रोचक जानकारी



१. नियमित फास्ट फूड खानाले कलेजोमा हेपेटाइटिस हुने सम्भावना धेरै हुन्छ ।

२. राम्रोसँग निद्रा परेन भने त्यसका कारण तौल बढ्न सक्छ ।

३. शारीरिकरूपमा सक्रिय गर्भवती महिलाहरुको बच्चा चलाख हुने गर्छ ।

४. चिसो तापक्रमले तपाईंलाई निदाउन मद्दत गर्दछ ।

५. खानापछि व्यायाम गर्नु स्वास्थ्यको लागि लाभदायक छ ।

६. मोबाइल फोनको विकिरणले अनिद्रा, टाउको दुख्ने र भ्रम पैदा गर्ने समस्या हुन सक्छ ।

७. केवल १० मिनेटको व्यायामले मात्र पनि शरीरमा फ्याट कम गर्न, इन्सुलिन प्रतिरोध कम गर्न र समग्र स्वास्थ्य सुधार गर्न मद्दत पुर्‍याउँछ ।

८. अध्ययनअनुसार मदिरा र सुर्तीजन्य पदार्थभन्दा गाँजा कम हानिकारक हुन्छ ।

९. व्यायाम गर्नाले पनि डिप्रेसनलाई कम गर्न मद्दत पुग्छ ।

१०. काम गर्दा संगीत सुन्नाले शारीरिक कार्यक्षमता वृद्धि हुन सहयोग पुग्छ ।

११. अपान वायु त्याग गर्नाले(arting)  उच्च रक्तचाप कम गर्न मद्दत पुग्छ । साथै समग्र स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

१२. सर्पको मासुमा क्याल्सियम, म्याग्नेसियम र अन्य तत्वहरू पाइन्छ, जसमा हृदय रोग र अस्टियोपोरोसिस कम गर्ने क्षमता हुन्छ ।

१३. नरिवल–पानीले रगतको प्लाज्मा बढाउन मद्दत गर्छ । आपतकालमा यसलाई विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्