शुक्राण कमजोर हुँदै छन्



विश्व स्वास्थ्य संगठनले विगत १ दशकदेखि गर्दै आएको अनुसन्धानअनुसार खेती गर्दा प्रयोग गर्ने कीटनाशक औषधिले कीरा र वनस्पतिलाई भन्दा मानव जातिलाई बढी असर गरिरहेको छ । अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरुका अनुसार खेतीमा कीटनाशक औषधिको प्रयोगले संसारभरिकै पुरुषहरुको शुक्राणुको संख्या घटिरहेको पाइएको छ ।

अनुसन्धानअनुसार विगत ९० को दशकको तुलनामा पुरुषको शुक्राणुमा ६० प्रतिशतले कमी आएको छ । अमेरिकी शोध पत्रिका अमेरिकन मेडिकल जर्नलमा कार्यरत वैज्ञानिक डेनिस कुपरका अनुसार सन् १९९० देखि सन् २००० सम्मको बीचमा ५० प्रतिशतले शुक्राणुमा कमी आएको थियो भने अहिले सन् २०१९ सम्ममा यसमा १० प्रतिशतले वृद्धि भएको छ । सो वैज्ञानिक टोलीले विश्वका विभिन्न ठाउँ घुमेर ४० हजार मानिससँग सम्पर्क गरी अनुसन्धान गरेर सो निष्कर्ष निकालेको बताइएको छ ।

यही विषयमा अनुसन्धान गरेका शोधकर्ताहरुका अनुसार सन् १९५० को दशकमा अधिकांश पुरुषको शुक्राणुको संख्या प्रतिमिलिलिटर १२ करोड हुन्थ्यो भने यो संख्या घटेर सन् १९९० मा ६ करोडमा झरेको थियो । यदि वीर्यमा कमजोर शुक्राणुको संख्या बढी छ, शुक्राणुहरुमा गति छैन या बेहोस शुक्राणुहरुको संख्या बढी छ अथवा जीवित शुक्राणुहरुको संख्या कम छ भने वीर्यको गुणस्तर खराब मानिन्छ । यसबाहेक वीर्यमा शक्तिशाली, स्वस्थ, सक्रिय, गतिशील र उब्जाउ शुक्राणु भएको क्षणमा मात्र सन्तान उत्पादन गर्न सक्षम हुन्छ ।

अर्का वैज्ञानिक डा. जेकव वाजर भन्छन्, ‘जसले तरकारीमा प्रयोग गरेका कीटनाशक औषधिमा डीडीटी र क्लोरिनजस्ता प्रयोग गरेका तरकारी खान्छन् ती पुरुषको परिपक्व शुक्रकीटको संख्यामा कमी हुन जान्छ । त्यसै गरी तनाव अनि रक्सी, कफी वा अन्य नशालु पदार्थको अधिक सेवनले पनि शुक्राणुको गुणस्तरमा असर पु¥याउँछ । त्यसको साथै शुक्राणुको संख्या कमी हुनुमा प्रदूषणको पनि भूमिका रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्