सुन्तलाले हृदयघात घटाउने



दैनिक एउटा स्याउ खाने गरे मानिस सधैँ निरोगी हुन्छ र डाक्टरको आवश्यकता पर्दैन भन्ने अंग्रेजी भनाइ धेरै पुरानो हो । यस्तै कुरासँग मेल खाने कुरा सुन्तलाको बारेमा आएको छ । अमेरिकी ‘मेडिकल रिसर्च काउन्सिल’को एक अनुसन्धानअनुसार जसले दैनिक सुन्तला खान्छ उसलाई हृदयघात हुन पाउँदैन ।

यस अनुसन्धानमा सम्लग्न वैज्ञानिक केनिथ वास भन्छन्, ‘हृदयघातको लागि उच्च रक्तचाप जति खतरा हुन्छ त्यति नै खतरा शरीरमा भिटामिन ‘सी’को कमी हुँदा पनि हुन्छ । सुन्तलामा भिटामिन ‘सी’ बढी मात्रामा हुने र त्यसले रक्तनलीमा बोसोका कणहरु जम्न नदिने हुँदा सुन्तलाको सेवनले हृदयघात हुनबाट बचाउन मद्दत पुर्‍याउँछ ।

त्यसै गरी सुन्तला चपाएर खाँदा दाँतका छिद्रमा अड्किएर बसेका खानेकुराका अंशहरु पनि निकालिदिन्छ । खानापछि एउटा सुन्तला बिहान र बेलुकी खाने गरेमा दाँत पनि स्वस्थ रहन्छ । यसमा कार्बोहाइड्रेट पनि प्रशस्त हुन्छ । यसले कब्जियत पनि हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस्