे«ट नगन्य मात्रामा मात्र हुने भएकाले शक्तिको लागि शरीरमा जम्मा भएको चिल्लो पदार्थ किटोनमा परिवर्तन हुन्छ र यसबाट शक्ति प्राप्त गरिन्छ । जसले गर्दा शरीरमा जम्मा भएको चिल्लो पदार्थबाट शक्ति पैदा भई तौल घटाउन मद्दत पुर्‍याउँछ ।

एक पाउन्ड चिल्लोबाट झन्डै ३५०० क्यालोरी किटो डाइटले मिर्गौलाको कार्यमा प्रभाव पार्न सक्छ । किनकि यसमा बढी मात्रामा पशुजन्य प्रोटिनयुक्त खाद्यपदार्र्थको समावेश हुने भएकाले पिसाब अम्लीय हुने, क्याल्सियम र युरिक एसिड बढ्ने हुन्छ । जसले गर्दा पत्थरी तथा गाउट हुन सक्छ । त्यसकारण मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिहरुलाई यो डाइट उपयुक्त हुँदैन, किनकि उनीहरुका लागि कम प्रोटिनयुक्त डाइटको व्यवस्था गर्नुपर्ने हुन्छ ।

हुन त कम कार्बोहाइड्रेट भएको भोजनले रगतमा ग्लुकोजको परिमाण नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ । किटो डाइटले मधुमेह भएका व्यक्तिमा ज्दब्ज्ञऋ नियन्त्रण गरेको कुरा अध्ययनले देखाएको छ । साथै रगतमा चिनीको मात्रा कम भएको जथउयनथिअझष्ब पनि पाइएको छ । विशेष गरी इन्सुलिन लिएका व्यक्तिहरुलाई यस प्रकारको डाइटले ग्लुकोजको परिमाण धेरै घटाउन सक्छ । त्यसकारण मधुमेह भएको व्यक्तिले कम क्यालोरीको भोजनको व्यवस्था गरेर शरीरको तौल घटाई ग्लुकोजको मात्रा नियन्त्रण गर्दा बेस हुन्छ ।
मस्तिष्कको कार्यलाई सुचारु राख्न थोरै मात्रामा ग्लुकोजको आवश्यक हुन्छ । जबकि किटो डाइटमा चिल्लो पदार्थको पाचनबाट प्राप्त किटोनबाट शक्ति प्राप्त हुने भएकोले मस्तिष्कको कार्यमा सहजता आउन सक्दैन, जसले गर्दा टाउको दुख्ने, थकाइ लाग्ने, चिडचिड हुने, डिप्रेसन हुने हुन सक्छ ।

यसै गरी किटो डाइट लिनाले शरीरमा महत्वपूर्ण पौष्टिक तत्वको कमी हुन सक्छ । किनकि यसमा कार्बोहाइड्रेट र यसको प्रकार समावेश नहुनाले फाइबरबाहेक अन्य खनिज पदार्थ पोटासियम पनि कमी हुन सक्छ, जसले गर्दा किब्जयतको समस्या तथा इलेक्ट्रोलाइट असन्तुलन हुने र रक्तचाप नियन्त्रण नहुन सक्छ । पशुजन्य प्रोटिनयुक्त खाद्यपदार्थको कारण शुरुमा पाचनक्रियामा सहज नभई दिसा–पखाला पनि लाग्न सक्छ ।

विषेश गरी बढ्दो उमेरका केटीहरुमा किटो डाइटप्रति बढ्दो अकर्षण भएको देखिन्छ । लामो समयसम्म यस प्रकारको डाइटमा बस्दा शरीरको तौल आवश्यकताभन्दा निकै घट्ने र हर्मोनको कार्यमा असन्तुलन हुन सक्ने हुन्छ । यसले गर्दा हाडमा समस्या आउने, मासिक स्रावमा अनियमितता हुने, डिप्रेसन–चिन्ता तथा प्रजननमा समेत प्रभाव पर्न सक्ने देखिन्छ ।

किटो डाइटमा सन्तुलित भोजनमा भन्दा झन्डै दोब्बर चिल्लो पदार्थ समावेश गरिएको हुन्छ । साथै चिल्लो पदार्थको प्रकार तृप्त वा अतृप्त पनि नतोकिएको हुनाले असल कोलेस्टेरोलभन्दा खराब कोलेस्टेरोलको परिमाण बढी हुन्छ । यसले गर्दा मुटुसम्बन्धी समस्या बढाउन सक्छ ।

अन्त्यमा मोटोपन कुनै पनि उमेर अवस्थाको लागि उपयुक्त नहुने र यो विभिन्न प्रकारको दीर्घरोगको कारक भएकोले शरीरको तौल ठीक राख्न कुनै पनि उपयुक्त तरिका अपनाउन सकिन्छ । अर्कोतिर शरीरलाई दुब्लो बनाई सुन्दर बन्छ भन्ने अभिप्रायले आवश्यकताभन्दा बढी तौल घटाउँदा स्वास्थ्य र पौषण स्थितिमा प्रतिकूल असर पर्न सक्छ । त्यसकारण कुनै पनि पद्धति अपनाउनुअगाडि देखासिकी अपनाउनुभन्दा सम्बन्धित विशेषज्ञसँग आवश्यक परामर्श लिनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्